Skip to main content

Elite News Nepal

त्रिभुवन विश्वविद्यालयलाई टेबलटेनिसमा दुई स्वर्ण

Advertisement

पोखरा । पोखरामा जारी दोस्रो विश्वविद्यालय खेलकुद प्रतियोगितामा टेबलटेनिसतर्फ त्रिभुवन विश्वविद्यालयले उत्कृष्ट प्रदर्शन गर्दै दुई स्वर्ण पदक जितेको छ ।

महिला तथा पुरुष डबल्स दुवै विधामा त्रिभुवन विश्वविद्यालयका खेलाडीहरूले स्वर्ण जित्न सफल भएका छन् । महिला डबल्समा सिक्का सुवाल र दिया देउलाको जोडीले काठमाडौँ विश्वविद्यालयका सुजाता पौडेल र स्वस्थी प्रधानलाई पराजित गर्दै स्वर्ण जितेका हुन् । पुरुष डबल्सतर्फ सिर्दाथ तामाङ र राजोज मान थकुको टिमले गण्डकी विश्वविद्यालयका गनन्जय दाहाल र अनुष कुँवरको जोडीलाई हराउँदै स्वर्ण पदक जितेको हो ।

त्यस्तै, महिलातर्फ पोखरा विश्वविद्यालय र गण्डकी विश्वविद्यालयले तृतीय स्थान हासिल गरेका छन् भने पुरुषतर्फ काठमाडौँ विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयले तेस्रो स्थान प्राप्त गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयका टेबलटेनिस खेलाडीहरूको शानदार प्रदर्शनले विश्वविद्यालय खेलकुद प्रतियोगितामा उनको दबदबा कायमै रहेको देखाएको छ ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल