Skip to main content

Elite News Nepal

क्रिकेट र खेल पर्यटन प्रवर्द्धनका लागि पोखरामा केपी ओली कपको तयारी सुरु

Advertisement

पोखरा, चैत्र १६ – पोखरामा दोस्रो संस्करणको ‘केपी ओली कप टी-२० राष्ट्रिय खुला पुरुष क्रिकेट’को तयारी सुरु भएको छ। प्रतियोगिताका आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीले शनिबार तयारी प्रारम्भ गरेको जानकारी दिएको छ। प्रतियोगिता पोखरा रंगशाला क्रिकेट मैदानमा यही चैत्र २३ देखि ३० गतेसम्म सञ्चालन हुनेछ। राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष तथा मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्य को अनुसार हालसम्म २९ भन्दा बढी टिमले सहभागिताका लागि पत्र पठाए पनि अन्तिम चरणमा १६ टिम मात्र सहभागी हुनेछन्। उनले भने, “हामीले सहभागिता जनाउन चाहने टिमहरूको बारेमा निक्र्यौल गर्दै १६ टिम मात्रै छनोट गर्ने निर्णय गरेका छौं।”

पोखराको क्रिकेट विकासका लागि प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्‍याउने आयोजकको विश्वास छ। साथै, खेल पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने उल्लेख गर्दै अध्यक्ष आचार्यले प्रतियोगिता सफल बनाउन सबै पक्षसँग सहयोगको आग्रह गरे। राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्षसमेत रहेका आचार्यले भने, “यस्ता प्रतियोगिताहरूले युवा खेलाडीहरूलाई अवसर प्रदान गर्छन्, जसले उनीहरूको भविष्य निर्माणमा ठूलो योगदान पुर्‍याउँछ।”

लिग कम नकआउट आधारमा सञ्चालन हुने प्रतियोगितामा विजेता टिमले नगद रु १० लाख, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद रु ५ लाखका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। म्यान अफ द सिरिजले रु ३० हजार, बेस्ट बलर र बेस्ट ब्याटरले जनही रु १० हजार, म्यान अफ द म्याचले रु ५ हजारका साथमा ट्रफी प्राप्त गर्नेछन्। प्रतियोगिता सम्पन्न गर्न करिब १ करोड ३० लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ।

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष तथा एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले विगतमा विभिन्न खेलकुद गतिविधिहरू सञ्चालन गर्दै नेपाली खेलकुदको विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन्। उनको नेतृत्वमा नेपाली खेलकुदले निरन्तर प्रगति गरिरहेको छ, जसले खेलाडीहरूलाई नयाँ अवसरहरू प्रदान गरिरहेको छ।

कार्यक्रमको दौरान शुक्रबार राजधानीमा निधन भएका पत्रकार सुरेश रजकप्रति एक मिनेट मौन धारण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो। कार्यक्रममा एकेडेमीका उपाध्यक्ष राजेश गुरूङ, सचिव कृष्ण तिमिल्सिना लगायतले प्रतियोगिता सफल बनाउन सबैलाई आह्वान गरे।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल