Skip to main content

Elite News Nepal

मन्थली नगरपालिकाले जित्यो १२औँ राष्ट्रपति रनिङ सिल्ड उपाधि

Advertisement

रामेछाप, फागुन २ – १२औँ रामेछाप जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि मन्थली नगरपालिकाले जितेको छ। सदरमुकाम मन्थलीमा बुधबार सम्पन्न फाइनल खेलसँगै मन्थलीले २२ स्वर्ण, २३ रजत, र ३२ कांस्य पदक जित्दै कूल ७७ पदकसहित उपाधि उचालेको हो।

तीन दिनसम्म चलेको प्रतियोगितामा उमाकुण्ड गाउँपालिका २१ स्वर्ण, १२ रजत, र ११ कांस्य गरी ४४ पदकसहित दोस्रो स्थानमा रह्यो भने लिखु तामाकोसी गाउँपालिका ८ स्वर्ण, ६ रजत, र १२ कांस्यसहित २६ पदक जित्दै तेस्रो स्थानमा रह्यो।

जिल्ला खेलकुद विकास समिति रामेछापको आयोजनामा सम्पन्न प्रतियोगितामा दोरम्बा शैलुङ गाउँपालिका चौथो स्थानमा रह्यो। उसले ६ स्वर्ण, ९ रजत, र १८ कांस्य गरी ३३ पदक जित्यो। त्यसैगरी, रामेछाप नगरपालिकाले ५ स्वर्ण, ९ रजत, र १८ कांस्यसहित ३२ पदक हात पार्‍यो।

अन्य प्रतिस्पर्धीहरूमा खाँडादेवी गाउँपालिकाले ९, सुनापति गाउँपालिकाले ८, र गोकुलगंगा गाउँपालिकाले ६ पदक जितेका थिए।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिमहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो। विजेता मन्थली नगरपालिकाले नगद रु. ३०,०००, उपविजेता उमाकुण्डले रु. २०,०००, र तेस्रो स्थान प्राप्त लिखु तामाकोसीले रु. १०,००० नगद पुरस्कार, सिल्ड, मेडल, र प्रमाणपत्र प्राप्त गरे।

भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो, उसु, कराँते लगायतका खेल समावेश गरिएको प्रतियोगितामा जिल्लाका २ नगरपालिका र ६ गाउँपालिकाका ७३९ जना खेलाडीले सहभागिता जनाएका थिए।

प्रतियोगिताको समापन कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सिताराम कार्कीले खेलाडीहरूको उत्कृष्ट प्रदर्शनको प्रशंसा गर्दै भविष्यमा यस्ता प्रतियोगिताहरूलाई अझ व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल