Skip to main content

Elite News Nepal

नेपाललाई डजबल खेलमा कास्य

Advertisement

काठमाडौं। भारतको कर्नाटकमा सम्पन्न त्रिकोणीय डजबल प्रतियोगितामा नेपाली टोलीले पहिलो अन्तर्राष्ट्रिय सहभागितामा शानदार प्रदर्शन गर्दै कास्य पदक प्राप्त गरेको छ।

 

अप्रिल २५ देखि २७ सम्म भारतको कर्नाटकमा आयोजना भएको उक्त प्रतियोगितामा नेपाल, भारत र मलेसियाका टोलीहरूबीच प्रतिस्पर्धा भएको थियो।


नेपालले भारतविरुद्ध उत्कृष्ट खेल कौशल प्रस्तुत गर्दै ३–१ को हार व्यहोर्नु परे पनि एउटा सेट आफ्नो पक्षमा ल्याउन सफल भएको थियो। त्यसैगरी, मलेसियन राइनोस सँगको खेलमा पनि नेपाली टोलीले साहसिक र मनोबलपूर्ण प्रदर्शन गरे तापनि ५–० ले पराजित हुन पुगेका थिए।

छोटो तयारी समय र पहिलो अन्तर्राष्ट्रिय अनुभव हुँदाहुँदै नेपाली खेलाडीहरूले देखाएको जुझारुपन, समर्पण र खेलकौशलले सम्पूर्ण प्रतियोगितामा सबैको ध्यान आकर्षित गरेको थियो। नेपाली टोलीले छोटो समयमा प्राप्त गरेको यस सफलताले नेपालमा डजबल खेलको भविष्य थप उज्यालो बनाउने विश्वास दिलाएको छ।

उक्त खेलमा विशेष अतिथि एशियन डजबल महासंघका महासचिव दासा सुब्रमन्यमले भने “मलेसिया र भारत मा यो खेल धेरै वर्ष देखि खेल्दै आइरहेको छ तर प्रथम पटक नेपाली टोलीले सहभागिता जनाएको र उत्कृष्ट प्रदर्शन गरेकोमा मा धेरै हर्षित भएको छु र नेपालमा यो खेलको उज्जवल भविष्यकाे सम्भावना मैले देखेको छु।

यस प्रतयोगितामा ३ राष्ट्रिय काे बीच डबल राउण्ड रबिनमा खेलाउँदा नेपाल अन्तिम चरणमा अतयन्त झिनो अंकबाट पराजित भई तृतीय स्थान प्राप्त भयो।

नेपाल डजबल महासंघले अन्तर्राष्ट्रिय अनुभव लिई निकट भविष्यमा मलेसियनमा हुनगइरहेको एशियन डजबल च्याम्पियनशिमा सशक्त रुपमा थप तयारीका लागि योजनाबद्ध कार्यक्रम तर्जुमा गरी उच्चस्तरीय तालिम मार्फत अझ सशक्त राष्ट्रिय टोली तयार गरिने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल