Skip to main content

Elite News Nepal

यु–१४ राष्ट्रिय विद्यालय खेलकुद आइतबारदेखि काठमाडौंमा सुरु हुँदै

Advertisement

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा यु–१४ राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगिता आगामी  जेठ २५ गते आइतबार देखि काठमाडौंमा सुरु हुने भएको छ। प्रतियोगितामा सातवटै प्रदेशबाट छानिएका ४७६ जना विद्यालय तहका खेलाडीहरूले सहभागिता जनाउने छन्। शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा राखेपका सदस्य–सचिव टंकलाल घिसिङले प्रतियोगिता सम्बन्धी जानकारी दिँदै विद्यालय तहमा लुकेर रहेका प्रतिभाहरुलाई राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्न प्रतियोगिता आयोजना गरिएको बताए।

प्रतियोगितामा एथलेटिक्स, टेबलटेनिस, छात्र–छात्रा थ्री बाइ थ्री बास्केटबल, छात्र–छात्रा रग्बी सेभेन्स, ब्याडमिन्टन र २० ओभरको छात्र क्रिकेट गरी छवटा खेल समावेश गरिएका छन्। एथलेटिक्समा छात्र–छात्रा तर्फ समान ६–६ स्पर्धा, टेबलटेनिस र ब्याडमिन्टनमा छात्र–छात्रा तर्फ समान २–२ स्पर्धा सञ्चालन गरिनेछ। प्रतियोगितामा जम्मा २५ स्वर्ण, २५ रजत र ३३ कांस्य गरी ८३ पदकका लागि प्रतिस्पर्धा हुनेछ।

खेलहरू काठमाडौंका विभिन्न स्थानमा आयोजना हुनेछन्। एथलेटिक्स र रग्बी दशरथ रंगशालामा, टेबलटेनिस लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा, बास्केटबल राखेप हातामा, ब्याडमिन्टन बूढानीलकण्ठस्थित ब्याडमिन्टन एकेडेमीमा तथा क्रिकेट मूलपानी क्रिकेट मैदानमा खेलाइनेछ। क्रिकेट जेठ २५ देखि २९ गतेसम्म सञ्चालन हुनेछ भने अन्य पाँच खेल जेठ २५ र २६ गतेसम्म सम्पन्न हुनेछन्।
Advertisement
प्रतियोगिता नेपालय इन्टरनेसनल इभेन्ट म्यानेजमेन्ट प्रा.लि. को सह–आयोजनामा तथा एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेसको मुख्य प्रायोजनमा आयोजना हुँदैछ। राखेपले प्याब्सन, एनप्याब्सन, शिक्षक महासंघ, नेपाल विद्यालय खेलकुद महासंघ तथा सम्बन्धित खेल संघहरूसँग सहकार्य गर्दै प्रतियोगिता सम्पन्न गर्न लागेको हो। पत्रकार सम्मेलनमा राखेप कार्यकारी समितिकी सदस्य तथा प्रतियोगिता संयोजक रञ्जना प्रधान, प्याब्सनका महासचिव आरबी कटुवाल, एनप्याब्सनका प्रतिनिधि, नेपालयका अध्यक्ष सुवासचन्द्र प्रधान र एक्सपर्टका प्रतिनिधि खेम संग्रौला लगायतको उपस्थिति थियो।
Advertisement
राखेपका सदस्य–सचिव घिसिङले जुनियर स्तरका प्रतियोगितालाई प्राथमिकता दिई विद्यालय स्तरमै खेलकुदको जग बलियो बनाउने लक्ष्य राखिएको बताए। सह–आयोजक र प्रायोजक संस्थाहरूले समेत यस्तो प्रतियोगिता मार्फत नेपाली खेलकुदको विकासमा योगदान पुर्‍याउन पाउँदा खुसी व्यक्त गरे।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल