Skip to main content

Elite News Nepal

तेक्वान्दो टोली चीन प्रस्थान गर्ने

Advertisement

काठमाडौं – दुई फरक अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन ३ सदस्यीय नेपाली टोली सोमबार चीन प्रस्थान गर्ने भएको छ। टोलीमा दुई खेलाडीसहित एक प्रशिक्षक छन्।

टोलीमा पुरुष ५८ केजी तौल वर्गमा सुमित विष्ट र ७४ केजी तौल वर्गमा आशिष भण्डारी प्रतिस्पर्धा गर्ने छन्। टोलीको प्रशिक्षकका रूपमा सयद हसन रेजा रहेका छन्।

टोलीले पहिलो प्रतियोगिता वैशाख १० देखि ११ गतेसम्म चीनको ताइयानमा हुने सातौं डब्लुटी प्रेसिडेन्ट्स कप (एसियाली क्षेत्र) मा खेल्नेछ। दोस्रो प्रतियोगिता भने वैशाख १६ देखि १७ गतेसम्म बुक्सीमा आयोजना हुने १३ औं एसियाली क्लब तेक्वान्दो प्रतियोगिता हुनेछ।

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, कार्यकारी समितिका सदस्यद्वय कमलबहादुर भट्टराई र भानबहादुर चन्दले आइतबार विशेष समारोहबीच बिदाइ गरेका थिए।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल