Skip to main content

Elite News Nepal

ज्ञान संस्कारले स्केटिङ खेलमा नयाँ दिशा प्रदान गर्दै प्रतियोगिता आयोजना गर्ने

Advertisement

काठमाडौं, ५ फेब्रुअरी – ज्ञान संस्कार इन्टरनेशनल स्कूलले आगामी माघ २६ गते द्वितीय ज्ञान संस्कार अन्तर विद्यालयस्तरीय राष्ट्रिय स्केटिङ प्रतियोगिता आयोजना गर्ने भएको छ। यस प्रतियोगिता नेपाल सरकार अन्तर्गत राष्ट्रिय खेलकुद परिषद्को आधिकारिक स्केटिङ खेल सञ्चालन गर्ने संस्था, राष्ट्रिय स्केटिङ तथा स्केटबोर्डिङ संघसँगको समन्वयमा हुनेछ।

प्रतियोगितामा देशभरका विभिन्न विद्यालयका २०० भन्दा बढी विद्यार्थीहरूको सहभागिता हुने अपेक्षा गरिएको छ। यस अवसरमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ, भने दोस्रो र तृतीय स्थान प्राप्त गर्ने खेलाडीहरूलाई मेडल र प्रमाणपत्रले सम्मानित गरिने व्यवस्था गरिएको छ। सहभागी सम्पूर्ण विद्यार्थीलाई सहभागिताको प्रमाणपत्र उपलब्ध गराइने छ।

विद्यालयकी प्रधानाध्यापक निलम बानिया बडूले प्रतियोगिता विद्यालयस्तरमा स्केटिङ खेलको प्रोत्साहन मात्र नभई नेपाली स्केटिङलाई युवाहरूमाझ लोकप्रिय बनाउन मद्दत गर्ने बताएका छन्। उनले भने, “हाम्रो दीर्घकालीन लक्ष्य नेपाललाई विश्वस्तरमा स्केटिङमा प्रमुख स्थानमा पुर्याउने हो। यस प्रतियोगिताले त्यस दिशामा महत्वपूर्ण योगदान पुर्याउनेछ। उत्कृष्ट खेल प्रदर्शन गर्ने विद्यार्थीहरूलाई भविष्यमा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिनको लागि अवसर दिनेछौं।”

यस कार्यक्रमको उद्घाटन माघ २६ गते बिहान ९ बजे राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङद्वारा गरिनेछ। सम्पूर्ण व्यवस्थापन र आयोजनाको जिम्मेवारी विद्यालयले लिएको छ, र सबै अतिथिहरू र सहभागीहरूले कार्यक्रमलाई सफल र भव्य बनाउन योगदान पुर्याउने अपेक्षा गरिएको छ।

यस प्रकारका राष्ट्रिय स्तरका प्रतियोगिताले विद्यार्थीहरूको खेलकुदप्रति लगाव बढाउने र नेपाललाई भविष्यमा अन्तर्राष्ट्रिय स्तरका प्रतिस्पर्धामा योग्य खेलाडीहरू उत्पादन गर्न मद्दत पुर्याउने विश्वास व्यक्त गरिएको छ।

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल