Skip to main content

Elite News Nepal

Year: 2025

एथलेटिक्स टोली भारत जाने

एथलेटिक्स टोली भारत जाने

काठमाडौं – भारतको राँचीमा हुने दक्षिण एसियाली सिनियर एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन ३० सदस्यीय नेपाली टोली बुधबार भारत प्रस्थान गर्ने भएको छ। प्रतियोगिता अक्टोबर २४ देखि २६ तारिखसम्म चल्नेछ। नेपाल एथलेटिक्स संघका अनुसार प्रतियोगितामा २६ जना खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने छन्। सहभागी खेलाडीहरूमा मुकेश पाल, राजन रोकाया, सोम कुमाल, सलिन देवान, सन्तोषी श्रेष्ठ, पूर्णलक्ष्मी न्यौपाने, सुशील केसी, शिवराज पार्की, अरुण महतो, रामचन्द्र थारु, तिलक विक, युवराज विक, गणेशसिंह रावत, नागेश्वर ऐर, चन्द्रदेव जोशी, प्रवीण राना, बसन्ती चौधरी, सिमाकुमारी थारु, जयरानी थारु, सिता शाही, सर्मिलाकुमारी थारु, सरस्वती चौधरी, रन्जिता अधिकारी, डिना गोपाली र नारायणी भण्डारी रहेका छन्। टोलीको नेतृत्व व्यवस्थापक…
Read More

Sciver-Brunt’s historic century powers England to top spot

12 October 2025 —Nat Sciver-Brunt produced a captain's knock of the highest order as her record-breaking fifth ICC Women's World Cup hundred was the catalyst for England's 89-run win over Sri Lanka. The 33-year-old, who was dropped on three, brilliantly combined boundary hitting with rotating the strike in Colombo on the way to a run-a-ball 117 which was also her 10th career ODI century. Having posted 253 for nine with the bat, England maintained their 100% record at the ICC Women's Cricket World Cup 2025 and took top spot in the group stage table after their bowlers, led by Sophie…
Read More
प्रहरी श्रीमती संघद्वारा स्वर्ण पदक विजेता एरिका गुरुङ सम्मानित

प्रहरी श्रीमती संघद्वारा स्वर्ण पदक विजेता एरिका गुरुङ सम्मानित

काठमाडौं, असोज २६ – अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा ऐतिहासिक स्वर्ण पदक जितेकी एरिका गुरुङलाई नेपाल प्रहरी श्रीमती संघले नगदसहित सम्मान गरेको छ। गत असोज १७ देखि १९ सम्म मलेसियाको क्वालालम्पुरमा सम्पन्न डब्लुकेएफ कराते वान सिरिज ‘ए’ मा एरिकाले नेपालका लागि पहिलोपटक स्वर्ण पदक जितेकी थिइन्। यस उल्लेखनीय उपलब्धिको कदर गर्दै नेपाल प्रहरी श्रीमती संघले आइतबार भृकुटीमण्डपस्थित कार्यालयमा आयोजित कार्यक्रममा एरिकालाई २५ हजार पाँच सय ५५ रुपैयाँसहित दोसल्ला र सम्मानपत्र प्रदान गरेको हो। संघकी अध्यक्ष भावना श्रेष्ठ खापुङले एरिकालाई सम्मान गर्दै नेपाल प्रहरी परिवारले एरिकाको उपलब्धिमा गर्व महसुस गरेको बताइन्। सो अवसरमा संघले नेपाली राष्ट्रिय कराते टोलीका प्रशिक्षक तथा १३औं दक्षिण एसियाली…
Read More

चावहिलका ‘ए’ र ‘बी’ दुवै टोली क्वार्टरफाइनलमा प्रवेश

काठमाडौं, असोज २६ – पाँचौं वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगितामा चावहिल स्पोर्ट्स क्लबका ‘ए’ र ‘बी’ दुवै टोली क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। चावहिल ‘ए’ ले आइतबार कपन भेट्रानलाई टाइब्रेकरमा २–१ गोलले पराजित गर्दै अन्तिम आठमा स्थान बनायो। खेलमा चावहिलका ‘म्यान अफ द म्याच’ राजेश शाही र दीपक लामाले गोल गरे भने कपनका ओमले एक गोल फर्काए। सोही दिनको अर्को खेलमा चावहिल ‘ए’ ले सिन्धु स्पोर्ट्सलाई १–० गोलले पराजित गर्‍यो। खेलका ‘म्यान अफ द म्याच’ सगुन श्रेष्ठले निर्णायक गोल गरे। चावहिल ‘बी’ ले भने डिफेन्डिङ च्याम्पियन बौद्ध भेट्रानलाई २–१ गोलले हरायो। विजेताका ‘म्यान अफ द म्याच’ टीकाराम कार्की र विक्रम…
Read More
घमबहादुर थापा दोश्रोपटक आईटीएफ विश्व च्याम्पियनसिपमा निर्णायक

घमबहादुर थापा दोश्रोपटक आईटीएफ विश्व च्याम्पियनसिपमा निर्णायक

काठमाडौं—अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) का अन्तर्राष्ट्रिय अम्पायर घमबहादुर थापाले इटालीको जेसोलोमा सम्पन्न २३औं आईटीएफ तेक्वान्दो विश्व च्याम्पियनसिपमा निर्णायकको जिम्मेवारी सम्हालेका छन्। अक्टोबर ३ देखि सुरु भई आइतबार सम्पन्न उक्त प्रतियोगितामा थापालाई आईटीएफ अम्पायर कमिटीले निर्णायकका रूपमा मनोनीत गरेको थियो। सो प्रतियोगिताका लागि विभिन्न देशका ८० जना अम्पायर छनोट गरिएका थिए, जसमा थापा पनि एक थिए। नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका महासचिव समेत रहेका थापा यसअघि सन् २०१९ मा बुल्गेरियामा सम्पन्न २१औं आईटीएफ विश्व च्याम्पियनसिपमा पनि निर्णायकको रूपमा सहभागी भएका थिए। थापाले यसअघि दक्षिण एसियाली, एसियाली, विश्व कप र विभिन्न महादेशीय प्रतियोगिताहरूमा समेत निर्णायकको भूमिका निर्वाह गरिसकेका छन्।
Read More
स्वर्ण विजेता एरिका गुरुङलाई प्रहरीको सम्मान

स्वर्ण विजेता एरिका गुरुङलाई प्रहरीको सम्मान

काठमाडौं— नेपाल प्रहरीले शुक्रबार अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण पदक जितेकी एरिका गुरुङलाई विशेष रूपमा सम्मान गरेको छ। विश्व कराते महासंघ (WKF)को आयोजनामा असोज १७ देखि १९ गतेसम्म मलेसियाको क्वालालम्पुरमा सम्पन्न "डब्लुकेएफ कराते वान सिरिज ‘ए’" मा एरिकाले नेपालका लागि ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन्। एरिकाले महिला कुमिते ६८ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा गर्दै उत्कृष्ट प्रदर्शन गरेकी थिइन्। उनले पहिलो चरणमा ट्युनिसियाकी मसाक्नी टेस्निम, दोस्रो चरणमा चेक रिपब्लिककी हाकोभा अमाली, र फाइनलमा पोल्यान्डकी डेनिस्जेव्स्का जुलियालाई पराजित गर्दै स्वर्ण पदक जितेकी हुन्। सेमिफाइनलमा उनले अमालीलाई ७–० को फराकिलो अन्तरले हराएकी थिइन् भने फाइनलमा मसाक्नीलाई २–० ले पराजित गर्दै स्वर्ण जितेकी हुन्। यो…
Read More
Italy to Face Chile in Historic First-Ever Rugby Test in Genoa on November 22

Italy to Face Chile in Historic First-Ever Rugby Test in Genoa on November 22

October 11, 2025—World Rugby has confirmed an update to the international fixture schedule, announcing that Chile will replace Samoa as Italy’s opponents in the Quilter Nations Series match in Genoa on 22 November, following Chile’s successful qualification for the Men’s Rugby World Cup 2027. The fixture will mark a historic first-ever test match between Italy and Chile, set to take place in a city that proudly hosts a vibrant South American community. This decision was reached in full agreement between all three national unions, World Rugby, and Six Nations Rugby, the tournament organiser for the Quilter Nations Series. The change…
Read More
World Rugby and TF1 Group Extend Partnership for Rugby World Cup 2027 in Australia

World Rugby and TF1 Group Extend Partnership for Rugby World Cup 2027 in Australia

October 11, 2025 — World Rugby and TF1 Group have renewed their historic partnership, confirming that TF1 will serve as the exclusive French broadcaster for the Men’s Rugby World Cup 2027, set to take place in Australia from 1 October to 13 November 2027. The agreement extends a collaboration that spans more than four decades — a relationship first forged during the 1991 Rugby World Cup — and reinforces both organizations’ shared goal of bringing the thrill of world-class rugby to the widest possible audience across France. A New Era for Global Rugby The 11th edition of the Men’s Rugby World…
Read More
प्रताप तामाङको नेतृत्वमा बागमती प्रदेश डजबल संघको तदर्थ समिति गठन

प्रताप तामाङको नेतृत्वमा बागमती प्रदेश डजबल संघको तदर्थ समिति गठन

काठमाडौं । बिहीबार बागमती प्रदेश डजबल संघको तदर्थ समिति गठन गरिएको छ। नेपाल डजबल महासंघ तदर्थ समितिका संयोजक अरुण तिमल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ९ सदस्यीय तदर्थ समिति चयन गरिएको हो। उक्त भेलाबाट तदर्थ समितिको संयोजकमा प्रताप तामाङ चयन भएका छन् भने सदस्यहरूमा दीपा गुरुङ, शोभा श्रेष्ठ, राम सरन प्याकुरेल, राजाराम पण्डित क्षेत्री, सानु महार्जन, देबराज लामा तामाङ, विकास अधिकारी र रुद्रबहादुर चौहान रहेका छन्। कार्यक्रममा बोल्दै नेपाल डजबल महासंघ तदर्थ समितिका संयोजक अरुण तिमल्सिनाले डजबल खेललाई अनुशासन, सहयोग र आत्मविश्वासको प्रतीक बताउँदै यसले खेलाडीमात्र नभई समाजलाई समेत सकारात्मक योगदान गर्ने उल्लेख गरे। उनले भने, “डजबलले युवामाझ नेतृत्व क्षमता र…
Read More
कोशी प्रदेश डजबल संघ संस्थागत यात्रामा

कोशी प्रदेश डजबल संघ संस्थागत यात्रामा

कोशी प्रदेश, विराटनगर । थानेश्वर ढकालको अध्यक्षतामा कोशी प्रदेश डजबल संघ औपचारिक रूपमा कोशी प्रदेश खेलकुद विकास बोर्डमा दर्ता भएको छ। शुक्रबार सम्पन्न संघको प्रथम साधारण सभा तथा निर्वाचनमा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य प्रदीप भगतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। ढकालको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो। सोमबार एक विशेष समारोहका बीच कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य–सचिव कृष्ण बस्नेतले नव निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र हस्तान्तरण गरे। यसअघि २०८२ साल जेठ १३ गते कोशी प्रदेश डजबल संघको तदर्थ समिति गठन भएको थियो। तदर्थ समितिको सक्रियताले संघलाई छोटो समयमा संस्थागत गर्दै दर्तासम्म पुर्‍याएको हो। निर्वाचित पदाधिकारीहरूमा अध्यक्ष ढकालसँगै…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल