Skip to main content

Elite News Nepal

नेपाली डजबल टोली भारतका लागि प्रस्थान

Advertisement

काठमाडौँ,– भारतको कर्नाटकमा हुने त्रि-राष्ट्रिय अन्तर्राष्ट्रिय डजबल च्याम्पियनशिप २०२५ मा सहभागी हुन प्रस्थान गर्न लागेका नेपाली राष्ट्रिय पुरुष डजबल टिमलाई बुढानीलकण्ठ नगरपालिकाले मंगलबार एक विशेष कार्यक्रमका बीच भव्य रूपमा विदाई गरेको छ।

उक्त विदाई तथा शुभकामना कार्यक्रममा प्रमुख अतिथिको रूपमा‌ बुढानिलकण्ठ नगर प्रमुख मिठाराम अधिकारी सहभागी थिए भने विशेष अतिथिमा राष्ट्रिय खेलकुद परिषद् की बोर्ड सदस्य नन्दा बस्याल, नगर प्रवक्ता तथा वडा नं. १० का वडाध्यक्ष नवराज भट्टराई, वडा नं. ११ का वडाध्यक्ष राजु अधिकारी, वडा नं. १२ का वडाध्यक्ष शम्भु प्रसाद भट्टराई, वडा नं. ९ की वडाध्यक्ष सुमित्रा त्रीपाठी पाण्डे, वडा नं. ८ का वडाध्यक्ष तथा बु.न.पा खेलकुद संयोजक सुमन लामा, नेपाल खेलकुद महासंघका सदस्य दीपक तामाङ, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौल, जनता सेवा समाज नेपालका संस्थापक अध्यक्ष एवं समाजसेवी श्याम कुमार बुढाथोकी लगायत खेलाडीहरूको अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

नेपाली टोलीमा कप्तान प्रकाश सिंह ऐर, उपकप्तान एरिज प्रजापति, सन्तोषनाथ योगी, ओम प्रकाश शाह, रमन रसाइली, मनरञ्जन ठाकुर, परिश श्रेष्ठ, रोजेन श्रेष्ठ, श्याम बहादुर श्रेष्ठ, राम चन्द्र गौतम र कुशल बिष्ट रहेका छन्। अफिसियलहरूमा अन्तरिक्ष अधिकारी, अरुण तिमल्सिना, कौशल ज्ञवाली र केशब राज गौतम छन्।

आगामी अप्रिल २४ र २५ मा डजबल रेफ्री तथा कोच सेमिनार आयोजना गरिनेछ भने अप्रिल २६ र २७ मा त्रि-राष्ट्रिय च्याम्पियनशिप सम्पन्न हुनेछ, जसमा नेपाल, भारत र मलेशियाले सहभागिता जनाउने छन्।

उक्त प्रतियोगिताका लागि बुढानीलकण्ठ नगरपालिका, एम्पायर ट्राभल्स एण्ड टुर, इलाइट न्यूज, सीगल इन्टरनेशनल, इलाइट फुटसल, रेन्ज एसिकेशनाल नेटवर्क, YAU E.N.T, DRL प्रिन्टिङ हब, सिन्धु स्पोर्ट्स र डिजिटल ल्याबले महत्वपूर्ण प्रायोजन तथा सहयोग गरेका छन्।

कार्यक्रममा खेलाडीका अभिभावकहरूको उपस्थिति टोलीको मनोबल उच्च बनाउन महत्वपूर्ण रह्यो।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल