Skip to main content

Elite News Nepal

दोस्रो दिन एथलेटिक्समा रेकर्डको वर्षा ४ नयाँ कीर्तिमान

Advertisement

काठमाडौं– त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी पन्ध्रौं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन एथलेटिक्सतर्फ चार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम भएका छन्। छात्र ज्याभ्लिन थ्रो, छात्रा ८ सय मिटर दौड, छात्र र छात्रा दुवै ४ गुणा ४ सय मिटर रिलेमा कीर्तिमानी प्रदर्शन देखिएको हो। यसअघि पहिलो दिन दुई कीर्तिमान बनेका थिए, जससँगै दुई दिनमा जम्मा छ वटा कीर्तिमान कायम भइसकेका छन्।

लुम्बिनी प्रदेशका राहुल थारुले छात्र ज्याभ्लिन थ्रोमा २७ वर्ष पुरानो कीर्तिमान भंग गर्दै नयाँ इतिहास रचे। उनले ५७.४० मिटरको थ्रो गर्दै २०५५ सालमा धीरेन्द्रजंग शाहले बनाएको ५५.५० मिटरको कीर्तिमान तोडे। त्यस्तै, गण्डकी प्रदेशकी नारायणी भण्डारीले छात्रा ८ सय मिटर दौड २ मिनेट १७.९ सेकेन्डमा पूरा गर्दै २०८१ सालको पुरानो कीर्तिमान भंग गरिन्। उक्त दौडमा बागमतीकी भगवती खड्का दोस्रो र सुदूरपश्चिमकी संगीता विक तेस्रो स्थानमा रहिन्।

बागमती प्रदेशका छात्र टोली प्रवीन राना मगर, निरज थारु, हस्त सुनार र शन्तबहादुर दराईले ४x४ सय मिटर रिलेमा ३ मिनेट ३०.९ सेकेन्डको समय निकाल्दै २०८० सालको रेकर्ड तोड्न सफल भए। छात्रा तर्फ पनि बागमतीकै दिना गोपाली, अनिशा थारु, भगवती खड्का र अस्मिता भुजेलले ४ मिनेट १२.८ सेकेन्डमा दूरी पार गर्दै २०८१ सालको कीर्तिमान नयाँ बनाएका हुन्।

यता अन्य स्पर्धाहरूमा पनि खेलाडीहरूले उत्कृष्ठ प्रदर्शन गरे। छात्रा ज्याभ्लिन थ्रोमा सुदूरपश्चिमकी पूजा साउदले ३०.३२ मिटरको थ्रो गर्दै स्वर्ण पदक हात पारिन्। छात्र ८ सय मिटर दौडमा सुदूरपश्चिमकै विक्रम विष्टले २ मिनेट ०२.७ सेकेन्डमा दूरी पार गर्दै शीर्ष स्थान हासिल गरे। छात्र लङजम्पमा गण्डकी प्रदेशका प्रदीप महतोले ६.६९ मिटरको जम्प गर्दै स्वर्ण जिते भने छात्रा लङजम्पमा बागमतीकी अनिशा थारुले ५.१८ मिटरको जम्पसहित पहिलो स्थान सुरक्षित गरिन्।

शुक्रबार हुने तेस्रो तथा अन्तिम दिन आठ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताले युवापुस्तामा राष्ट्रिय खेलप्रतिको रुचि र प्रतिस्पर्धात्मक ऊर्जा थप बढाएको देखिएको छ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल