Skip to main content

Elite News Nepal

एथलेटिक्सको १०० मिटर दौडमा मुकेश र विनाको स्वर्ण

Advertisement

 


काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभूवन विश्वविद्यालय (टीयू) की विना थारुले दोस्रो विश्वविद्यालय खेलकुद महोत्सवको एथलेटिक्स १०० मिटर दौडमा स्वर्ण जितेका छन्। मुकेश पुरुष र विना महिलामा पहिलो भए।

पोखरा रंगशालामा भएको प्रतिस्पर्धामा मुकेशले १०० मिटर दूरी ११.२२ सेकेन्डमा पूरा गर्दै स्वर्ण जिते। काठमाडौं विश्वविद्यालयका विकासकुमार शाहले ११.६५ सेकेन्डमा दोश्रो स्थान हासिल गरे भने टीयूका प्रकाश जोशी ११.८४ सेकेन्डमा तेश्रो भए।

विनाले महिलामा १०० मिटर दौड १४.४० सेकेन्डमा पूरा गर्दै पहिलो स्थान ओगटिन्। टीयूकी आकृति चौधरी १४.९० सेकेन्डमा दोश्रो र पूर्वाञ्चल विश्वविद्यालयकी प्रमिला खड्का १५.०० सेकेन्डमा तेश्रो स्थानमा रहे।

अर्को स्वर्ण मुकेशले पुरुष लङजम्पमा जिते। उनले ६.७० मिटरको जम्प गर्दै सुदूरपश्चिमको खेमराज जोशीलाई पछाडि पार्दै स्वर्ण जिते। खेमराजले ५.८२ मिटर जम्प गरे भने टीयूका दिवस रेग्मी ५.५३ मिटर जम्प गर्दै तेश्रो भए।

टीयूका सुशिलकुमार बानियाँले पुरुष ४ सय मिटर दौडमा ५३.९१ सेकेन्डमा स्वर्ण जिते। दोश्रो स्थानमा दिवस रेग्मी (५५.५६ सेकेन्ड) र तेश्रो स्थानमा सुदूरपश्चिमका दीपकराज भाट (५६.२९ सेकेन्ड) रहे।

महिला ४ सय मिटर दौडमा मधेश प्रदेश विश्वविद्यालयकी हिमाली शाहीले १ मिनेट १०.४६ सेकेन्डमा स्वर्ण जितिन्। टीयूकी राज्यलक्ष्मी रावल १ मिनेट १०.४८ सेकेन्डमा रजत र गण्डकीकी कृति गिरी १ मिनेट १५.३० सेकेन्डमा कांस्य हात पारे।

यस प्रतिस्पर्धामा पहिलो दिन ५ स्वर्ण वितरण गरिएको छ, जसमा सुदूरपश्चिम र टीयूले समान २-२ स्वर्ण जितेका छन्। मधेश प्रदेशले १ स्वर्ण जितेको छ। एथलेटिक्सको बाँकी ५ स्पर्धाको फाइनल बिहीबार हुनेछ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल