Skip to main content

Elite News Nepal

विश्वकप लिग–२: नेदरल्यान्ड्सलाई पाँच विकेटले पराजित गर्दै नेपालको सानदार जित

Advertisement

काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत बुधबार स्कटल्यान्डको डुन्डेस्थित फोर्थहिल क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले नेदरल्यान्ड्सलाई पाँच विकेटले पराजित गर्दै महत्त्वपूर्ण जित दर्ता गरेको छ।

नेदरल्यान्ड्सले प्रस्तुत गरेको २२६ रनको लक्ष्य नेपालले ४७.१ ओभरमा पाँच विकेटको क्षतिमा पुरा गर्‍यो। यस जितसँगै नेपालले प्रतियोगितामा १४ खेलमा १० अंक जोड्दै लिग तालिकाको सातौँ स्थानमा उक्लिएको छ।

नेपालको जितमा आरिफ शेखले ७८ रनको अर्धशतकीय पारी खेले। उनले ९९ बलमा पाँच चौका प्रहार गरे। उपकप्तान दीपेन्द्र सिंह ऐरीले ५१ बलमा अविजित ३८ रन बनाउँदै आरिफसँग पाँचौँ विकेटका लागि ८९ रनको साझेदारी गरे, जसले जितमा निर्णायक भूमिका खेल्यो।

ओपनर कुशल भुर्तेलले ४२ बलमा २५ रन बनाए भने कप्तान रोहित पौडेलले ३९ बलमा २३ रन जोडे। अर्का ओपनर आसिफ शेखले २२ बलमा १९ रन बनाए। भीम सारकी २६ बलमा ११ रनमा आउट भए।

नेदरल्यान्ड्सका लागि माइकल लेभिटले २ विकेट लिए भने भिभियन किंग्मा र पल भान मेकरेनले एक/एक विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४९.१ ओभरमा २२५ रनको योगफल तयार पारेको थियो। टोलीका लागि नोहा क्रोसले ५५ बलमा पाँच चौका सहित ४८ रन बनाए। कप्तान स्कट एडवार्ड्सले ७१ बलमा चार चौका प्रहार गर्दै ४६ रन जोडे। विक्रमजित सिंहले ३८ रन तथा ज्याक लायनले ३४ बलमा २७ रनको योगदान दिए।

नेपालका लागि सोमपाल कामीले सबैभन्दा बढी ३ विकेट लिए। करण केसी, ललित राजवंशी र सन्दीप लामिछानेले समान २/२ विकेट लिएर नेदरल्यान्ड्सको ब्याटिङ लाइनअपलाई दबाबमा राखेका थिए।

नेपालले अब लिगको आगामी खेलमा अंक तालिकामा सुधारको प्रयास गर्नेछ, जसले आइसिसी विश्वकप छनोट यात्रामा महत्वपूर्ण प्रभाव पार्न सक्छ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल