Skip to main content

Elite News Nepal

आठसय मिटर दौडमा त्रिभुवन विश्वविद्यालय प्रथम

Advertisement

काठमाडौं। विश्वविद्यालय खेलकुद प्रतियोगिताको दोस्रो दिन सम्पन्न पुरुष तथा महिला ८०० मिटर दौडमा त्रिभुवन विश्वविद्यालयका धावकहरूले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेका छन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का प्रचार प्रसार शाखाका खुशराज दाहालका अनुसार पुरुषतर्फ विकास घिमिरे र महिलातर्फ राज्यलक्ष्मी रावलले पहिलो स्थान प्राप्त गरेका छन्। विकासले २ः१०ः११ मिनेटमा निर्धारित दुरी पूरा गरे भने राज्यलक्ष्मीले २ः३५ः३४ मिनेटमा दौड सम्पन्न गरिन्।

पुरुषतर्फ दोस्रो स्थान मध्यपश्चिमाञ्चल विश्वविद्यालयका भरत रानाले (२ः१३ः९१ मिनेट) हासिल गरे भने महिलातर्फ हिमाली शाही (२ः५८ः६५ मिनेट) दोस्रो भइन्। तेस्रो स्थान सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका निपूर्ण चन्द (पुरुष) र गण्डकी विश्वविद्यालयकी कृति गिरी (महिला) ले प्राप्त गरे।

महिला लङजम्पतर्फ त्रिभुवन विश्वविद्यालयकी सञ्चिता घिमिरेले प्रथम स्थान हासिल गरिन्। मध्यपश्चिमाञ्चल विश्वविद्यालयकी हिमाली शाही दोस्रो भइन् भने त्रिभुवनकै विना थापा तेस्रो स्थानमा रहिन्।

पुरुष २०० मिटर दौडमा सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट प्रथम भए भने त्रिभुवन विश्वविद्यालयका प्रकाश जोशी दोस्रो स्थानमा रहे। काठमाडौं विश्वविद्यालयका विकास कुमार शाह तेस्रो भए।

महिला २०० मिटर दौडमा त्रिभुवन विश्वविद्यालयकै विना थारुले पहिलो स्थान हात पारिन् भने आकृती चौधरी दोस्रो भइन्। लुम्बिनी विश्वविद्यालयकी मनिष कुँवर क्षेत्री तेस्रो स्थानमा रहिन्।

त्रिभुवन विश्वविद्यालयका खेलाडीहरूले विभिन्न स्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै विश्वविद्यालयको खेलकुद क्षमतालाई प्रमाणित गरेका छन्।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल