Skip to main content

Elite News Nepal

फोर नेसन्स कप बक्सिङमा नेपालले जित्यो ४ स्वर्ण

Advertisement

— भुटानको थिम्पु शहरमा सम्पन्न फोर नेसन्स कप बक्सिङ च्याम्पियनशिप २०२५ मा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै चार स्वर्ण, तीन रजत र दुई कास्य पदक जित्न सफल भएको छ। ४ राष्ट्रको सहभागितामा भएको यस प्रतियोगितामा नेपाल दोस्रो स्थानमा रह्यो, जबकि भुटानले पहिलो स्थान हासिल गर्यो।

नेपालका ७ खेलाडी फाइनलमा पुगेका थिए, जसमा चार खेलाडीले स्वर्ण पदक जिते। महिला ५० केजी तौल समूहमा आरती बम्जनले भुटानकी जामो जिग्दाललाई ५-० अंकको अन्तरले हराउँदै नेपालका लागि पहिलो स्वर्ण जितिन्। महिला ५२ केजीमा अस्मिता दुवालले भुटानकी डेमो नोर्नुलाई ५-० अंकले हराएर नेपाललाई दोस्रो स्वर्ण दिलाइन्। महिला ५४ केजी तौल समूहमा वर्षा श्रेष्ठले भुटानकी लामो तासीलाई ४-१ अंकको अन्तरले पराजित गर्दै नेपालका लागि तेस्रो स्वर्ण जितिन्।

पुरुष ५१ केजी तौल समूहमा लक्ष्मण राईले भारतका कृष्ण कैलाश राईलाई ५-० अंकको अन्तरले हराउँदै स्वर्ण पदक जिते।

नेपालका अन्य खेलाडीहरूले पनि उत्कृष्ट प्रदर्शन गरे। पुरुष ४८ केजी तौल समूहमा लालप्रसाद उप्रेती भुटानका दोर्जे मगरसँग ४-१ अंकको अन्तरले पराजित भइ रजत पदक जिते। पुरुष ५४ केजी तौल समूहमा चन्द्रबहादुर थापाले बंगलादेशका महोमद उन्सोवसँग ३-२ अंकको अन्तरले पराजित भइ रजत पदक हात पारे। चन्द्रले सेमिफाइनलमा भारतका खेलाडीलाई ५-० ले हराएर फाइनलमा स्थान बनाएका थिए।

प्रतियोगितामा नेपालबाट मुख्य प्रशिक्षक ओलम्पियन प्रविन तुलाधर, आईबा थ्री स्टार कोच दीपक महर्जन, र सहयोगी प्रशिक्षक उमेश कटुवाल र सन्दिप श्रेष्ठ उपस्थित थिए। नेपालबाट टेक्निकल डेलिगेटको रूपमा पुष्करराज पन्तको नेतृत्वमा प्रतियोगिता सञ्चालन भएको थियो। रेफ्री र जजको भूमिकामा आईबा थ्री स्टार रेफ्री- जज धनकुमार मैनाली, टु स्टार रेफ्री- जज सन्तोष आले मगर, वान स्टार रेफ्री- जज अनुराधा लामा, जिवन कवां र राजकुमार महर्जनले निर्णायकको भूमिका निर्वाह गरे। नेपालबाट असिम न्यौपानेले स्कोरिङ अपरेटरको भूमिका निभाए।

यस सफलतासँगै नेपाल बक्सिङ महासंघले आगामी प्रतियोगिताहरूमा थप सफलता प्राप्त गर्नका लागि खेलाडीहरूको प्रोत्साहन र सशक्त प्रशिक्षणमा ध्यान दिनेछ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल