Elite News Nepal

स्वर्ण विजेता एरिका गुरुङलाई प्रहरीको सम्मान

Advertisement

काठमाडौं— नेपाल प्रहरीले शुक्रबार अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण पदक जितेकी एरिका गुरुङलाई विशेष रूपमा सम्मान गरेको छ। विश्व कराते महासंघ (WKF)को आयोजनामा असोज १७ देखि १९ गतेसम्म मलेसियाको क्वालालम्पुरमा सम्पन्न “डब्लुकेएफ कराते वान सिरिज ‘ए’” मा एरिकाले नेपालका लागि ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन्।

एरिकाले महिला कुमिते ६८ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा गर्दै उत्कृष्ट प्रदर्शन गरेकी थिइन्। उनले पहिलो चरणमा ट्युनिसियाकी मसाक्नी टेस्निम, दोस्रो चरणमा चेक रिपब्लिककी हाकोभा अमाली, र फाइनलमा पोल्यान्डकी डेनिस्जेव्स्का जुलियालाई पराजित गर्दै स्वर्ण पदक जितेकी हुन्।

सेमिफाइनलमा उनले अमालीलाई ७–० को फराकिलो अन्तरले हराएकी थिइन् भने फाइनलमा मसाक्नीलाई २–० ले पराजित गर्दै स्वर्ण जितेकी हुन्। यो उपलब्धिसँगै एरिका डब्लुकेएफ कराते वान सिरिज ‘ए’मा स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी छिन्।

यस अवसरमा नेपाल प्रहरीको तर्फबाट उनलाई सम्मान गर्दै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक तथा नेपाल प्रहरी खेलकुद समितिका सदस्य–सचिव प्रहरी अतिरिक्त महानिरीक्षक (AIG) सिद्धीविक्रम शाहाले बधाई तथा आगामी प्रतियोगिताका लागि शुभकामना दिएका थिए।

त्यसैगरी विश्व कराते महासंघको क्यालेन्डर अनुसार फ्रान्स कराते महासंघको आयोजनामा असोज ३१ गतेदेखि कार्तिक २ गतेसम्म पेरिसमा हुने डब्लुकेएफ सिनियर विश्व च्याम्पियनसिप छनोट प्रतियोगितामा सहभागिता जनाउने खेलाडी स्वनिम मानन्धर र सविना श्रेष्ठलाई नेपाल प्रहरीले शुक्रबार बिदाइ गरेको छ।

प्रतियोगितामा सविनाले महिला ५५ केजीमुनि कुमिते तथा स्वनिमले पुरुष एकल कातामा प्रतिस्पर्धा गर्नेछन्।
१३औं दक्षिण एशियाली खेलकुद (SAG) का दोहोरो स्वर्ण पदक विजेता तथा हाल राष्ट्रिय टोलीका प्रशिक्षक मन्दे काजी श्रेष्ठले उनीहरूको सहभागिताको जानकारी दिएका थिए।

 

नेपाल प्रहरीले खेलाडीहरूको योगदानको प्रशंसा गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान अझ उजागर गर्न निरन्तर सफलता कामना गरेको छ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
एनएनआईपीए स्पोर्ट्स अवार्ड चैत २० मा

एनएनआईपीए स्पोर्ट्स अवार्ड चैत २० मा

काठमाडौं। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) को आयोजनामा २० औं एनएनआईपीए स्पोर्ट्स अवार्ड– २०८२ चैत २०...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल