Skip to main content

Elite News Nepal

प्रताप तामाङको नेतृत्वमा बागमती प्रदेश डजबल संघको तदर्थ समिति गठन

Advertisement


काठमाडौं । बिहीबार बागमती प्रदेश डजबल संघको तदर्थ समिति गठन गरिएको छ। नेपाल डजबल महासंघ तदर्थ समितिका संयोजक अरुण तिमल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ९ सदस्यीय तदर्थ समिति चयन गरिएको हो।

उक्त भेलाबाट तदर्थ समितिको संयोजकमा प्रताप तामाङ चयन भएका छन् भने सदस्यहरूमा दीपा गुरुङ, शोभा श्रेष्ठ, राम सरन प्याकुरेल, राजाराम पण्डित क्षेत्री, सानु महार्जन, देबराज लामा तामाङ, विकास अधिकारी र रुद्रबहादुर चौहान रहेका छन्।

कार्यक्रममा बोल्दै नेपाल डजबल महासंघ तदर्थ समितिका संयोजक अरुण तिमल्सिनाले डजबल खेललाई अनुशासन, सहयोग र आत्मविश्वासको प्रतीक बताउँदै यसले खेलाडीमात्र नभई समाजलाई समेत सकारात्मक योगदान गर्ने उल्लेख गरे। उनले भने, “डजबलले युवामाझ नेतृत्व क्षमता र एकताको भावना जगाउनेछ। प्रदेश स्तरदेखि अन्तर्राष्ट्रिय मञ्चसम्म नेपालको नाम उजागर गर्न यो खेलले महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने विश्वास छ।”

त्यसैगरी, बागमती प्रदेश डजबल संघका नव–नियुक्त संयोजक प्रताप तामाङले डजबल खेललाई विद्यालयदेखि स्थानीय स्तरसम्म विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे। उनका अनुसार, “हामी खेलाडी उत्पादन, प्रशिक्षण, प्रतियोगिता र संरचनागत विकासमा विशेष ध्यान दिनेछौं। यस अभियानमा सबै सरोकारवालाको सहकार्य र साथ अपरिहार्य छ।”

समितिको गठनसँगै बागमती प्रदेशमा डजबल खेलको औपचारिक संरचना सुरु भएको छ, जसले खेल विकासमा नयाँ सम्भावना र अवसरहरू सिर्जना गर्ने विश्वास लिइएको छ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल