Skip to main content

Elite News Nepal

जन्ते बाख्रोको प्रिमियर सम्पन्न

Advertisement

काठमाडौं । यही जेठ २३ गतेदेखि प्रदर्शनमा आउने चलचित्र जन्ते बाख्रोले भव्य प्रिमियर सम्पन्न गरेको छ । बुधबार काठमाडौंको सिभिल मलमा चलचित्र जन्ते बाख्रोको प्रिमियर गरिएको हो ।

प्रिमियरमा कलाकारहरु सौगात मल्ल, गरिमा शर्मा, सन्दीप क्षेत्री, लाहुरे, अनुपविक्रम शाही, वर्षा राउत, सञ्जोग कोइराला, अशिम शाह, महेश काफ्ले, लोकेन्द्र लेखकलगायतका कलाकारहरुको बाक्लो उपस्थित थियो ।

प्रिमियर पछि पत्रकारहरुसँग कुरा गर्दै गायक महेश काफ्लले चलचित्रको कथा सरर बगेकोले राम्रो लागेको भन्दै आमाको भुमिकामा रहेकी रमा थपलियाको अभिनयको तारिफ गरे ।

‘कथा बगेको छ । यसको महत्वपूर्ण पाटो पनि कथा बग्नु नै हो । चलचित्रमा सबै गित संगित एकदम राम्रो छ । सौगात दाईको ममिको भुमिका निभाउनु भएको रमा थपलिया ज्यू उहाँको एकदम राम्रो गर्नुभएको छ । समग्रमा राम्रो छ,’ उनले भने ।

यस्तै कलाकार लोकेन्द्र लेखकले टिम राम्रो हुदाँ नै चलचित्र राम्रो बन्ने भन्दै यो टिमले राम्रो चलचित्र बनाएको बताए ।

उनले भने, ‘ जब टिम राम्रो भईदिए पछि सबै राम्रो हुन्छ जस्तो लाग्छ । अहिले हामीले कन्टेन मात्र भनिरहेका छौ कहिलेकाही कन्टेनको बिचमा मनोरञ्जन, पारिवारीक चलचित्र जो सबैले हेर्न मिल्छ । २ घण्टाको समयमा बच्चादेखी बुढासम्म सबैले मनोरञ्जन लिएर खुसि हुदैँ बाहिर जाउन्  भन्ने यो प्रयास हो ।’ उनले थप भने,‘ यसमा टिम नै राम्रो भएर पनि अव यो मिस हुनेवाला छ ।’

यसैगरी प्रिमियरमा पुगेका वर्षा राउत र सञ्जोग कोइरालाले पनि लामो समयपछि रमाइलो चलचित्र हेर्न पाएको बताए ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल