Skip to main content

Elite News Nepal

‘महाराजधिराज’को स्टार कास्टमा जोडिँदै चर्चित अनुहारहरू

Advertisement

काठमाडौं । निर्देशक परिच्छेद सेनको निर्देशनमा बन्ने बहुप्रतिक्षित नेपाली चलचित्र ‘महाराजधिराज’ को कलाकार लाइनअप दिनप्रतिदिन बलियो बन्दै गएको छ। एकपछि अर्को चर्चित कलाकारको अनुबन्धसँगै फिल्मप्रतिको चासो र अपेक्षा पनि थपिएको छ।

फिल्ममा पहिलो अनुबन्धित कलाकारका रूपमा नायक पल शाह रहेका थिए। त्यसपछि अभिनेता रमेश उप्रेतीको नाम सार्वजनिक भयो। यतिबेला नायक आर्यन सिग्देल पनि मुख्य भूमिकामध्ये एकमा अनुबन्ध भइसकेका छन्। यसरी तीनजना स्टार कलाकार पल शाह, रमेश उप्रेती र आर्यन सिग्देल  को समावेशले ‘महाराजधिराज’ को स्टार कास्टलाई बलियो बनाएको छ।

आर्यनले यो चलचित्रमा अनुबन्ध हुन पाएकोमा खुसी व्यक्त गरेका छन्। उनले आफूले यस फिल्ममा फरक किसिमको चरित्र निर्वाह गर्ने र दर्शकका लागि नयाँ अनुभव हुने बताएका छन्।

चलचित्रमा चर्चित अभिनेता जय किशन बस्नेत पनि महत्वपूर्ण भूमिकामा देखिने पक्का भइसकेको छ। निर्देशक सेनकै लेखन रहेको यो चलचित्रको पोस्टर केही समयअघि नै सार्वजनिक भइसकेको छ। उनले निर्देशन गरेको अघिल्लो फिल्म ‘प्रेमगञ्ज’ समीक्षात्मक रूपमा निकै प्रशंसित भएको थियो।

फूलपातीको अवसर पारेर प्रदर्शनमा ल्याउने तयारी भइरहेको ‘महाराजधिराज’ का प्रस्तुतकर्ता विराज बिष्ट हुन्, जसले यसअघि राष्ट्रिय पुरस्कार विजेता चलचित्र ‘बुलाकी’ निर्माण गरेका थिए। सिनेमाका निर्माताहरूमा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का रहेका छन्।

निर्माण पक्षका अनुसार चलचित्रका सबै कलाकारहरूको नाम अझै सार्वजनिक भइसकेको छैन। केही महत्वपूर्ण अनुबन्धनहरू घोषणा हुन बाँकी रहेको जनाइएको छ, जसले ‘महाराजधिराज’ लाई अझै रोचक र प्रतीक्षित बनाएको छ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल