Elite News Nepal

प्रताप तामाङको नेतृत्वमा बागमती प्रदेश डजबल संघको तदर्थ समिति गठन

Advertisement


काठमाडौं । बिहीबार बागमती प्रदेश डजबल संघको तदर्थ समिति गठन गरिएको छ। नेपाल डजबल महासंघ तदर्थ समितिका संयोजक अरुण तिमल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ९ सदस्यीय तदर्थ समिति चयन गरिएको हो।

उक्त भेलाबाट तदर्थ समितिको संयोजकमा प्रताप तामाङ चयन भएका छन् भने सदस्यहरूमा दीपा गुरुङ, शोभा श्रेष्ठ, राम सरन प्याकुरेल, राजाराम पण्डित क्षेत्री, सानु महार्जन, देबराज लामा तामाङ, विकास अधिकारी र रुद्रबहादुर चौहान रहेका छन्।

कार्यक्रममा बोल्दै नेपाल डजबल महासंघ तदर्थ समितिका संयोजक अरुण तिमल्सिनाले डजबल खेललाई अनुशासन, सहयोग र आत्मविश्वासको प्रतीक बताउँदै यसले खेलाडीमात्र नभई समाजलाई समेत सकारात्मक योगदान गर्ने उल्लेख गरे। उनले भने, “डजबलले युवामाझ नेतृत्व क्षमता र एकताको भावना जगाउनेछ। प्रदेश स्तरदेखि अन्तर्राष्ट्रिय मञ्चसम्म नेपालको नाम उजागर गर्न यो खेलले महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने विश्वास छ।”

त्यसैगरी, बागमती प्रदेश डजबल संघका नव–नियुक्त संयोजक प्रताप तामाङले डजबल खेललाई विद्यालयदेखि स्थानीय स्तरसम्म विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे। उनका अनुसार, “हामी खेलाडी उत्पादन, प्रशिक्षण, प्रतियोगिता र संरचनागत विकासमा विशेष ध्यान दिनेछौं। यस अभियानमा सबै सरोकारवालाको सहकार्य र साथ अपरिहार्य छ।”

समितिको गठनसँगै बागमती प्रदेशमा डजबल खेलको औपचारिक संरचना सुरु भएको छ, जसले खेल विकासमा नयाँ सम्भावना र अवसरहरू सिर्जना गर्ने विश्वास लिइएको छ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

Women’s Rugby World Cup 2025 Breaks Digital Records and Creates New Stars

Women’s Rugby World Cup 2025 Breaks Digital Records and Creates New Stars

October 30, 2025—  The Women’s Rugby World Cup 2025 in England lit up social and digital media across the globe, generating 1....
आरसीएचजी र उदयिमान युवा गल्फर अवानीबीच सम्झौता

आरसीएचजी र उदयिमान युवा गल्फर अवानीबीच सम्झौता

काठमाडौं — रोटरी क्लब अफ हिमालयन गल्फर्स (आरसीएचजी) र उदयिमान युवा गल्फर अवानी राईबीच बुधबार सम्झौता भएको छ। व्यावसायिक गल्फ ताल...
मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस कात्तिक १८ देखि

मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस कात्तिक १८ देखि

काठमाडौं— होटल मिस्टिक माउन्टेनको आयोजनामा मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिता आगामी कात्तिक १८ गतेदेखि सुरु हुने भएक...
UFC Returns to Apex: Featherweights and Korean Standouts in Focus

UFC Returns to Apex: Featherweights and Korean Standouts in Focus

LAS VEGAS — The UFC returns to the Apex this weekend with a thrilling featherweight main event as surging contenders Steve Garci...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल