Skip to main content

Elite News Nepal

जनकपुर साहित्य उत्सवको छैठौँ संस्करण माघ २४ गतेदेखि सुरु

Advertisement

जनकपुरधाम । ऐतिहासिक तथा सांस्कृतिक नगर जनकपुरधाममा छैठौँ जनकपुर साहित्य उत्सव आगामी माघ २४ गतेदेखि २६ गतेसम्म भव्य रूपमा आयोजना हुने भएको छ। नवमिथिला फाउन्डेसनको आयोजनामा तीन दिनसम्म चल्ने यस उत्सवमा साहित्य, राजनीति, समाज, संस्कृति, खेलकुद, उद्यमशीलता, शिक्षा र कानून जस्ता विविध विषयमा गहन छलफल तथा विमर्श हुनेछ।

यस उत्सवको उद्घाटन समारोहमा मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह प्रमुख अतिथिका रूपमा उपस्थित हुनेछन्। फाउन्डेसनका अध्यक्ष अमित साहका अनुसार यस पटक उत्सवमा १७ वटा विशिष्ट सत्रहरू तय गरिएको छ।

उत्सवको दोस्रो दिन माघ २५ गते विभिन्न सत्रहरू सञ्चालन हुनेछन्। जनकपुरधामको चुनौती तथा अवसरबारे छलफल गरिने छ। डिजिटल युगमा पठन संस्कृतिको प्रभावबारे बहस गरिनेछ। क्रिकेट सम्बन्धी समस्या, समाधान र सम्भावनाहरूको विषयमा छलफल हुनेछ। मधेस महिमा तथा उत्सवको व्यवसायीकरणबारे विशेष सत्र सञ्चालन गरिनेछ। पढाइ र सिकाइका विविध पक्षबारे विचार आदान-प्रदान गरिनेछ। विद्यार्थीहरूका लागि अन्तरविद्यालय कविता प्रतियोगिता आयोजना गरिनेछ। साँझको समयमा संगीत कार्यक्रम तथा कविता गजल वाचनको प्रस्तुति हुनेछ।

उत्सवको तेस्रो तथा अन्तिम दिन माघ २६ गते विभिन्न रोचक सत्रहरू सञ्चालन हुनेछन्। अन्तरविद्यालय कथा वाचन प्रतियोगिता आयोजना गरिनेछ। केन्द्रको दृष्टिमा मधेस, आन्दोलन र साहित्य सम्बन्धी विचार विमर्श गरिनेछ। नेपाली उद्यमीहरूको यात्राबारे छलफल गरिनेछ। आनन्दको खोजी, मनोविज्ञान तथा जीवनशैली सम्बन्धी विशेष सत्र सञ्चालन हुनेछ। समाज, साहित्य र सिनेमा सम्बन्धी बहस गरिनेछ। मधेसको मत तथा राजनीतिक धारणा सम्बन्धी विमर्श गरिनेछ।

यस उत्सवमा विशेष व्यक्तित्व कुलमान घिसिङको एकल प्रवचन पनि हुनेछ। संविधान, संघीयता र कानूनी राज्यको अभ्यासबारे छलफल गरिनेछ। विद्यार्थीहरूका लागि अन्तरविद्यालय चित्रकला तथा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिनेछ। अन्तिम दिनको समापन विशेष सांगीतिक महोत्सवसहित गरिनेछ।

यस साहित्य उत्सवले जनकपुरधामको सांस्कृतिक एवं बौद्धिक महत्त्वलाई उजागर गर्नुका साथै साहित्यप्रेमीहरू, विद्यार्थी, लेखक, पत्रकार, राजनीतिज्ञ तथा समाजका विविध क्षेत्रका व्यक्तित्वलाई एकै ठाउँमा ल्याउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल