Skip to main content

Elite News Nepal

बबिन बोहोराको निर्णायक गोलले झापा ११ लाई अन्तिम आठमा पुर्यायो

Advertisement

झापा – झापा ११ एफसीले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति भद्रपुर झापा गोल्डकपको क्वार्टर फाइनलमा स्थान बनाएको छ। बिहीबार भद्रपुरस्थित मेची रंगशालामा भएको दोस्रो दिनको खेलमा झापा ११ ले ए डिभिजन लिग उपविजेता मछिन्द्र फुटबल क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गर्यो।


झापाका बबिन बोहोराले खेलको २९औँ मिनेटमा एक मात्र निर्णायक गोल गरे। एरोन थापाको क्रस पासमा उनले वान टचमा उत्कृष्ट फिनिश गर्दै झापालाई अग्रता दिलाए। यो गोल नै जितको लागि पर्याप्त बन्यो।


खेल अवधिभर दुवै टोलीले एक दर्जनभन्दा बढी प्रहार गरे पनि गोल गर्न सकेनन्। मछिन्द्रले खेलको २०औँ मिनेटमै अग्रता लिने मौका गुमाएको थियो, जब सनिस श्रेष्ठको कर्नर प्रहारमा ओमोलाजा करिमको हेडर पोस्टमा लागेर फर्कियो। ३८औँ मिनेटमा सौरभ लिम्बूको प्रहार झापाका गोलकिपर सन्दीप लिम्बूले बचाए।


खेलभर उत्कृष्ट प्रदर्शन गरेका झापाका गोलकिपर सन्दीप लिम्बू खेलको म्यान अफ द म्याच घोषित भए। उनले नगद २१ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे।


क्वार्टर फाइनलमा झापा ११ ले चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ। शुक्रबारको पहिलो क्वार्टर फाइनल खेल आयोजक भद्रपुर ब्लेजर्स र नेपाल पुलिस क्लबबीच हुनेछ।

भद्रपुर झापा गोल्डकपको विजेताले नगद १३ लाख, आकर्षक ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेताले ७ लाख रुपैयाँ पुरस्कार पाउनेछ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख ५ हजार, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले जनही २५ हजार पाउनेछन्।

प्रतियोगितालाई थप रोमाञ्चक बनाउन विभिन्न पुरस्कारको व्यवस्था गरिएको छ। एकजना भाग्यशाली दर्शकले हिमस्टार टिभी जित्नेछन्, जबकि एयरपोर्ट होटलले एक दर्शकलाई दुईजनाको डिनर र सुनचाँदी व्यवसायी संघले दुईवटा चाँदीको सिक्का प्रदान गर्नेछ।

भद्रपुर झापा गोल्डकपमा रोमाञ्चक खेलहरू भइरहेका छन्, जसले नेपाली फुटबलप्रेमीहरूलाई उत्साहित बनाइरहेको छ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

श्रमिकका मुद्दालाई प्राथमिकता दिँदै कांग्रेस केन्द्रीय सदस्यमा सुनिल केसीको उम्मेदवारी

श्रमिकका मुद्दालाई प्राथमिकता दिँदै कांग्रेस केन्द्रीय सदस्यमा सुनिल केसीको उम्मेदवारी

काठमाडौँ । श्रमिकका सरोकारलाई पार्टीको नीति निर्माण तहमा उठाउने एजेन्डासहित युवा नेता सुनिल केसी नेपाली कांग्रेसको केन्द्रीय स...
International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल