Skip to main content

Elite News Nepal

लायन्स गभर्नर्स कप फुटसलमा डिष्ट्रिक डि को विजय

Advertisement

 


काठमाडौं, ५ फेब्रुअरी – लायन्स गभर्नर्स कप फुटसल प्रतियोगितामा ३२ टिमहरूको प्रतिस्पर्धा रहेको थियो। कुपन स्पोर्ट्स सेन्टरमा मंगलबार सम्पन्न फाइनल खेलमा डिष्ट्रिक डि ले डिष्ट्रिक इ लाई १-० गोलले पराजित गर्दै उपाधी जित्न सफल भएको हो।

विजेता टिमले नगद ५० हजार प्राप्त गरेको छ, भने दोस्रो हुने टिमले २५ हजारको पुरस्कार पाएको छ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको सम्मान आशिष कपालीलाई दिइएको छ।

लायन्स क्लब इन्टरनेशनल, मल्टिपल डिस्ट्रिक्ट ३२५, डिस्ट्रिक्ट ३२५ जीको आयोजनामा गत फेब्रुअरी १ देखि ४ तारिखसम्म कुपन फुटसल सेन्टरमा आयोजित उक्त फुटसल प्रतियोगिता “बाल क्यान्सर विरुद्ध हाम्रो गोल” भन्ने नारासहित सुरु भएको थियो। ३२ क्लबहरूले प्रतियोगितामा सहभागिता जनाएका थिए।

विजेताहरूलाई लायन्स इन्टरनेसनल ३२५ मल्टिपल अन्र्तगत ३२५ जीका गर्भनर डा. कलम कायस्थ, मल्टी काउन्सिल चियर रमेश लामा, पूर्व चियरहरू केशव पाण्डे, कयाम उद्धिन, अन्नत भेटवाल, उत्तम झा, गर्भनर इ का रमेश बस्नेत लगायतका लायन्स अभियन्ताहरूले पुरस्कार वितरण गरेका थिए।

समारोहमा, डिस्ट्रिक्ट ३२५ जीका गर्भनर डा. कमल बहादुर कायस्थले फुटसल प्रतियोगिताको उद्देश्यलाई प्रष्ट गर्दै सबै लायन्स सदस्यहरूलाई खेलमा सहभागी हुन र बाल क्यान्सर सचेतनामा योगदान पुर्याउन आह्वान गरेका थिए।

अन्तर्राष्ट्रिय क्यान्सर दिवसको अवसरमा समापन समारोहतर्फ पारा ओलम्पिक प्रशिक्षक कविराज लामा र अनुप्रस्थ ब्याण्डका गायन निरन शाहीलाई सम्मानित गरिएको थियो।

प्रतियोगिता संयोजक र लायन्स अभियन्ता दामोदर भट्टराई (बद्री)ले भने, “यो कार्यक्रम लायन्स इन्टरनेसनलमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउन खेलकुदलाई जोड्नका लागि आयोजित गरिएको हो, र आगामी वर्ष पनि यसलाई निरन्तरता दिनेछौं।”

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल