Elite News Nepal

Breaking News 1

साफ यु १९ च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित

साफ यु १९ च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित

काठमाडौं । भारतको अरुणाचल प्रदेशस्थित गोल्डेन जुबिली रंगशालामा मंगलबार सम्पन्न साफ यु–१९ च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग ४–० को फराकिलो अन्तरले पराजित भएको छ। पहिलो हाफमै भारतले दुई गोल गर्दै खेलमा पकड बनाएको थियो। खेलको २८ औं मिनेटमा रोहेन सिंहले पहिलो गोल गरे भने त्यसको एक मिनेटमै ओमाङ डोडुमले दोस्रो गोल थप्दै भारतलाई २–० को अग्रता दिलाए। दोस्रो हाफमा पनि भारतको दबाब कायमै रह्यो। ७६ औं मिनेटमा रोहेनले व्यक्तिगत दोस्रो गोल गरे भने ८४ औं मिनेटमा ड्यानी मिटेले चौथो गोल थप्दै भारतको जित सुनिश्चित गरे। यस जितसँगै भारत समूह 'बी' को विजेता बनेको छ। उसले यसअघि श्रीलंकालाई ८–०…
Read More
नेपाललाई डजबल खेलमा कास्य

नेपाललाई डजबल खेलमा कास्य

काठमाडौं। भारतको कर्नाटकमा सम्पन्न त्रिकोणीय डजबल प्रतियोगितामा नेपाली टोलीले पहिलो अन्तर्राष्ट्रिय सहभागितामा शानदार प्रदर्शन गर्दै कास्य पदक प्राप्त गरेको छ।   अप्रिल २५ देखि २७ सम्म भारतको कर्नाटकमा आयोजना भएको उक्त प्रतियोगितामा नेपाल, भारत र मलेसियाका टोलीहरूबीच प्रतिस्पर्धा भएको थियो। नेपालले भारतविरुद्ध उत्कृष्ट खेल कौशल प्रस्तुत गर्दै ३–१ को हार व्यहोर्नु परे पनि एउटा सेट आफ्नो पक्षमा ल्याउन सफल भएको थियो। त्यसैगरी, मलेसियन राइनोस सँगको खेलमा पनि नेपाली टोलीले साहसिक र मनोबलपूर्ण प्रदर्शन गरे तापनि ५–० ले पराजित हुन पुगेका थिए। छोटो तयारी समय र पहिलो अन्तर्राष्ट्रिय अनुभव हुँदाहुँदै नेपाली खेलाडीहरूले देखाएको जुझारुपन, समर्पण र खेलकौशलले सम्पूर्ण प्रतियोगितामा सबैको ध्यान…
Read More
नेपाली डजबल टोली भारतका लागि प्रस्थान

नेपाली डजबल टोली भारतका लागि प्रस्थान

काठमाडौँ,– भारतको कर्नाटकमा हुने त्रि-राष्ट्रिय अन्तर्राष्ट्रिय डजबल च्याम्पियनशिप २०२५ मा सहभागी हुन प्रस्थान गर्न लागेका नेपाली राष्ट्रिय पुरुष डजबल टिमलाई बुढानीलकण्ठ नगरपालिकाले मंगलबार एक विशेष कार्यक्रमका बीच भव्य रूपमा विदाई गरेको छ। उक्त विदाई तथा शुभकामना कार्यक्रममा प्रमुख अतिथिको रूपमा‌ बुढानिलकण्ठ नगर प्रमुख मिठाराम अधिकारी सहभागी थिए भने विशेष अतिथिमा राष्ट्रिय खेलकुद परिषद् की बोर्ड सदस्य नन्दा बस्याल, नगर प्रवक्ता तथा वडा नं. १० का वडाध्यक्ष नवराज भट्टराई, वडा नं. ११ का वडाध्यक्ष राजु अधिकारी, वडा नं. १२ का वडाध्यक्ष शम्भु प्रसाद भट्टराई, वडा नं. ९ की वडाध्यक्ष सुमित्रा त्रीपाठी पाण्डे, वडा नं. ८ का वडाध्यक्ष तथा बु.न.पा खेलकुद संयोजक…
Read More
तेक्वान्दो टोली चीन प्रस्थान गर्ने

तेक्वान्दो टोली चीन प्रस्थान गर्ने

काठमाडौं – दुई फरक अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन ३ सदस्यीय नेपाली टोली सोमबार चीन प्रस्थान गर्ने भएको छ। टोलीमा दुई खेलाडीसहित एक प्रशिक्षक छन्। टोलीमा पुरुष ५८ केजी तौल वर्गमा सुमित विष्ट र ७४ केजी तौल वर्गमा आशिष भण्डारी प्रतिस्पर्धा गर्ने छन्। टोलीको प्रशिक्षकका रूपमा सयद हसन रेजा रहेका छन्। टोलीले पहिलो प्रतियोगिता वैशाख १० देखि ११ गतेसम्म चीनको ताइयानमा हुने सातौं डब्लुटी प्रेसिडेन्ट्स कप (एसियाली क्षेत्र) मा खेल्नेछ। दोस्रो प्रतियोगिता भने वैशाख १६ देखि १७ गतेसम्म बुक्सीमा आयोजना हुने १३ औं एसियाली क्लब तेक्वान्दो प्रतियोगिता हुनेछ। टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, कार्यकारी…
Read More
पदक विजेता बक्सिङ खेलाडीलाई नेपाल बक्सिङ महासंघको स्वागत

पदक विजेता बक्सिङ खेलाडीलाई नेपाल बक्सिङ महासंघको स्वागत

काठमाडौं, नेपाल – भुटानको राजधानी थिम्पु शहरमा सम्पन्न फोर नेसन्स कप बक्सिङ च्याम्पियनसिप को पदक विजेता नेपाली टोली स्वदेश फर्किएको छ। टोलीलाई स्वागत गर्न नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवाले, महासचिव मानबहादुर भण्डारी र अन्य पदाधिकारीहरूले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा गर्मी स्वागत गरेका थिए। महिला ५० केजी तौल समूहमा नेपालको आरती बम्जन ले भुटानका जामो जिग्दाल लाई ५–० अंकको फरकले पराजित गरी नेपाललाई पहिलो स्वर्ण पदक दिलाइन्। महिला ५२ केजी तौल समूहमा अस्मिता दुवाल ले भुटानकी डेमो नोर्नु लाई ५–० अंकले हराउँदै नेपाललाई दोस्रो स्वर्ण जिताइन्। यसैगरी, महिला ५४ केजी तौल समूहमा वर्षा श्रेष्ठ ले भुटानकी लामो तासी लाई ४–१ अंकको…
Read More
केपी ओली कपमा अत्तरिया र मालपोखरीको शानदार जीत

केपी ओली कपमा अत्तरिया र मालपोखरीको शानदार जीत

पोखरा, नेपाल – पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप राष्ट्रिय पुरुष टी२० क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार (११औं दिन) समूह ‘डी’ का दुई खेल सम्पन्न भए, जसमा अत्तरिया क्रिकेट एकेडेमी र मालपोखरी क्रिकेट क्लब विजयी बने। पोखरा रंगशालास्थित मैदानमा भएको पहिलो खेलमा अत्तरिया क्रिकेट एकेडेमीले होरिजोन क्रिकेट क्लबलाई ४ विकेटले पराजित गर्‍यो। पहिले ब्याटिङ गर्दै होरिजोनले १९.१ ओभरमा १० विकेट गुमाउँदै १४० रन बनायो। होरिजोनका लागि कमल विष्टले ३९ रन, विप्रस केसीले ३५ रन (नटआउट), र नरबहादुर सार्कीले २७ रन बनाए। अत्तरियाका लागि बसन्त खत्री र भोजराज भट्टले समान ३ विकेट लिए, जबकि सुशिल साउदले २ विकेट हात पारे। १४१…
Read More
कृष्णप्रसाद लम्सालको अध्यक्षतामा गण्डकीमा डजबल खेलको तदर्थ समिति गठन

कृष्णप्रसाद लम्सालको अध्यक्षतामा गण्डकीमा डजबल खेलको तदर्थ समिति गठन

पोखरा, गण्डकी — गण्डकी प्रदेशमा डजबल खेललाई संस्थागत रूपमा विकास गर्ने उद्देश्यले गण्डकी प्रदेश डजबल संघको तदर्थ समिति गठन गरिएको छ। नवगठित समितिको अध्यक्षमा कृष्णप्रसाद लम्साल चयन भएका छन्। तदर्थ समितिमा निर्मल पराजुली उपाध्यक्ष, अनुप बराल सचिव, शान्ता हमाल कोषाध्यक्षका रूपमा रहेका छन् भने प्रद्युम पराजुली, प्रकाश वान्ले, रेवती रमण पोख्रेल, विवेक राजीव पोख्रेल घर्ती र सुषमा आचार्य सदस्यका रूपमा चयन भएका छन्। गण्डकी प्रदेश खेलकुद परिषदले उक्त समितिलाई तीन महिनाभित्र आवश्यक आन्तरिक संरचना तयार पार्ने, नियमावली निर्माण गर्ने र आगामी कार्ययोजना तय गर्ने जिम्मेवारी दिएको छ। साथै, डजबल खेललाई जिल्लास्तरदेखि स्थानीय तहसम्म विस्तार गर्ने, महिला र पुरुष खेलाडी छनोट…
Read More
फुकुओकाको च्याम्पियनसिपमा रजत जित्ने दावा शेर्पा सम्मानित

फुकुओकाको च्याम्पियनसिपमा रजत जित्ने दावा शेर्पा सम्मानित

काठमाडौं— गैरआवासीय नेपाली सुवर्ण कार्कीले चौथो विश्व क्योकुसिन तेजुका कराते च्याम्पियनसिपमा ऐतिहासिक सफलता हासिल गर्ने दावा शेर्पालाई नगदसहित सम्मान गरेका छन्। गत फेब्रुअरी २४ मा जापानको फुकुओकामा सम्पन्न प्रतियोगितामा दावा शेर्पाले पुरुष एकल काता विधामा रजत पदक जितेका थिए। यही उपलब्धिको कदरस्वरुप कार्कीले शेर्पालाई एक कार्यक्रमका बीच व्यक्तिगत तर्फबाट ५० हजार रुपैयाँको नगद पुरस्कार प्रदान गरेका हुन्। सम्मान हस्तान्तरण समारोहमा बोल्दै कार्कीले भने, “विश्व च्याम्पियनसिपमा पदक जित्नु चानचुने कुरा होइन। यो ऐतिहासिक सफलता तपाईंको निरन्तर प्रयास र समर्पणको परिणाम हो। तपाईंकै प्रेरणाले अरु नेपाली खेलाडीहरूलाई पनि अन्तर्राष्ट्रिय स्तरमा चम्किन हौसला मिल्नेछ।” उक्त समारोहमा नेपाल क्योकुसिन कराते (इको) संघका अध्यक्ष दमन…
Read More
फोर नेसन्स कप बक्सिङमा नेपालले जित्यो ४ स्वर्ण

फोर नेसन्स कप बक्सिङमा नेपालले जित्यो ४ स्वर्ण

१ बैशाख २०८२— भुटानको थिम्पु शहरमा सम्पन्न फोर नेसन्स कप बक्सिङ च्याम्पियनशिप २०२५ मा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै चार स्वर्ण, तीन रजत र दुई कास्य पदक जित्न सफल भएको छ। ४ राष्ट्रको सहभागितामा भएको यस प्रतियोगितामा नेपाल दोस्रो स्थानमा रह्यो, जबकि भुटानले पहिलो स्थान हासिल गर्यो। नेपालका ७ खेलाडी फाइनलमा पुगेका थिए, जसमा चार खेलाडीले स्वर्ण पदक जिते। महिला ५० केजी तौल समूहमा आरती बम्जनले भुटानकी जामो जिग्दाललाई ५-० अंकको अन्तरले हराउँदै नेपालका लागि पहिलो स्वर्ण जितिन्। महिला ५२ केजीमा अस्मिता दुवालले भुटानकी डेमो नोर्नुलाई ५-० अंकले हराएर नेपाललाई दोस्रो स्वर्ण दिलाइन्। महिला ५४ केजी तौल समूहमा वर्षा श्रेष्ठले भुटानकी…
Read More
नेपालको उसु टोली सिक्किम प्रस्थान गर्दै

नेपालको उसु टोली सिक्किम प्रस्थान गर्दै

काठमाडौं— मार्सल आर्ट्स अर्गनाइजेसन नेपालबाट ८ सदस्यीय एक टोली भारतको सिक्किम स्थित ग्याङटोकमा हुने उसु प्रो नाइट्स फाइट प्रतियोगितामा सहभागी हुन आगामी बैशाख २ गते प्रस्थान गर्ने भएको छ। सिक्किम एमेच्योर उसु संघद्वारा आयोजना हुने यस प्रतियोगितामा नेपाल र सिक्किमका खेलाडीहरूले पाँच तौल समूहमा प्रतिस्पर्धा गर्नेछन्। नेपालबाट पाँच खेलाडीले प्रतिस्पर्धा गर्नेछन्, जसमा मिलन राई (५२ केजी), निश्चल तामाङ (५६ केजी), कमल आचार्य (६० केजी), मिलन तामाङ (६५ केजी) र विनोद श्रेष्ठ (७० केजी) तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन्। टोलिका अन्य सदस्यहरूमा प्रशिक्षक राजिव महर्जन, टिम व्यवस्थापक किरणसिंह साउद र निर्णायक शंकर भुजेल रहेका छन्। यस प्रतियोगितामा प्रत्येक स्पर्धामा पहिलो स्थान हासिल गर्ने…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल