Skip to main content

Elite News Nepal

कृष्णप्रसाद लम्सालको अध्यक्षतामा गण्डकीमा डजबल खेलको तदर्थ समिति गठन

Advertisement

पोखरा, गण्डकी — गण्डकी प्रदेशमा डजबल खेललाई संस्थागत रूपमा विकास गर्ने उद्देश्यले गण्डकी प्रदेश डजबल संघको तदर्थ समिति गठन गरिएको छ। नवगठित समितिको अध्यक्षमा कृष्णप्रसाद लम्साल चयन भएका छन्।

Advertisement

तदर्थ समितिमा निर्मल पराजुली उपाध्यक्ष, अनुप बराल सचिव, शान्ता हमाल कोषाध्यक्षका रूपमा रहेका छन् भने प्रद्युम पराजुली, प्रकाश वान्ले, रेवती रमण पोख्रेल, विवेक राजीव पोख्रेल घर्ती र सुषमा आचार्य सदस्यका रूपमा चयन भएका छन्।

गण्डकी प्रदेश खेलकुद परिषदले उक्त समितिलाई तीन महिनाभित्र आवश्यक आन्तरिक संरचना तयार पार्ने, नियमावली निर्माण गर्ने र आगामी कार्ययोजना तय गर्ने जिम्मेवारी दिएको छ। साथै, डजबल खेललाई जिल्लास्तरदेखि स्थानीय तहसम्म विस्तार गर्ने, महिला र पुरुष खेलाडी छनोट गरी प्रतियोगिता सञ्चालन गर्ने र वित्तीय व्यवस्थापनको खाका तयार गर्ने निर्देशनसमेत प्रदान गरिएको छ।

Advertisement

यो समितिको गठनसँगै गण्डकी प्रदेशमा डजबल खेललाई व्यवस्थित, सशक्त र प्रतिस्पर्धात्मक रूपमा अघि बढाउने अपेक्षा गरिएको छ। खेलको विकास, जनस्तरसम्म पहुँच र खेलाडी उत्पादनमा यो समिति महत्वपूर्ण कदम सावित हुने विश्वास लिइएको छ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल