Skip to main content

Elite News Nepal

Breaking News 1

५ खेलाडी सहित नेपाली कराते टोली अस्ट्रेलियन ओपनमा भाग लिन अस्ट्रेलिया जाँदै

५ खेलाडी सहित नेपाली कराते टोली अस्ट्रेलियन ओपनमा भाग लिन अस्ट्रेलिया जाँदै

काठमाडौं– अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्न ९ सदस्यीय नेपाली टोली बुधबार राति अस्ट्रेलियाको सिड्नी प्रस्थान गर्ने भएको छ। अप्रिल ४ देखि ६ तारिखसम्म सिड्नीमा आयोजना हुने यस प्रतिष्ठित प्रतियोगितामा नेपालका ५ खेलाडीले सहभागिता जनाउनेछन्। टोली बुधबार राति ११:०० बजे प्रस्थान गर्ने तालिका छ। प्रतियोगितामा १ पुरुष र ४ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन्। पुरुषतर्फ ६७ केजीमुनि सन्तोष श्रेष्ठ प्रतिस्पर्धा गर्नेछन् भने महिलातर्फ ५० केजीमुनि वर्षा बुढा मगर, ५५ केजीमुनि पुष्पका लामा, ६१ केजीमुनि सविना श्रेष्ठ र ६८ केजीमाथि एरिका गुरुङ सहभागी हुनेछन्। टोलीको व्यवस्थापनमा प्रशिक्षक कुशल श्रेष्ठ र मन्डेकाजी श्रेष्ठ रहेका छन् भने सहायक प्रशिक्षक तथा अफिसियलको…
Read More
नेपाल हाप्किडो संघको दोस्रो साधारण सभा पोखरामा सम्पन्न

नेपाल हाप्किडो संघको दोस्रो साधारण सभा पोखरामा सम्पन्न

पोखरा - नेपाल हाप्किडो संघको दोस्रो साधारण सभा शनिबार पोखरामा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा संघको वार्षिक प्रतिवेदन, आर्थिक विवरण, भावी योजनाहरू, नीतिगत निर्णयहरू तथा महत्वपूर्ण प्रस्तावहरूमा व्यापक छलफल भएको थियो। साधारण सभाको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्यले गरे। उद्घाटन समारोहमा बोल्दै उनले खेलकुदलाई राष्ट्रको समृद्धि र श्रमशक्तिको विकासमा महत्वपूर्ण साधनको रूपमा व्याख्या गरे।"हामी नेपाललाई खेलाडीहरूको राष्ट्रका रूपमा चिनाउन चाहन्छौं। खेलकुदले श्रमशक्तिलाई एकताबद्ध गर्दै स्वस्थ नागरिक र दक्ष जनशक्ति निर्माण गर्छ, जसले समृद्धिको यात्रा अघि बढाउँछ," उपाध्यक्ष आचार्यले भने।उनले खेलकुद व्यवस्थापनमा राजनीतिक इच्छाशक्ति आवश्यक भएको उल्लेख गर्दै भने, "खेलकुदको मैदानमा राजनीति हुनुहुँदैन, तर यसको व्यवस्थापनका लागि…
Read More
क्रिकेट र खेल पर्यटन प्रवर्द्धनका लागि पोखरामा केपी ओली कपको तयारी सुरु

क्रिकेट र खेल पर्यटन प्रवर्द्धनका लागि पोखरामा केपी ओली कपको तयारी सुरु

पोखरा, चैत्र १६ - पोखरामा दोस्रो संस्करणको ‘केपी ओली कप टी-२० राष्ट्रिय खुला पुरुष क्रिकेट’को तयारी सुरु भएको छ। प्रतियोगिताका आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीले शनिबार तयारी प्रारम्भ गरेको जानकारी दिएको छ। प्रतियोगिता पोखरा रंगशाला क्रिकेट मैदानमा यही चैत्र २३ देखि ३० गतेसम्म सञ्चालन हुनेछ। राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष तथा मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्य को अनुसार हालसम्म २९ भन्दा बढी टिमले सहभागिताका लागि पत्र पठाए पनि अन्तिम चरणमा १६ टिम मात्र सहभागी हुनेछन्। उनले भने, “हामीले सहभागिता जनाउन चाहने टिमहरूको बारेमा निक्र्यौल गर्दै १६ टिम मात्रै छनोट गर्ने निर्णय गरेका छौं।” पोखराको क्रिकेट विकासका लागि प्रतियोगिताले महत्वपूर्ण…
Read More
बबिन बोहोराको निर्णायक गोलले झापा ११ लाई अन्तिम आठमा पुर्यायो

बबिन बोहोराको निर्णायक गोलले झापा ११ लाई अन्तिम आठमा पुर्यायो

झापा – झापा ११ एफसीले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति भद्रपुर झापा गोल्डकपको क्वार्टर फाइनलमा स्थान बनाएको छ। बिहीबार भद्रपुरस्थित मेची रंगशालामा भएको दोस्रो दिनको खेलमा झापा ११ ले ए डिभिजन लिग उपविजेता मछिन्द्र फुटबल क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गर्यो। झापाका बबिन बोहोराले खेलको २९औँ मिनेटमा एक मात्र निर्णायक गोल गरे। एरोन थापाको क्रस पासमा उनले वान टचमा उत्कृष्ट फिनिश गर्दै झापालाई अग्रता दिलाए। यो गोल नै जितको लागि पर्याप्त बन्यो। खेल अवधिभर दुवै टोलीले एक दर्जनभन्दा बढी प्रहार गरे पनि गोल गर्न सकेनन्। मछिन्द्रले खेलको २०औँ मिनेटमै अग्रता लिने…
Read More
अध्यक्ष नेपाल: एमाले केपी ओलीको निजी आदेशमा चल्ने पार्टी बन्यो

अध्यक्ष नेपाल: एमाले केपी ओलीको निजी आदेशमा चल्ने पार्टी बन्यो

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको नेतृत्वमा केपी ओलीको निजी आदेश मात्र चल्ने टिप्पणी गरेका छन्। शनिबार काठमाडौंमा बागमती प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, "नेकपा एमाले अब केपी ओलीको व्यक्तिगत पार्टी बनेको छ। त्यसमा केवल उहाँका आदेश मात्र लागू हुन्छ, पार्टीको कम्युनिस्ट चरित्र गुमेको छ।" नेपालले ओलीको निर्णय र निर्देशनलाई मात्र मान्यता दिइने भन्दै उक्त पार्टीको लोकतान्त्रिक प्रक्रियामा कुनै विकल्प नदेखिएको व्यक्त गरे। उनले थपे, "केपी ओलीका विचार र निर्देशन पालना गर्ने मात्र कर्तव्य हो। अरु कुनै विकल्प छैन।" अध्यक्ष नेपालले पार्टीको प्रगति र विकासका लागि गाउँ-गाउँमा जनताको समस्याहरूको समाधान…
Read More
कोशी प्रदेशसभा सचिव पदको जिम्मेवारी गौतमराज अमात्यलाई

कोशी प्रदेशसभा सचिव पदको जिम्मेवारी गौतमराज अमात्यलाई

इटहरी। कोशी प्रदेश सभाका प्रवक्ता गौतमराज अमात्यलाई कोशी प्रदेशसभाको कायममुकायम (कामु) सचिवको जिम्मेवारी दिइएको छ। प्रदेशसभा सचिव गोपालप्रसाद पराजुली भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि, सभामुख अम्बरबहादुर विष्टले अमात्यलाई उपसचिवबाट कामु सचिवको जिम्मेवारी दिएका हुन्। बिहीबारको प्रदेशसभा बैठकमा अमात्यले सचिवको जिम्मेवारी निर्वाह गरेका छन्। पराजुलीले पशुपतिको जग्गामा बालुवाखानी सञ्चालन गर्दा अनियमितता गरेको मुद्दामा दोषी ठहरिएपछि उनको पद खोसिएको हो। निजामति सेवाबाट अवकास लिएका अमात्य २०७६ साल वैशाख १२ गते कोशी प्रदेशसभाको सचिव नियुक्त भएका थिए। त्यसपछि २०८१ वैशाख ९ गतेदेखि दोस्रो कार्यकालका लागि पराजुली सचिव नियुक्त भएका थिए। यसैबीच, कोशी प्रदेशसभाको बिहीवारको बैठकमा कोशी प्रदेश खानेपानी र सरसफाइ सम्बन्धी व्यवस्थापन विधेयकको…
Read More
चिनियाँ नयाँ वर्षको अवसरमा नेपाल र चीन बीच मैत्रीपूर्ण फुटबल खेल

चिनियाँ नयाँ वर्षको अवसरमा नेपाल र चीन बीच मैत्रीपूर्ण फुटबल खेल

काठमाडौं, १४ फेब्रुअरी – भोलि (शनिबार) काठमाडौंमा नेपाली युवा टोली र चीनको युनान युवा टोली बीच मैत्रीपूर्ण फुटबल खेलको तयारी पूरा भएको छ। शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा खेलको सम्पूर्ण तयारीको जानकारी दिइएको हो। पत्रकार सम्मेलनमा नेपाली युवा टोलीका कोच, राजेश शाहीले आफ्नो टोलीको प्रदर्शन प्रति आशावादी रहेको कुरा व्यक्त गर्दै भने, "हाम्रो युवा टोलीले उत्कृष्ट खेल प्रदर्शन गर्दै, यसभन्दा माथि आफ्नो स्तरलाई उकास्ने विश्वास हामीलाई छ।" चिनियाँ नयाँ वर्षको अवसरमा, अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना र चिनियाँ दूतावासको सहयोगमा यो मैत्रीपूर्ण फुटबल खेल आयोजना हुँदैछ। खेलको सबै प्रविधिक पक्षको जिम्मेवारी एन्फा लिने भने, मार्केटिङ, ब्रोडकास्टिङ र टिकेटिङ…
Read More
बजेट अभावका कारण सातौँ मकवानपुर गोल्डकप स्थगित

बजेट अभावका कारण सातौँ मकवानपुर गोल्डकप स्थगित

हेटौंडा – बजेट अभावका कारण यस वर्षको सातौँ स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता स्थगित भएको छ। आयोजक जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य टीका लामाले प्रतियोगिता नहुने जानकारी दिएका छन्। चैत १६ गतेदेखि नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण सुरू हुने भएकाले तत्काल मकवानपुर गोल्डकप आयोजना गर्न नसकिने उनले बताए। साथै, बागमती प्रदेश सरकारअन्तर्गत युवा तथा खेलकुद विकास मन्त्रालय र मकवानपुर जिल्लाका दश स्थानीय तहले मागअनुसारको बजेट निकासा नगरेकाले प्रतियोगिता आयोजना गर्न कठिन भएको उनले स्पष्ट पारे। "गोल्डकप आयोजना गर्न आवश्यक बजेट उपलब्ध नभएकाले यस वर्ष प्रतियोगिता स्थगित…
Read More
मन्थली नगरपालिकाले जित्यो १२औँ राष्ट्रपति रनिङ सिल्ड उपाधि

मन्थली नगरपालिकाले जित्यो १२औँ राष्ट्रपति रनिङ सिल्ड उपाधि

रामेछाप, फागुन २ – १२औँ रामेछाप जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि मन्थली नगरपालिकाले जितेको छ। सदरमुकाम मन्थलीमा बुधबार सम्पन्न फाइनल खेलसँगै मन्थलीले २२ स्वर्ण, २३ रजत, र ३२ कांस्य पदक जित्दै कूल ७७ पदकसहित उपाधि उचालेको हो। तीन दिनसम्म चलेको प्रतियोगितामा उमाकुण्ड गाउँपालिका २१ स्वर्ण, १२ रजत, र ११ कांस्य गरी ४४ पदकसहित दोस्रो स्थानमा रह्यो भने लिखु तामाकोसी गाउँपालिका ८ स्वर्ण, ६ रजत, र १२ कांस्यसहित २६ पदक जित्दै तेस्रो स्थानमा रह्यो। जिल्ला खेलकुद विकास समिति रामेछापको आयोजनामा सम्पन्न प्रतियोगितामा दोरम्बा शैलुङ गाउँपालिका चौथो स्थानमा रह्यो। उसले ६ स्वर्ण, ९ रजत, र १८ कांस्य गरी ३३…
Read More
सेमिफाइनल तय! टाइम्स ‘ए’, राइभल इन्डिया, होउन्ड्स ‘ए’ र राइभल पाकिस्तान अन्तिम चारमा

सेमिफाइनल तय! टाइम्स ‘ए’, राइभल इन्डिया, होउन्ड्स ‘ए’ र राइभल पाकिस्तान अन्तिम चारमा

काठमाडौं । नेपाल बास्केटबल संघ र थ्री बाई थ्री नेपालको आयोजनामा जारी अन्तर्राष्ट्रिय थ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा भएको छ। टाइम्स ‘ए’, राइभल इन्डिया, होउन्ड्स ‘ए’ र राइभल पाकिस्तान अन्तिम चारमा प्रवेश गर्न सफल भएका छन्। क्वार्टरफाइनलमा टाइम्स ‘ए’ ले गोल्डेनगेट इन्टरनेसनल कलेज ‘ए’ लाई पराजित गर्यो भने, राइभल इन्डियाले आर्मी ‘ए’ माथि जित निकाल्यो। त्यस्तै, होउन्ड्स ‘ए’ ले आर्मी ‘बी’ लाई हरायो भने राइभल पाकिस्तानले एसवाइएमलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो। अब, सेमिफाइनलमा टाइम्स ‘ए’ र राइभल इन्डिया आमनेसामने हुनेछन् भने होउन्ड्स ‘ए’ र राइभल पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कोर्टमा…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल