Skip to main content

Elite News Nepal

आजको तस्वीर

इन्डोनेसियामाथि नेपालको ३७० रनको ऐतिहासिक जित

इन्डोनेसियामाथि नेपालको ३७० रनको ऐतिहासिक जित

काठमाडौं – मलेसियाको सेलाङ्गोरमा जारी एसीसी पुरुष यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालले आइतबार इन्डोनेसियामाथि ३७० रनको विशाल अन्तरले जित दर्ता गर्दै प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेको छ। यो जितसँगै नेपाल समूह 'ए' को शीर्ष स्थानमा उक्लिएको छ। इन्डोनेसियासँगको खेलमा टस हारेर पहिले ब्याटिङ गर्न आएको नेपालले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ४२० रन बनायो। नेपालको पारीमा प्रसिद्ध महराले उत्कृष्ट प्रदर्शन गर्दै १३२ रनको शानदार शतक प्रहार गरे। उनले ११५ बलमा १५ चौका र १ छक्का प्रहार गरेका थिए। यस्तै परिमार्जन यादवले २८ बलमा ७१ रन, रौनक श्रीवास्तवले ७१ बलमा ८८ रन, जोय थापाले ४१ बलमा ५७…
Read More
दोस्रो दिन एथलेटिक्समा रेकर्डको वर्षा ४ नयाँ कीर्तिमान

दोस्रो दिन एथलेटिक्समा रेकर्डको वर्षा ४ नयाँ कीर्तिमान

काठमाडौं– त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी पन्ध्रौं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन एथलेटिक्सतर्फ चार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम भएका छन्। छात्र ज्याभ्लिन थ्रो, छात्रा ८ सय मिटर दौड, छात्र र छात्रा दुवै ४ गुणा ४ सय मिटर रिलेमा कीर्तिमानी प्रदर्शन देखिएको हो। यसअघि पहिलो दिन दुई कीर्तिमान बनेका थिए, जससँगै दुई दिनमा जम्मा छ वटा कीर्तिमान कायम भइसकेका छन्। लुम्बिनी प्रदेशका राहुल थारुले छात्र ज्याभ्लिन थ्रोमा २७ वर्ष पुरानो कीर्तिमान भंग गर्दै नयाँ इतिहास रचे। उनले ५७.४० मिटरको थ्रो गर्दै २०५५ सालमा धीरेन्द्रजंग शाहले बनाएको ५५.५० मिटरको कीर्तिमान तोडे। त्यस्तै, गण्डकी प्रदेशकी नारायणी भण्डारीले छात्रा ८ सय…
Read More
यु–१४ राष्ट्रिय विद्यालय खेलकुद आइतबारदेखि काठमाडौंमा सुरु हुँदै

यु–१४ राष्ट्रिय विद्यालय खेलकुद आइतबारदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा यु–१४ राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगिता आगामी  जेठ २५ गते आइतबार देखि काठमाडौंमा सुरु हुने भएको छ। प्रतियोगितामा सातवटै प्रदेशबाट छानिएका ४७६ जना विद्यालय तहका खेलाडीहरूले सहभागिता जनाउने छन्। शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा राखेपका सदस्य–सचिव टंकलाल घिसिङले प्रतियोगिता सम्बन्धी जानकारी दिँदै विद्यालय तहमा लुकेर रहेका प्रतिभाहरुलाई राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्न प्रतियोगिता आयोजना गरिएको बताए। प्रतियोगितामा एथलेटिक्स, टेबलटेनिस, छात्र–छात्रा थ्री बाइ थ्री बास्केटबल, छात्र–छात्रा रग्बी सेभेन्स, ब्याडमिन्टन र २० ओभरको छात्र क्रिकेट गरी छवटा खेल समावेश गरिएका छन्। एथलेटिक्समा छात्र–छात्रा तर्फ समान ६–६ स्पर्धा, टेबलटेनिस र ब्याडमिन्टनमा छात्र–छात्रा तर्फ समान…
Read More
महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको चौथो संस्करण सुरु

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको चौथो संस्करण सुरु

काठमाडौं। महालक्ष्मी विकास बैंकले आफ्नो ३१औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको महालक्ष्मी कर्पोरेट क्रिकेट लिग–२०२५ चौथो संस्करण बुधबारबाट भव्य रूपमा सुरु भएको छ। बैंकले हरेक वर्षझैँ यसपालि पनि आफ्नो वार्षिकोत्सवको अवसरमा कर्पोरेट क्षेत्रका प्रतिष्ठित संस्थाहरूमाझ मैत्रीपूर्ण प्रतिस्पर्धा तथा आपसी सम्बन्ध विस्तार गर्ने उद्देश्यले क्रिकेट प्रतियोगिता आयोजना गरेको हो। चार दिनसम्म सञ्चालन हुने लिगमा २४० जना खेलाडी सहभागी ३९ वटा खेल आयोजना हुनेछन्। यस प्रतियोगितामा ९ वाणिज्य बैंक, ८ विकास बैंक, १ वित्त कम्पनी, १ लघुवित्त संस्था, ३ बीमा कम्पनी र २ मर्चेन्ट बैंक गरी विभिन्न क्षेत्रका २४ वटा संस्थाहरूको उत्साहजनक सहभागिता रहेको छ। बुधबार आयोजित उद्घाटन समारोहमा महालक्ष्मी विकास बैंकका सञ्चालक समितिका…
Read More
विश्वकप लिग–२: नेदरल्यान्ड्सलाई पाँच विकेटले पराजित गर्दै नेपालको सानदार जित

विश्वकप लिग–२: नेदरल्यान्ड्सलाई पाँच विकेटले पराजित गर्दै नेपालको सानदार जित

काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत बुधबार स्कटल्यान्डको डुन्डेस्थित फोर्थहिल क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले नेदरल्यान्ड्सलाई पाँच विकेटले पराजित गर्दै महत्त्वपूर्ण जित दर्ता गरेको छ। नेदरल्यान्ड्सले प्रस्तुत गरेको २२६ रनको लक्ष्य नेपालले ४७.१ ओभरमा पाँच विकेटको क्षतिमा पुरा गर्‍यो। यस जितसँगै नेपालले प्रतियोगितामा १४ खेलमा १० अंक जोड्दै लिग तालिकाको सातौँ स्थानमा उक्लिएको छ। नेपालको जितमा आरिफ शेखले ७८ रनको अर्धशतकीय पारी खेले। उनले ९९ बलमा पाँच चौका प्रहार गरे। उपकप्तान दीपेन्द्र सिंह ऐरीले ५१ बलमा अविजित ३८ रन बनाउँदै आरिफसँग पाँचौँ विकेटका लागि ८९ रनको साझेदारी गरे, जसले जितमा निर्णायक भूमिका खेल्यो। ओपनर कुशल भुर्तेलले ४२ बलमा २५ रन…
Read More
जन्ते बाख्रोको प्रिमियर सम्पन्न

जन्ते बाख्रोको प्रिमियर सम्पन्न

काठमाडौं । यही जेठ २३ गतेदेखि प्रदर्शनमा आउने चलचित्र जन्ते बाख्रोले भव्य प्रिमियर सम्पन्न गरेको छ । बुधबार काठमाडौंको सिभिल मलमा चलचित्र जन्ते बाख्रोको प्रिमियर गरिएको हो । प्रिमियरमा कलाकारहरु सौगात मल्ल, गरिमा शर्मा, सन्दीप क्षेत्री, लाहुरे, अनुपविक्रम शाही, वर्षा राउत, सञ्जोग कोइराला, अशिम शाह, महेश काफ्ले, लोकेन्द्र लेखकलगायतका कलाकारहरुको बाक्लो उपस्थित थियो । प्रिमियर पछि पत्रकारहरुसँग कुरा गर्दै गायक महेश काफ्लले चलचित्रको कथा सरर बगेकोले राम्रो लागेको भन्दै आमाको भुमिकामा रहेकी रमा थपलियाको अभिनयको तारिफ गरे । ‘कथा बगेको छ । यसको महत्वपूर्ण पाटो पनि कथा बग्नु नै हो । चलचित्रमा सबै गित संगित एकदम राम्रो छ । सौगात…
Read More
कोशी प्रदेश डजबल संघको तदर्थ समिति गठन

कोशी प्रदेश डजबल संघको तदर्थ समिति गठन

विराटनगर- कोशी प्रदेशमा डजबल खेलको संगठनात्मक विकास र विस्तारलाई थप प्रभावकारी बनाउने उद्देश्यले १३ सदस्यीय कोशी प्रदेश डजबल संघको तदर्थ समिति गठन गरिएको छ। थानेश्वर ढकालको संयोजकतामा गठित समितिमा, उपाध्यक्षमा जनार्दन मैनाली र काजी बहादुर कार्की, सचिवमा गोपाल निरौला, कोषाध्यक्षमा प्रकाश श्रेष्ठ, र सदस्यहरूमा खगेन्द्र पोखरेल, छिरिङ भोटे, खिलकुमार सुवेदी, प्रेम सुब्बा, भवानी प्रसाद पाठक, विवश प्रधान, रमीला नेपाली र केबलमणि रिजाल रहेका छन्। थानेश्वर ढकालका अनुसार, यस समितिको गठनसँगै डजबल खेलको प्रवर्धन, संरचना विस्तार, र प्रतियोगिता सञ्चालनमा उल्लेखनीय सुधार हुने अपेक्षा गरिएको छ। कोशी प्रदेशमा डजबललाई विद्यालय, जिल्ला र प्रदेशस्तरमा संस्थागत बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने दिशामा…
Read More
झापा जिल्ला डजबल संघको तदर्थ समिति गठन

झापा जिल्ला डजबल संघको तदर्थ समिति गठन

झापा – झापा जिल्लामा डजबल खेलको व्यापक विकास र विस्तारलाई थप गति दिनका लागि झापा जिल्ला डजबल संघको तदर्थ समिति गठन गरिएको छ। नेपाल डजबल महासंघका तदर्थ समिति महासचिव अरुण तिमल्सिनाका अनुसार उक्त समिति गठनको निर्णय गत जेठ ८ गते बसेको बैठकबाट गरिएको हो। समितिको संयोजकको जिम्मेवारी हेडम्बराज निरौलालाई दिइएको छ भने अन्य सदस्यहरूमा समीर पोखरेल, आरोग्य तिम्सिना, मोहम्मद जाहिर रहमान, रेखा देवी साफी, सन्ध्या कुमारी डंगोल, र मन माया तिम्सिना रहेका छन्। समितिको संयोजक हेडम्बराज निरौलाले धन्यवाद ज्ञापन गर्दै झापा जिल्लाभित्र डजबल खेललाई विद्यालय स्तरदेखि नै व्यापक रूपमा विकास र विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। निरौला समाजसेवी समेत…
Read More
मोरङ जिल्ला डजबल संघकाे तदर्थ समिति गठन

मोरङ जिल्ला डजबल संघकाे तदर्थ समिति गठन

मोरङ– मोरङ जिल्लामा डजबल खेलको प्रवर्द्धन र संस्थागत विकासका लागि मोरङ जिल्ला डजबल संघको तदर्थ समिति गठन गरिएको छ। नेपाल डजबल महासंघका संस्थापक महासचिव तथा केन्द्रिय प्रतिनिधि अरुण तिमल्सिनाको अध्यक्षता र मोरङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुरज बहादुर श्रेष्ठको विशेष उपस्थितिमा सम्पन्न भेलाबाट उक्त समिति गठन गरिएको हो। समितिको अध्यक्षमा रेवती रमण दाहाल चयन भएका छन् भने याबुक राई उपाध्यक्ष, दिनेश पौडेल सचिव, र सीता श्रेष्ठ कोषाध्यक्ष चयन भएका छन्। त्यसैगरी समितिका सदस्यहरूमा सञ्चिता भुजेल, लैन बहादुर योञ्जन, मोहम्मद तारीक अनुवर, प्रेमनाथ माझी र वेद प्रकाश दाहाल सर्वसम्मत रूपमा चयन भएका छन्। सो अवसरमा बोल्दै अरुण तिमल्सिनाले मोरङमा डजबलको…
Read More
विश्वकप लिग–२ र टी–२० सिरिज खेल्न नेपाली टोली स्कटल्याण्ड प्रस्थान

विश्वकप लिग–२ र टी–२० सिरिज खेल्न नेपाली टोली स्कटल्याण्ड प्रस्थान

काठमाडौं । स्कटल्याण्डमा आयोजना हुने आईसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिज तथा टी–२० अन्तर्राष्ट्रिय सिरिजमा सहभागी हुन नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बुधबार बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले काठमाडौंमा विशेष कार्यक्रम गर्दै टोलीको औपचारिक बिदाइ गरेको हो। टोली आज साँझ स्कटल्याण्ड प्रस्थान गर्नेछ। नेपालले विश्वकप लिग–२ अन्तर्गत जुन २ देखि १० सम्म स्कटल्याण्ड र नेदरल्याण्डसँग त्रिकोणात्मक सिरिज खेल्नेछ। उक्त सिरिजपछि नेपालले ती दुई देशसँग नै टी–२० अन्तर्राष्ट्रिय सिरिज पनि खेल्नेछ, जुन जुन १५ देखि २० सम्म हुनेछ। लिग–२ का लागि नेपाली टोलीको नेतृत्व रोहित कुमार पौडेलले गर्नेछन् भने उपकप्तानको भूमिकामा दीपेन्द्रसिंह ऐरी रहनेछन्। टोलीमा अन्य खेलाडीहरूमा कुशल भुर्तेल, आसिफ…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल