Skip to main content

Elite News Nepal

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको चौथो संस्करण सुरु

Advertisement

काठमाडौं। महालक्ष्मी विकास बैंकले आफ्नो ३१औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको महालक्ष्मी कर्पोरेट क्रिकेट लिग–२०२५ चौथो संस्करण बुधबारबाट भव्य रूपमा सुरु भएको छ।

बैंकले हरेक वर्षझैँ यसपालि पनि आफ्नो वार्षिकोत्सवको अवसरमा कर्पोरेट क्षेत्रका प्रतिष्ठित संस्थाहरूमाझ मैत्रीपूर्ण प्रतिस्पर्धा तथा आपसी सम्बन्ध विस्तार गर्ने उद्देश्यले क्रिकेट प्रतियोगिता आयोजना गरेको हो।

चार दिनसम्म सञ्चालन हुने लिगमा २४० जना खेलाडी सहभागी ३९ वटा खेल आयोजना हुनेछन्। यस प्रतियोगितामा ९ वाणिज्य बैंक, ८ विकास बैंक, १ वित्त कम्पनी, १ लघुवित्त संस्था, ३ बीमा कम्पनी र २ मर्चेन्ट बैंक गरी विभिन्न क्षेत्रका २४ वटा संस्थाहरूको उत्साहजनक सहभागिता रहेको छ।

बुधबार आयोजित उद्घाटन समारोहमा महालक्ष्मी विकास बैंकका सञ्चालक समितिका अध्यक्षले म्याच अफिसियलहरूलाई बल र ब्याट हस्तान्तरण गर्दै प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभएको थियो।

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग कर्पोरेट क्षेत्रका संस्थाहरूमाझ आपसी सद्भाव, सहयोग र खेलकुदप्रति आकर्षण अभिवृद्धि गर्ने उद्देश्यले स्थापित एक प्रतिष्ठित प्रतियोगिताको रूपमा मानिन्छ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल