Skip to main content

Elite News Nepal

Year: 2025

Malaysia Wins ICC Praise for Hosting U19 Women’s T20 World Cup 2025

Malaysia Wins ICC Praise for Hosting U19 Women’s T20 World Cup 2025

The International Cricket Council (ICC) has extended its gratitude to the Malaysia Cricket Association for successfully hosting the second edition of the ICC U19 Women's T20 World Cup. The prestigious tournament, which showcases the future stars of women's cricket, took place from 18 January to 2 February 2025 across multiple venues in Malaysia. India emerged victorious, claiming their second U19 Women's T20 World Cup title after 41 thrilling matches that featured competitive performances from the 16 participating teams. The host locations of Bangi, Johor, Sarawak, and Selangor played a pivotal role in delivering a world-class event, marking Malaysia's successful return…
Read More
आठसय मिटर दौडमा त्रिभुवन विश्वविद्यालय प्रथम

आठसय मिटर दौडमा त्रिभुवन विश्वविद्यालय प्रथम

काठमाडौं। विश्वविद्यालय खेलकुद प्रतियोगिताको दोस्रो दिन सम्पन्न पुरुष तथा महिला ८०० मिटर दौडमा त्रिभुवन विश्वविद्यालयका धावकहरूले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेका छन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप)का प्रचार प्रसार शाखाका खुशराज दाहालका अनुसार पुरुषतर्फ विकास घिमिरे र महिलातर्फ राज्यलक्ष्मी रावलले पहिलो स्थान प्राप्त गरेका छन्। विकासले २ः१०ः११ मिनेटमा निर्धारित दुरी पूरा गरे भने राज्यलक्ष्मीले २ः३५ः३४ मिनेटमा दौड सम्पन्न गरिन्। पुरुषतर्फ दोस्रो स्थान मध्यपश्चिमाञ्चल विश्वविद्यालयका भरत रानाले (२ः१३ः९१ मिनेट) हासिल गरे भने महिलातर्फ हिमाली शाही (२ः५८ः६५ मिनेट) दोस्रो भइन्। तेस्रो स्थान सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका निपूर्ण चन्द (पुरुष) र गण्डकी विश्वविद्यालयकी कृति गिरी (महिला) ले प्राप्त गरे। महिला लङजम्पतर्फ त्रिभुवन विश्वविद्यालयकी सञ्चिता…
Read More
चर्च ब्वाइजको गोल वर्षा, आरटिसीलाई ७–० ले हराउँदै फाइनलमा

चर्च ब्वाइजको गोल वर्षा, आरटिसीलाई ७–० ले हराउँदै फाइनलमा

काठमाडौं। नेपाली क्लब फुटबलमा उत्कृष्ट प्रदर्शन गर्दै आएको चर्च ब्वाइज युनाइटेडले २५औं बुढासुब्बा गोल्ड कपको फाइनलमा स्थान बनाएको छ। बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा चर्च ब्वाइजले भुटानको आरटिसीलाई ७–० को फराकिलो अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो। झापाको बिर्तामोडस्थित डोमालाल रंगशालामा भएको खेलमा चर्च ब्वाइजका दुई खेलाडी समिर तामाङ र अर्माण्ड बेडुमले ह्याट्रिक गर्दै टोलीलाई ऐतिहासिक जित दिलाए। समिरले खेलको २१औं, २६औं र ८५औं मिनेटमा गोल गरेका थिए भने अर्माण्डले २७औं, ५०औं र ५२औं मिनेटमा गोल गर्दै चर्च ब्वाइजलाई फाइनलमा पुर्‍याए।   खेल सुरु भएदेखि नै आक्रामक देखिएको चर्च ब्वाइजले पहिलो हाफमै चार गोल गर्दै भुटानी क्लबलाई दबाबमा राखेको थियो।…
Read More
त्रिभुवन विश्वविद्यालयलाई टेबलटेनिसमा दुई स्वर्ण

त्रिभुवन विश्वविद्यालयलाई टेबलटेनिसमा दुई स्वर्ण

पोखरा । पोखरामा जारी दोस्रो विश्वविद्यालय खेलकुद प्रतियोगितामा टेबलटेनिसतर्फ त्रिभुवन विश्वविद्यालयले उत्कृष्ट प्रदर्शन गर्दै दुई स्वर्ण पदक जितेको छ । महिला तथा पुरुष डबल्स दुवै विधामा त्रिभुवन विश्वविद्यालयका खेलाडीहरूले स्वर्ण जित्न सफल भएका छन् । महिला डबल्समा सिक्का सुवाल र दिया देउलाको जोडीले काठमाडौँ विश्वविद्यालयका सुजाता पौडेल र स्वस्थी प्रधानलाई पराजित गर्दै स्वर्ण जितेका हुन् । पुरुष डबल्सतर्फ सिर्दाथ तामाङ र राजोज मान थकुको टिमले गण्डकी विश्वविद्यालयका गनन्जय दाहाल र अनुष कुँवरको जोडीलाई हराउँदै स्वर्ण पदक जितेको हो । त्यस्तै, महिलातर्फ पोखरा विश्वविद्यालय र गण्डकी विश्वविद्यालयले तृतीय स्थान हासिल गरेका छन् भने पुरुषतर्फ काठमाडौँ विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयले तेस्रो स्थान…
Read More
लायन्स गभर्नर्स कप फुटसलमा डिष्ट्रिक डि को विजय

लायन्स गभर्नर्स कप फुटसलमा डिष्ट्रिक डि को विजय

  काठमाडौं, ५ फेब्रुअरी - लायन्स गभर्नर्स कप फुटसल प्रतियोगितामा ३२ टिमहरूको प्रतिस्पर्धा रहेको थियो। कुपन स्पोर्ट्स सेन्टरमा मंगलबार सम्पन्न फाइनल खेलमा डिष्ट्रिक डि ले डिष्ट्रिक इ लाई १-० गोलले पराजित गर्दै उपाधी जित्न सफल भएको हो। विजेता टिमले नगद ५० हजार प्राप्त गरेको छ, भने दोस्रो हुने टिमले २५ हजारको पुरस्कार पाएको छ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको सम्मान आशिष कपालीलाई दिइएको छ। लायन्स क्लब इन्टरनेशनल, मल्टिपल डिस्ट्रिक्ट ३२५, डिस्ट्रिक्ट ३२५ जीको आयोजनामा गत फेब्रुअरी १ देखि ४ तारिखसम्म कुपन फुटसल सेन्टरमा आयोजित उक्त फुटसल प्रतियोगिता "बाल क्यान्सर विरुद्ध हाम्रो गोल" भन्ने नारासहित सुरु भएको थियो। ३२ क्लबहरूले प्रतियोगितामा सहभागिता जनाएका…
Read More
एथलेटिक्सको १०० मिटर दौडमा मुकेश र विनाको स्वर्ण

एथलेटिक्सको १०० मिटर दौडमा मुकेश र विनाको स्वर्ण

  काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभूवन विश्वविद्यालय (टीयू) की विना थारुले दोस्रो विश्वविद्यालय खेलकुद महोत्सवको एथलेटिक्स १०० मिटर दौडमा स्वर्ण जितेका छन्। मुकेश पुरुष र विना महिलामा पहिलो भए। पोखरा रंगशालामा भएको प्रतिस्पर्धामा मुकेशले १०० मिटर दूरी ११.२२ सेकेन्डमा पूरा गर्दै स्वर्ण जिते। काठमाडौं विश्वविद्यालयका विकासकुमार शाहले ११.६५ सेकेन्डमा दोश्रो स्थान हासिल गरे भने टीयूका प्रकाश जोशी ११.८४ सेकेन्डमा तेश्रो भए। विनाले महिलामा १०० मिटर दौड १४.४० सेकेन्डमा पूरा गर्दै पहिलो स्थान ओगटिन्। टीयूकी आकृति चौधरी १४.९० सेकेन्डमा दोश्रो र पूर्वाञ्चल विश्वविद्यालयकी प्रमिला खड्का १५.०० सेकेन्डमा तेश्रो स्थानमा रहे। अर्को स्वर्ण मुकेशले पुरुष लङजम्पमा जिते। उनले ६.७०…
Read More
ज्ञान संस्कारले स्केटिङ खेलमा नयाँ दिशा प्रदान गर्दै प्रतियोगिता आयोजना गर्ने

ज्ञान संस्कारले स्केटिङ खेलमा नयाँ दिशा प्रदान गर्दै प्रतियोगिता आयोजना गर्ने

काठमाडौं, ५ फेब्रुअरी – ज्ञान संस्कार इन्टरनेशनल स्कूलले आगामी माघ २६ गते द्वितीय ज्ञान संस्कार अन्तर विद्यालयस्तरीय राष्ट्रिय स्केटिङ प्रतियोगिता आयोजना गर्ने भएको छ। यस प्रतियोगिता नेपाल सरकार अन्तर्गत राष्ट्रिय खेलकुद परिषद्को आधिकारिक स्केटिङ खेल सञ्चालन गर्ने संस्था, राष्ट्रिय स्केटिङ तथा स्केटबोर्डिङ संघसँगको समन्वयमा हुनेछ। प्रतियोगितामा देशभरका विभिन्न विद्यालयका २०० भन्दा बढी विद्यार्थीहरूको सहभागिता हुने अपेक्षा गरिएको छ। यस अवसरमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ, भने दोस्रो र तृतीय स्थान प्राप्त गर्ने खेलाडीहरूलाई मेडल र प्रमाणपत्रले सम्मानित गरिने व्यवस्था गरिएको छ। सहभागी सम्पूर्ण विद्यार्थीलाई सहभागिताको प्रमाणपत्र उपलब्ध गराइने छ। विद्यालयकी प्रधानाध्यापक निलम बानिया बडूले…
Read More
पुजा महतोको उत्कृष्ट ब्याटिङ, नेपाल द्वारा नेदरल्यान्ड्सलाई कडा चुनौती

पुजा महतोको उत्कृष्ट ब्याटिङ, नेपाल द्वारा नेदरल्यान्ड्सलाई कडा चुनौती

काठमाडौं। टियु क्रिकेट मैदानमा भएको सिरिजको सातौं खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्‍यो। पहिलो ओभरमै सम्झना खड्का ६ रनमा आउट भइन् भने ममता चौधरी पनि २.४ ओभरमा मात्र १ रन बनाएर पभेलियन फर्किइन्। दुवै विकेट नेदरल्यान्ड्सकी आइरिस ज्विलिङले लिइन्। तर नेपालका लागि पुजा महतो र कप्तान इन्दु बर्माले इनिङ्स सम्हाल्दै उत्कृष्ट साझेदारी गरे। १० ओभरसम्म नेपाल ६६ रन दुई विकेटको अवस्थामा पुगेको थियो, जहाँ पुजा महतो २८ रन र इन्दु बर्मा ३० रनमा ब्याटिङ गरिरहेकी थिइन्। कप्तान इन्दु बर्माले ३९ रन बनाउँदै महत्वपूर्ण इनिङ्स खेलिन् जसमा उनले पाँच चौका प्रहार गरिन्। उनी १२.६ ओभरमा आउट भइन्। पुजा…
Read More
जनकपुर साहित्य उत्सवको छैठौँ संस्करण माघ २४ गतेदेखि सुरु

जनकपुर साहित्य उत्सवको छैठौँ संस्करण माघ २४ गतेदेखि सुरु

जनकपुरधाम । ऐतिहासिक तथा सांस्कृतिक नगर जनकपुरधाममा छैठौँ जनकपुर साहित्य उत्सव आगामी माघ २४ गतेदेखि २६ गतेसम्म भव्य रूपमा आयोजना हुने भएको छ। नवमिथिला फाउन्डेसनको आयोजनामा तीन दिनसम्म चल्ने यस उत्सवमा साहित्य, राजनीति, समाज, संस्कृति, खेलकुद, उद्यमशीलता, शिक्षा र कानून जस्ता विविध विषयमा गहन छलफल तथा विमर्श हुनेछ। यस उत्सवको उद्घाटन समारोहमा मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह प्रमुख अतिथिका रूपमा उपस्थित हुनेछन्। फाउन्डेसनका अध्यक्ष अमित साहका अनुसार यस पटक उत्सवमा १७ वटा विशिष्ट सत्रहरू तय गरिएको छ। उत्सवको दोस्रो दिन माघ २५ गते विभिन्न सत्रहरू सञ्चालन हुनेछन्। जनकपुरधामको चुनौती तथा अवसरबारे छलफल गरिने छ। डिजिटल युगमा पठन संस्कृतिको प्रभावबारे बहस…
Read More
नेशनल हाईस्कुल च्याम्पियनसिप बुधबारदेखि सुरु

नेशनल हाईस्कुल च्याम्पियनसिप बुधबारदेखि सुरु

काठमाडौं । ई–प्लानेटको मुख्य प्रायोजनमा देशव्यापी रूपमा आयोजना हुँदै आएको नेशनल हाईस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल माघ २३ गते बुधबारदेखि माघ २६ गते शनिबारसम्म लोअर मुलपानी क्रिकेट ग्राउन्डमा सञ्चालन हुने भएको छ। आयोजक संस्थाले मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी गराएको थियो। फाइनलमा देशभरका सात क्षेत्रीय विजेता तथा काठमाडौं छनोटको उपविजेता टिम गरी आठ टिमले प्रतिस्पर्धा गर्नेछन्। प्रतिस्पर्धी टिमहरूमा अर्किड कलेज, आस्था कलेज, मोनास्टिक कलेज, प्यारामाउन्ट कलेज, कास्की मोडर्नाइज्ड, वेस्टर्न क्रिस्टल एकेडेमी, शिक्षान्तर कलेज, र हिमालय एकेडेमी छन्। आयोजकका अनुसार विभिन्न कठिनाइका कारण सुर्खेत छनोट आयोजना हुन सकेन। हाइप येति इभेन्ट्सद्वारा आयोजित प्रतियोगितामा टुर्नामेन्ट डाइरेक्टर रवीन्द्र गुप्ता र…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल