Elite News Nepal

नेपाली चलचित्र ‘होस्टेल ३’ फागुन २३ गतेदेखि हलमा, ट्रेलर सार्वजनिक

Advertisement

काठमाडौं । नेपाली चलचित्रप्रेमीहरूका लागि प्रतीक्षित ‘होस्टेल ३’ को ट्रेलर सार्वजनिक गरिएको छ। शुक्रबार काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच चलचित्रको अफिसियल ट्रेलर सार्वजनिक गरिएको हो।

सम्मान इन्टरटेनमेन्ट र आरोन कन फिल्म प्रा.लि.को संयुक्त ब्यानरमा निर्माण भएको यो चलचित्र फागुन २३ गते देशभर प्रदर्शनमा आउनेछ। कलेज र होस्टेल जीवनका रमाइला तथा चुनौतीपूर्ण क्षणलाई दर्शाउने ट्रेलरले युवा पुस्तालाई विशेष रूपमा आकर्षित गर्ने अपेक्षा गरिएको छ।

चलचित्रमा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतका कलाकारको अभिनय रहेको छ। अभिनेता प्रवीण खतिवडा वार्डेनको भूमिकामा देखिँदा आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ प्रतिपक्षी भूमिकामा प्रस्तुत भएका छन्।

यसअघिका ‘होस्टेल’ शृङ्खलाबाट अनमोल केसी, सलोन बस्नेत, स्वस्तिमा खड्का, नाजिर हुसेन जस्ता कलाकार स्थापित भएका थिए। अब, ‘होस्टेल ३’ले पनि नयाँ प्रतिभालाई अवसर दिने संकेत गरेको छ।

चलचित्रको निर्देशन सशान कँडेलले गरेका छन्, जो दुई दशकदेखि म्युजिक भिडियो तथा फिल्म निर्देशनमा सक्रिय छन्। लेखन तथा एसोसिएट निर्देशन माधव शर्माले गरेका छन्। सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी निर्माता रहेको चलचित्रका सह-निर्माता शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर हुन्।

चलचित्रलाई अर्जुन तिवारीले छायांकन गरेका छन् भने सम्पादन विकास दाहालले गरेका छन्। हिमाल केसीको एक्सन निर्देशन, अर्जुन पोखरेल, अल्मोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकलको सङ्गीत, तथा प्रवीण सिंह र रोशन विश्वकर्माको नृत्य निर्देशन रहेको छ।

चलचित्रको वितरण काठमाडौं उपत्यकामा काफिया फिल्म्स (गोविन्द शाही) र उपत्यका बाहिर आरआर फिल्म्स (रोहित कट्टेल, रत्न श्रेष्ठ) ले गर्नेछन्।

ट्रेलर सार्वजनिक भएसँगै दर्शकमाझ उत्सुकता बढेको छ। आकर्षक दृश्य, रोमाञ्चक कथा, र युवा उमङ्ग झल्काउने कथावस्तुका कारण ‘होस्टेल ३’ ले अघिल्लो शृङ्खलाको जस्तै सफलता हासिल गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
एनएनआईपीए स्पोर्ट्स अवार्ड चैत २० मा

एनएनआईपीए स्पोर्ट्स अवार्ड चैत २० मा

काठमाडौं। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) को आयोजनामा २० औं एनएनआईपीए स्पोर्ट्स अवार्ड– २०८२ चैत २०...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल