Skip to main content

Elite News Nepal

पदक विजेता बक्सिङ खेलाडीलाई नेपाल बक्सिङ महासंघको स्वागत

Advertisement

काठमाडौं, नेपाल – भुटानको राजधानी थिम्पु शहरमा सम्पन्न फोर नेसन्स कप बक्सिङ च्याम्पियनसिप को पदक विजेता नेपाली टोली स्वदेश फर्किएको छ। टोलीलाई स्वागत गर्न नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवाले, महासचिव मानबहादुर भण्डारी र अन्य पदाधिकारीहरूले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा गर्मी स्वागत गरेका थिए।

महिला ५० केजी तौल समूहमा नेपालको आरती बम्जन ले भुटानका जामो जिग्दाल लाई ५–० अंकको फरकले पराजित गरी नेपाललाई पहिलो स्वर्ण पदक दिलाइन्। महिला ५२ केजी तौल समूहमा अस्मिता दुवाल ले भुटानकी डेमो नोर्नु लाई ५–० अंकले हराउँदै नेपाललाई दोस्रो स्वर्ण जिताइन्। यसैगरी, महिला ५४ केजी तौल समूहमा वर्षा श्रेष्ठ ले भुटानकी लामो तासी लाई ४–१ अंकको फरकले पराजित गर्दै नेपाललाई तेस्रो स्वर्ण दिलाउन सफल भइन्।

पुरुष तर्फ, ४८ केजी तौल समूहमा लाल प्रसाद उप्रेती ले भुटानका दोर्जे मिगर संग प्रतिस्पर्धा गर्दै ४–१ अंकको हार व्यहोरेर दोस्रो स्थानमा रहे। पुरुष ५१ केजी तौल समूहमा लक्ष्मण राई ले भारत (सिक्कीम) का कृष्ण कैलाश राई लाई ५–० अंकको फरकले पराजित गर्दै नेपालका लागि एक अन्य स्वर्ण जित्न सफल भए।

पुरुष ५४ केजी तौल समूहमा नेपालका चन्द्र बहादुर थापा ले वंगलादेशका महोमद उन्सोव संग प्रतिस्पर्धा गर्दै ३–२ को अंकको आधारमा प्रतिस्पर्धात्मक हार ब्यहोरेर रजत पदक जिते। चन्द्रले सेमिफाइनलमा भारतका खेलाडीलाई ५–० ले हराएर फाइनल प्रवेश गरेका थिए, तर अन्तिम राउण्डमा रेफ्रीको वार्निङका कारण जजहरूले ३–२ अंकको आधारमा उनलाई रजत पदकमा सिमित गरे।

प्रतियोगितामा प्रमुख प्रशिक्षक ओलम्पियन प्रविन तुलाधर, आईबा थ्री स्टार कोच दिपक महर्जन, सहयोगी प्रशिक्षक उमेश कटुवाल र सन्दिप श्रेष्ठ ले नेतृत्व प्रदान गरेका थिए। साथै, भुटान बक्सिङ संघको विशेष निमन्त्रणामा नेपालका पुष्करराज पन्त लाई प्रतियोगिताको टेक्निकल डेलिगेट हेड को रूपमा जिम्मेवारी दिइएको थियो। रेफ्रि/जजको भूमिकामा नेपालका आईबिए थ्री स्टार रेफ्री/जज धनकुमार मैनाली, टु स्टार रेफ्री/जज सन्तोष आलेमगर, वान स्टार रेफ्री/जजहरू अनुराधा लामा, जिवन कवां, र राजकुमार महर्जन ले निर्णायकको भूमिका निर्वाह गरेका थिए। नेपालबाट सहभागी भएका स्कोरिङ अप्रेटर असिम न्यौपाने ले स्कोरिङको जिम्मेवारी सम्हालेका थिए।

नेपाल बक्सिङ महासंघले नेपाली खेलाडीहरूको ऐतिहासिक प्रदर्शनमा गर्व गर्दै, भविष्यमा थप सफलताका लागि थप अवसर र समर्थनको अपेक्षा गरेको छ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल