Skip to main content

Elite News Nepal

५ खेलाडी सहित नेपाली कराते टोली अस्ट्रेलियन ओपनमा भाग लिन अस्ट्रेलिया जाँदै

Advertisement

काठमाडौं– अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्न ९ सदस्यीय नेपाली टोली बुधबार राति अस्ट्रेलियाको सिड्नी प्रस्थान गर्ने भएको छ। अप्रिल ४ देखि ६ तारिखसम्म सिड्नीमा आयोजना हुने यस प्रतिष्ठित प्रतियोगितामा नेपालका ५ खेलाडीले सहभागिता जनाउनेछन्।

टोली बुधबार राति ११:०० बजे प्रस्थान गर्ने तालिका छ। प्रतियोगितामा १ पुरुष र ४ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन्। पुरुषतर्फ ६७ केजीमुनि सन्तोष श्रेष्ठ प्रतिस्पर्धा गर्नेछन् भने महिलातर्फ ५० केजीमुनि वर्षा बुढा मगर, ५५ केजीमुनि पुष्पका लामा, ६१ केजीमुनि सविना श्रेष्ठ र ६८ केजीमाथि एरिका गुरुङ सहभागी हुनेछन्।

टोलीको व्यवस्थापनमा प्रशिक्षक कुशल श्रेष्ठ र मन्डेकाजी श्रेष्ठ रहेका छन् भने सहायक प्रशिक्षक तथा अफिसियलको भूमिकामा अमिर राना रहनेछन्। त्यस्तै, निर्णायकका रूपमा तारा गुरुङ समावेश छन्। टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार एक विशेष समारोहबीच बिदाइ गरे। सो अवसरमा आठौं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता कराते खेलाडी विजय लामाले टोलीलाई प्रायोजन गरिएको ट्रयाकसुट प्रदान गरे।

नेपाली खेलाडीहरूले यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ, जसले अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान अझ मजबुत बनाउने विश्वास गरिएको छ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल