Skip to main content

Elite News Nepal

समाचार

अध्यक्ष नेपाल: एमाले केपी ओलीको निजी आदेशमा चल्ने पार्टी बन्यो

अध्यक्ष नेपाल: एमाले केपी ओलीको निजी आदेशमा चल्ने पार्टी बन्यो

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको नेतृत्वमा केपी ओलीको निजी आदेश मात्र चल्ने टिप्पणी गरेका छन्। शनिबार काठमाडौंमा बागमती प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, "नेकपा एमाले अब केपी ओलीको व्यक्तिगत पार्टी बनेको छ। त्यसमा केवल उहाँका आदेश मात्र लागू हुन्छ, पार्टीको कम्युनिस्ट चरित्र गुमेको छ।" नेपालले ओलीको निर्णय र निर्देशनलाई मात्र मान्यता दिइने भन्दै उक्त पार्टीको लोकतान्त्रिक प्रक्रियामा कुनै विकल्प नदेखिएको व्यक्त गरे। उनले थपे, "केपी ओलीका विचार र निर्देशन पालना गर्ने मात्र कर्तव्य हो। अरु कुनै विकल्प छैन।" अध्यक्ष नेपालले पार्टीको प्रगति र विकासका लागि गाउँ-गाउँमा जनताको समस्याहरूको समाधान…
Read More
कोशी प्रदेशसभा सचिव पदको जिम्मेवारी गौतमराज अमात्यलाई

कोशी प्रदेशसभा सचिव पदको जिम्मेवारी गौतमराज अमात्यलाई

इटहरी। कोशी प्रदेश सभाका प्रवक्ता गौतमराज अमात्यलाई कोशी प्रदेशसभाको कायममुकायम (कामु) सचिवको जिम्मेवारी दिइएको छ। प्रदेशसभा सचिव गोपालप्रसाद पराजुली भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि, सभामुख अम्बरबहादुर विष्टले अमात्यलाई उपसचिवबाट कामु सचिवको जिम्मेवारी दिएका हुन्। बिहीबारको प्रदेशसभा बैठकमा अमात्यले सचिवको जिम्मेवारी निर्वाह गरेका छन्। पराजुलीले पशुपतिको जग्गामा बालुवाखानी सञ्चालन गर्दा अनियमितता गरेको मुद्दामा दोषी ठहरिएपछि उनको पद खोसिएको हो। निजामति सेवाबाट अवकास लिएका अमात्य २०७६ साल वैशाख १२ गते कोशी प्रदेशसभाको सचिव नियुक्त भएका थिए। त्यसपछि २०८१ वैशाख ९ गतेदेखि दोस्रो कार्यकालका लागि पराजुली सचिव नियुक्त भएका थिए। यसैबीच, कोशी प्रदेशसभाको बिहीवारको बैठकमा कोशी प्रदेश खानेपानी र सरसफाइ सम्बन्धी व्यवस्थापन विधेयकको…
Read More
बुढासुब्बा गोल्डकपको रोमाञ्चक फाइनलमा एनआरटी र चर्च ब्वाइज

बुढासुब्बा गोल्डकपको रोमाञ्चक फाइनलमा एनआरटी र चर्च ब्वाइज

धरान – २५ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार न्युरोड टिम (एनआरटी) र चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौंबीच रोमाञ्चक प्रतिस्पर्धा हुने भएको छ। एनआरटीले तेस्रो पटक उपाधि जित्ने अवसर पाएको छ भने चर्च ब्वाइज पहिलो पटक बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। एनआरटीले काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) झापा र पाहुना टोली युकेएफसी भारतलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो। उता चर्च ब्वाइजले नेपाल पुलिस क्लब र पाहुना टोली भुटानलाई हराउँदै उपाधि नजिक पुगेको छ। यस सिजनमा यी दुई क्लबले विभिन्न चार प्रतियोगितामा प्रतिस्पर्धा गरेका छन्, जसमध्ये तीनवटा प्रतियोगिताको फाइनलमा सँगै भिडेका थिए। एनआरटीका टिम…
Read More
४६ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा

४६ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा

काठमाडौं। माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। जस अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ४६.३ प्रतिशतले बढेको छ। दोस्रो त्रैमासको अवधिमा कम्पनीले ५१ करोड २० लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ३५ करोड ६३ हजार रुपैयाँ थियो। यस अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ७९ करोड ८१ लाख ६ हजार रुपैयाँ आम्दानी गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा ८.५४ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ७३ करोड ५२ लाख ९२ हजार रुपैयाँ…
Read More
ज्ञान संस्कारले स्केटिङ खेलमा नयाँ दिशा प्रदान गर्दै प्रतियोगिता आयोजना गर्ने

ज्ञान संस्कारले स्केटिङ खेलमा नयाँ दिशा प्रदान गर्दै प्रतियोगिता आयोजना गर्ने

काठमाडौं, ५ फेब्रुअरी – ज्ञान संस्कार इन्टरनेशनल स्कूलले आगामी माघ २६ गते द्वितीय ज्ञान संस्कार अन्तर विद्यालयस्तरीय राष्ट्रिय स्केटिङ प्रतियोगिता आयोजना गर्ने भएको छ। यस प्रतियोगिता नेपाल सरकार अन्तर्गत राष्ट्रिय खेलकुद परिषद्को आधिकारिक स्केटिङ खेल सञ्चालन गर्ने संस्था, राष्ट्रिय स्केटिङ तथा स्केटबोर्डिङ संघसँगको समन्वयमा हुनेछ। प्रतियोगितामा देशभरका विभिन्न विद्यालयका २०० भन्दा बढी विद्यार्थीहरूको सहभागिता हुने अपेक्षा गरिएको छ। यस अवसरमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ, भने दोस्रो र तृतीय स्थान प्राप्त गर्ने खेलाडीहरूलाई मेडल र प्रमाणपत्रले सम्मानित गरिने व्यवस्था गरिएको छ। सहभागी सम्पूर्ण विद्यार्थीलाई सहभागिताको प्रमाणपत्र उपलब्ध गराइने छ। विद्यालयकी प्रधानाध्यापक निलम बानिया बडूले…
Read More
पुजा महतोको उत्कृष्ट ब्याटिङ, नेपाल द्वारा नेदरल्यान्ड्सलाई कडा चुनौती

पुजा महतोको उत्कृष्ट ब्याटिङ, नेपाल द्वारा नेदरल्यान्ड्सलाई कडा चुनौती

काठमाडौं। टियु क्रिकेट मैदानमा भएको सिरिजको सातौं खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्‍यो। पहिलो ओभरमै सम्झना खड्का ६ रनमा आउट भइन् भने ममता चौधरी पनि २.४ ओभरमा मात्र १ रन बनाएर पभेलियन फर्किइन्। दुवै विकेट नेदरल्यान्ड्सकी आइरिस ज्विलिङले लिइन्। तर नेपालका लागि पुजा महतो र कप्तान इन्दु बर्माले इनिङ्स सम्हाल्दै उत्कृष्ट साझेदारी गरे। १० ओभरसम्म नेपाल ६६ रन दुई विकेटको अवस्थामा पुगेको थियो, जहाँ पुजा महतो २८ रन र इन्दु बर्मा ३० रनमा ब्याटिङ गरिरहेकी थिइन्। कप्तान इन्दु बर्माले ३९ रन बनाउँदै महत्वपूर्ण इनिङ्स खेलिन् जसमा उनले पाँच चौका प्रहार गरिन्। उनी १२.६ ओभरमा आउट भइन्। पुजा…
Read More
नेशनल हाईस्कुल च्याम्पियनसिप बुधबारदेखि सुरु

नेशनल हाईस्कुल च्याम्पियनसिप बुधबारदेखि सुरु

काठमाडौं । ई–प्लानेटको मुख्य प्रायोजनमा देशव्यापी रूपमा आयोजना हुँदै आएको नेशनल हाईस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल माघ २३ गते बुधबारदेखि माघ २६ गते शनिबारसम्म लोअर मुलपानी क्रिकेट ग्राउन्डमा सञ्चालन हुने भएको छ। आयोजक संस्थाले मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी गराएको थियो। फाइनलमा देशभरका सात क्षेत्रीय विजेता तथा काठमाडौं छनोटको उपविजेता टिम गरी आठ टिमले प्रतिस्पर्धा गर्नेछन्। प्रतिस्पर्धी टिमहरूमा अर्किड कलेज, आस्था कलेज, मोनास्टिक कलेज, प्यारामाउन्ट कलेज, कास्की मोडर्नाइज्ड, वेस्टर्न क्रिस्टल एकेडेमी, शिक्षान्तर कलेज, र हिमालय एकेडेमी छन्। आयोजकका अनुसार विभिन्न कठिनाइका कारण सुर्खेत छनोट आयोजना हुन सकेन। हाइप येति इभेन्ट्सद्वारा आयोजित प्रतियोगितामा टुर्नामेन्ट डाइरेक्टर रवीन्द्र गुप्ता र…
Read More
नेपाल चेम्बर अफ कमर्सले खेलकुद र प्रदर्शनका लागि विभिन्न संस्थासँग सहकार्य सम्झौतामा हस्ताक्षर

नेपाल चेम्बर अफ कमर्सले खेलकुद र प्रदर्शनका लागि विभिन्न संस्थासँग सहकार्य सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले खेलकुदको क्षेत्र र सम्बन्धित सामाग्रीहरूको प्रर्दशनीको आयोजनाका लागि विभिन्न प्रतिष्ठित संस्थासँग सहकार्यको सम्झौता गरेको छ। चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिले नेपाल खेलकुद पत्रकार मञ्च, माईस इन्टरनेशनल सर्भिस प्रालि, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्फ्रास्ट्रक्चर र नेपाल स्पोर्ट्स एशोसिएसनसँग सहकार्यको सम्झौतामा हस्ताक्षर गरेको हो। सम्झौताअनुसार, आगामी नेपाल स्पोर्ट्स कन्क्लेभ २०२५, दोस्रो नेपाल स्पोर्ट्स एण्ड फिटनेस एक्सपो २०२५ र पाँचौं स्पोर्ट्स च्याम्पियनशिप एण्ड एक्सपो जस्ता महत्त्वपूर्ण खेलकुद आयोजनामा सहकार्य गरिनेछ। यी आयोजनाहरूको उद्देश्य नेपालमा खेलकुदको विकास र अवसर सिर्जना गर्नु रहेको छ। सम्झौतामा नेपाल चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिका सभापति रुपक राजवंशी, नेपाल…
Read More
नेपालको संघर्ष असफल, थाइल्याण्डसँग ५ रनको हार

नेपालको संघर्ष असफल, थाइल्याण्डसँग ५ रनको हार

काठमाडौं। थाइल्याण्डले नेपाललाई ५ रनले हराउँदै चौथो लगातार जित हात पारेको छ। त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको यस रोमाञ्चक खेलमा नेपालले राम्रो खेल प्रस्तुत गरे पनि अन्तत हार ब्यहोर्नुपर्‍यो। थाइल्याण्डले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गर्‍यो र २० ओभरमा १०६/६ रन बनायो। थाइल्याण्डले राम्रो सुरुवात गरेन र मनीषा उपाध्यायले टप अर्डरलाई चकित पार्दै सातौं ओभरमा कप्तान नरुमोल चाइवाई र नत्थाकन चान्तमलाई ० रनमा आउट गरिन। यद्यपि थाइल्याण्डको निचला अर्डरले आत्मविश्वासका साथ खेललाई अगाडि बढायो। चानिदा सुत्थिरुआंगले २७ रन, थिपछा पुच्छावोङले २५ रन र नान्नापत कोन्चारोएनकाईले १९ रन योगदान दिए। मनीषा उपाध्यायले उत्कृष्ट प्रदर्शन गर्दै १२.५ ओभरमा ह्याट्रिक पूरा गरिन्…
Read More
पूजा महतो आईसीसी ‘टिम अफ द टुर्नामेन्ट’ मा समावेश

पूजा महतो आईसीसी ‘टिम अफ द टुर्नामेन्ट’ मा समावेश

नेपालकी यु-१९ महिला क्रिकेट टोलीकी कप्तान पूजा महतो आईसीसी यु-१९ महिला विश्वकप २०२५ को ‘टिम अफ द टुर्नामेन्ट’मा समावेश भएकी छिन्। यससँगै उनी एसोसिएट राष्ट्रबाट चयन हुने एक मात्र खेलाडी बनी इतिहास रचिन्। आईसीसी यु-१९ महिला विश्वकप २०२५ को समापन पछि, अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले ‘टिम अफ द टुर्नामेन्ट’मा चयन भएका १२ खेलाडीको नाम सार्वजनिक गरेको हो। यसमा नेपालबाट पूजा महतो पनि समावेश भएकी छन्। नेपालले पहिलो पटक यु-१९ महिला विश्वकप खेल्ने अवसर पाएको थियो, र यद्यपि नेपाल समूह चरणबाट बाहिरिएको थियो, पूजा महतोको व्यक्तिगत प्रदर्शन धेरै उत्कृष्ट रह्यो। उनले १४.३ ओभर बलिङ गर्दै ६३ रन खर्चेर ९ विकेट…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल