Elite News Nepal

मोरङ जिल्ला डजबल संघकाे तदर्थ समिति गठन

Advertisement

मोरङ– मोरङ जिल्लामा डजबल खेलको प्रवर्द्धन र संस्थागत विकासका लागि मोरङ जिल्ला डजबल संघको तदर्थ समिति गठन गरिएको छ। नेपाल डजबल महासंघका संस्थापक महासचिव तथा केन्द्रिय प्रतिनिधि अरुण तिमल्सिनाको अध्यक्षता र मोरङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुरज बहादुर श्रेष्ठको विशेष उपस्थितिमा सम्पन्न भेलाबाट उक्त समिति गठन गरिएको हो।

Advertisement

समितिको अध्यक्षमा रेवती रमण दाहाल चयन भएका छन् भने याबुक राई उपाध्यक्ष, दिनेश पौडेल सचिव, र सीता श्रेष्ठ कोषाध्यक्ष चयन भएका छन्।

Advertisement

त्यसैगरी समितिका सदस्यहरूमा सञ्चिता भुजेल, लैन बहादुर योञ्जन, मोहम्मद तारीक अनुवर, प्रेमनाथ माझी र वेद प्रकाश दाहाल सर्वसम्मत रूपमा चयन भएका छन्।

सो अवसरमा बोल्दै अरुण तिमल्सिनाले मोरङमा डजबलको सम्भावना उच्च रहेको उल्लेख गर्दै नवगठित समितिलाई संघीय कार्ययोजनाअनुसार सक्रिय र परिणाममुखी गतिविधिमा जुट्न सुझाव दिए।

Advertisement

भेलाले मोरङ जिल्लाभित्र डजबल खेलको आधार विस्तार गर्दै स्थानीय स्तरमा प्रतियोगिता, तालिम तथा जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
एनएनआईपीए स्पोर्ट्स अवार्ड चैत २० मा

एनएनआईपीए स्पोर्ट्स अवार्ड चैत २० मा

काठमाडौं। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) को आयोजनामा २० औं एनएनआईपीए स्पोर्ट्स अवार्ड– २०८२ चैत २०...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल