Skip to main content

Elite News Nepal

नेपाल हाप्किडो संघको दोस्रो साधारण सभा पोखरामा सम्पन्न

Advertisement

पोखरा – नेपाल हाप्किडो संघको दोस्रो साधारण सभा शनिबार पोखरामा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा संघको वार्षिक प्रतिवेदन, आर्थिक विवरण, भावी योजनाहरू, नीतिगत निर्णयहरू तथा महत्वपूर्ण प्रस्तावहरूमा व्यापक छलफल भएको थियो।

साधारण सभाको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्यले गरे। उद्घाटन समारोहमा बोल्दै उनले खेलकुदलाई राष्ट्रको समृद्धि र श्रमशक्तिको विकासमा महत्वपूर्ण साधनको रूपमा व्याख्या गरे।
“हामी नेपाललाई खेलाडीहरूको राष्ट्रका रूपमा चिनाउन चाहन्छौं। खेलकुदले श्रमशक्तिलाई एकताबद्ध गर्दै स्वस्थ नागरिक र दक्ष जनशक्ति निर्माण गर्छ, जसले समृद्धिको यात्रा अघि बढाउँछ,” उपाध्यक्ष आचार्यले भने।
उनले खेलकुद व्यवस्थापनमा राजनीतिक इच्छाशक्ति आवश्यक भएको उल्लेख गर्दै भने, “खेलकुदको मैदानमा राजनीति हुनुहुँदैन, तर यसको व्यवस्थापनका लागि राजनीतिक इच्छाशक्ति अनिवार्य छ। खेलकुदको विकास र खेलाडीहरूको हितमा राजनीति सहायक हुनुपर्छ।”

सभामा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका एक दर्जनभन्दा बढी खेलाडीहरूलाई सम्मानित गरिएको थियो। साथै, नेपाल हाप्किडो संघको वार्षिक कार्यक्रमको स्मारिका विमोचन समेत गरिएको थियो।

नेपाल हाप्किडो संघका अध्यक्ष कालीबहादुर घर्ती मगरले नेपालका ६६ जिल्लामा हाप्किडो सक्रिय रहेको जानकारी गराउँदै हजारौँ खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरमा नेपालको झण्डा फहराइरहेको बताए।
“हाप्किडो खेलको व्यवस्थित विकासका लागि वार्षिक योजना तयार गरेका छौँ। योजनाबद्ध रूपमा अगाडि बढ्ने हाम्रो प्रतिबद्धता छ,” अध्यक्ष घर्ती मगरले भने।

कार्यक्रममा संघकी उपाध्यक्ष तारामाया थापा मगर, गण्डकी प्रदेश हाप्किडो संघका अध्यक्ष खेमबहादुर गुरुङ, नेपाल हाप्किडो संघका उपमहासचिव मोहमद हलवाई, कोषाध्यक्ष विजया कुमारी वाईबा, प्रमुख प्रशिक्षक प्रविण गुरुङ लगायतले आफ्ना धारणा राखेका थिए।
नेपाल हाप्किडो संघले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा हाप्किडो खेलको प्रवद्र्धन गर्दै खेलाडी उत्पादन र पूर्वाधार संरचनाको विकासमा जोड दिने लक्ष्य लिएको जनाएको छ।

नेपाल हाप्किडो संघले खेलकुदको माध्यमबाट सामाजिक सद्भाव, पर्यटन र संस्कृतिको विकासमा समेत टेवा पुर्याउने उद्देश्य राखेको छ। खेलकुदको व्यवस्थित व्यवस्थापन र राजनीतिक सहयोगका माध्यमबाट मात्र लक्ष्य हासिल गर्न सकिनेमा संघका पदाधिकारीहरू एकमत देखिएका छन्।
नेपाल हाप्किडो संघको दोस्रो साधारण सभाले हाप्किडो खेलको भविष्यलाई अझ मजबुत र व्यवस्थित बनाउन महत्वपूर्ण निर्णयहरू पारित गरेको छ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल