Skip to main content

Elite News Nepal

Year: 2025

टप्स बास्केटबल प्रतियोगितामा तेजस्वी र बेल्मन्टको विजय

टप्स बास्केटबल प्रतियोगितामा तेजस्वी र बेल्मन्टको विजय

काठमाडौं। तेजस्वी एकेडेमी र बेल्मन्ट इन्टरनेसनल स्कुलले आठौं संस्करणको टप्स अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा उपाधि जितेका छन्। तेजस्वीले सिनियर ब्वाइजतर्फ र बेल्मन्टले सिनियर गल्र्सतर्फ च्याम्पियन बन्न सफल भए। प्रतियोगिता बिहीबार तार्केश्वर नगरपालिका १, साङलास्थित ल्यान्डमार्क एकेडेमीमा भएको थियो। सिनियर ब्वाइजको फाइनलमा तेजस्वीले गण्डकीलाई ४३–३० ले हराउँदै उपाधि जिते। तेजस्वीका विराज गुरुङले १२ अंक जोडेर टिमको जितमा महत्वपूर्ण योगदान पुर्‍याए। सिनियर गल्र्सको फाइनलमा बेल्मन्टले ल्यान्डमार्कलाई १३–११ ले पराजित गर्दै उपाधि जितेको हो। बेल्मन्टकी जेशिका गुरुङले ७ अंक जोडेर टिमको जितमा प्रमुख भूमिका खेलिन्। नवोदितले बेल्मन्टलाई २५–१३ ले हराउँदै तेस्रो स्थानमा आफ्नो स्थान बनायो। नवोदितका आदेश बगालेले १२ अंक जोडेर उत्कृष्ट प्रदर्शन गरे।…
Read More
दसौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय

दसौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय

काठमाडौं। कर्णाली प्रदेशमा आयोजना हुने दसौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय गरिएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष र युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बिहीबार भएको १२१औं बोर्ड बैठकले उक्त खेलकुद २०८२ साल जेठ ३ देखि १० गतेसम्म आयोजना गर्ने निर्णय गरेको छ। यसअघि राखेपको ११८औं बोर्ड बैठकले दसौं राष्ट्रिय खेलकुद २०८१ साल चैत २३ देखि ३० गतेसम्म गर्ने निर्णय गरेको थियो। नयाँ निर्णयअनुसार, खेलकुद अब जेठ महिनामा कर्णाली प्रदेशमा आयोजना हुने छ। यस कदमले देशभरका खेलकर्मी र दर्शकहरूको उत्साहलाई थप उत्प्रेरित गर्ने अपेक्षा गरिएको छ। बैठकले प्रथम राष्ट्रिय पारा खेलकुद आगामी २०८२ साल जेठ १७ देखि…
Read More
नेशनल प्याब्सनको महाधिवेशन भव्य बनाउन आह्वान, सदस्य विद्यालयलाई हार्दिक स्वागत

नेशनल प्याब्सनको महाधिवेशन भव्य बनाउन आह्वान, सदस्य विद्यालयलाई हार्दिक स्वागत

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) को आठौं राष्ट्रिय महाधिवेशन फागुन १६ र १७ गते काठमाडौंमा हुँदैछ। महाधिवेशनलाई भव्य, मर्यादित र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्ने सबै तयारी पूरा भएको नेशनल प्याब्सनले जनाएको छ। देशभरका निजी विद्यालयका लगानीकर्ता, संस्थापक, प्राचार्य एवं प्रतिनिधिहरूको ऐतिहासिक भेला हुने यस महाधिवेशनलाई सफल बनाउन संगठनले सदस्य विद्यालयहरूलाई सक्रिय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरेको छ। नेशनल प्याब्सनले हालै केही व्यक्तिहरूले संगठनको गरिमा र एकतामा आघात पुर्‍याउने उद्देश्यले भ्रामक र तथ्यहीन सूचनाहरू सार्वजनिक गरिरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संगठनले ती अपिलहरूलाई कुनै पनि हालतमा विश्वास नगर्न सबैमा अपिल गर्दै महाधिवेशनलाई भव्य बनाउन…
Read More
हिमालयन डुओ चेसमा नाइटमेर कजिन्सको अविस्मरणीय विजय

हिमालयन डुओ चेसमा नाइटमेर कजिन्सको अविस्मरणीय विजय

काठमाडौं – हिमालयन चेस एकेडेमीले आयोजित ‘हिमालयन डुओ’ र्यापिड चेस प्रतियोगितामा नाइटमेर कजिन्सका सुजन काफ्ले र सविन खतिवडाले उपाधि जितेका छन्। उनीहरूले पाँच राउन्डमा शतप्रतिशत जितसहित १० अंक जोडेर पहिलो स्थान हासिल गरे। यद्यपि यो व्यक्तिगत खेल हो, चेसमा सामूहिक भावना बलियो बनाउनका लागि आयोजना गरिएको यस एक दिने प्रतियोगितामा दोस्रो स्थान गोथम नाइट्सको प्रवीर केसी र अनमोल राईको टिमले जिते, जसले ७ अंक जोडेका थिए। यस प्रतियोगितामा प्रत्येक खेलमा २ अंक र बराबरीमा १ अंक प्राप्त गर्न सकिन्थ्यो। स्वीस प्रणालीअनुसार ५ राउन्डमा सम्पन्न प्रतियोगितामा समय सीमा १० मिनेट र १० सेकेन्ड इन्क्रिमेन्ट राखिएको थियो। नाइट्स ग्याम्बिट टिमले ६ अंकसहित…
Read More
अशोक खड्का जी–टु बुल्गेरिया ओपनमा निर्णायक

अशोक खड्का जी–टु बुल्गेरिया ओपनमा निर्णायक

काठमाडौं – नेपाली अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्का वर्ल्ड ¥याङकिङ जी–टु बुल्गेरिया ओपनमा निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन्। प्रतियोगिता मार्च १ देखि ३ तारिखसम्म बुल्गेरियाको राजधानी सोफियामा हुँदैछ। यसका लागि खड्का बिहीबार बुल्गेरिया प्रस्थान गर्दैछन्। बुल्गेरिया ओलम्पिक कमिटी, बुल्गेरिया तेक्वान्दो फेडेरेसन र विश्व तेक्वान्दोको संयुक्त आयोजनामा हुने यो प्रतिष्ठित जी–टु स्तरको प्रतियोगिता मा करिब १,७०० खेलाडीको सहभागिता रहनेछ, जसमा ओलम्पियन र वर्ल्ड च्याम्पियन खेलाडीहरू पनि प्रतिस्पर्धा गर्नेछन्। खड्का ग्यारोगी (फाइटिङ) र पुम्से (फर्म) दुवै विधामा निर्णायकका रूपमा रहनेछन्। नेपालका ग्यारोगी तथा पुम्से दुवै विधामा दोस्रो श्रेणीका अन्तर्राष्ट्रिय निर्णायक रहेका उनी पारा रेफ्री कोर्स पूरा गर्ने कम नेपाली तेक्वान्दो कर्मीमध्ये एक…
Read More
सम्झना कप टेबलटेनिसमा भारतका श्रोवन र प्राची शीर्ष स्थानमा

सम्झना कप टेबलटेनिसमा भारतका श्रोवन र प्राची शीर्ष स्थानमा

काठमाडौं – लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा जारी सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा भारतीय खेलाडी श्रोवन पाउल र प्राची घोषले यु-१६ सिंगल्स तर्फ स्वर्ण पदक जितेका छन्। ब्वाइज यु-१६ फाइनलमा टिस्टा तोर्सा टेबलटेनिस क्लबका श्रोवन पाउलले रोमाञ्चक पुनरागमन गर्दै एभीएम टेबलटेनिस क्लबका प्रजिल भट्टराईलाई ३–२ को सेटमा पराजित गरे। २–० ले पछि परेका श्रोवनले उत्कृष्ट खेल प्रदर्शन गर्दै ६–११, १२–१४, ११–८, ११–८, ११–८ को जित निकाले। ट्यालेन्ट स्काउट टेबलटेनिस हबका श्रीराज वर्दान र यलका अर्नव श्रेष्ठ तेश्रो स्थानमा रहे। गल्र्स यु-१६ फाइनलमा दार्जिलिङ टेबलटेनिस एसोसिएसनकी प्राची घोषले ग्लोबल टेबलटेनिस एकेडेमीकी सचारी चक्रबर्तीलाई ११–१, ११–९, ११–४ को सहज जित…
Read More
गण्डकी र तेजस्वी टप्स बास्केटबलको फाइनलमा

गण्डकी र तेजस्वी टप्स बास्केटबलको फाइनलमा

काठमाडौं – गण्डकी र तेजस्वी एकेडेमीले आठौं टप्स अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फको फाइनलमा स्थान सुरक्षित गरेका छन्। बुधबार तार्केश्वर नगरपालिकाको साङलास्थित ल्यान्डमार्क एकेडेमीमा सम्पन्न सेमिफाइनल खेलमा गण्डकीले बेलमाउन्टलाई ३२–१३ ले पराजित गर्दै फाइनल यात्रा तय गर्यो। गण्डकीका कलश भुजेलले उत्कृष्ट प्रदर्शन गर्दै १० अंक जोडे। अर्को सेमिफाइनलमा तेजस्वी एकेडेमीले नवोदितलाई ४६–३३ को अन्तरले हराउँदै उपाधि नजिक पुगेको छ। तेजस्वीका रविन श्रेष्ठले उत्कृष्ट खेल प्रदर्शन गर्दै ११ अंक योगदान गरे। सिनियर गल्र्सतर्फको उपाधि भिडन्त बेलमाउन्ट र ल्यान्डमार्कबीच हुने भएको छ। बेलमाउन्टले ह्वाइट हेभेनलाई २२–१४ ले पराजित गर्दै फाइनलमा प्रवेश गर्यो। बेलमाउन्टकी समिक्षा मगरले १० अंकको योगदान दिइन्। अर्को खेलमा ल्यान्डमार्कले संस्कृति…
Read More
‘फेरि रेशम फिलिली’ को भव्य प्रिमियर सम्पन्न, आजदेखि देशभर प्रदर्शन

‘फेरि रेशम फिलिली’ को भव्य प्रिमियर सम्पन्न, आजदेखि देशभर प्रदर्शन

काठमाडौं – नेपाली चलचित्रप्रेमीहरूका लागि प्रतीक्षित फिल्म ‘फेरि रेशम फिलिली’ को भव्य प्रिमियर शो सम्पन्न भएको छ। मंगलबार राजधानीको क्यूएफएक्स लाबिम हलमा आयोजित ग्राण्ड प्रिमियर समारोहमा नेपाली फिल्म उद्योगका चर्चित कलाकार, निर्माता, निर्देशक तथा प्राविधिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। महाशिवरात्रिको अवसर पारेर बुधबारदेखि ‘फेरि रेशम फिलिली’ देशभर प्रदर्शनमा आएको छ। २०१५ मा प्रदर्शन भएको सुपरहिट फिल्म ‘रेशम फिलिली’ को सिक्वेलका रूपमा आएको यो चलचित्रलाई निर्देशक निरोज महर्जनले निर्देशन गरेका छन्। चलचित्रमा विनय श्रेष्ठ र सुपुष्पा भट्ट मुख्य भूमिकामा देखिएका छन्। त्यस्तै, कामेश्वर चौरासिया, नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, रविन्द्र झा लगायतका कलाकारहरूको दमदार अभिनय रहेको छ। फिल्मले अमेरिका सपनासँग…
Read More
उपाधि यात्राको अन्तिम गन्तव्य: नेपाल र म्यान्मार आज फाइनलमा आमनेसामने

उपाधि यात्राको अन्तिम गन्तव्य: नेपाल र म्यान्मार आज फाइनलमा आमनेसामने

काठमाडौं । काठमाडौंमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेल आज साँझ दशरथ रंगशालामा हुँदैछ। उपाधिका लागि नेपाल र म्यान्मारबीच रोमाञ्चक भिडन्त हुने अपेक्षा गरिएको छ। खेल साँझ ६ बजेबाट सुरु हुनेछ। चार राष्ट्र सहभागी इस प्रतियोगितामा नेपाल र म्यान्मार उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गरेका हुन्। लिग चरणमा म्यान्मारले तीन खेलमा २ जित र १ बराबरी निकाल्दै ७ अंकसहित शीर्ष स्थान हासिल गर्‍यो। उसले लेबनान र किर्गिस्तानलाई पराजित गरेको थियो भने नेपालसँग बराबरी खेलेको थियो। नेपालले पनि समान ७ अंक बटुल्दै उपविजेताको रूपमा फाइनलमा प्रवेश गर्‍यो। नेपाली टोलीले लेबनान र किर्गिस्तानलाई हराएको थियो भने म्यान्मारसँग अघिल्लो खेल बराबरीमा सकिएको…
Read More
नेशनल प्याब्सनको अपील: भ्रामक प्रचारमा नपर्न आग्रह

नेशनल प्याब्सनको अपील: भ्रामक प्रचारमा नपर्न आग्रह

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (National PABSAN) को आसन्न आठौं राष्ट्रिय महाधिवेशनको सन्दर्भलाई लिएर विभिन्न भ्रामक र आधारहीन अपिलहरु सार्वजनिक हुन थालेपछि संगठनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नेशनल प्याब्सनले एक विज्ञप्ति जारी गर्दै मुलुकभरिका निजी विद्यालयका लगानीकर्ताहरुको गरिमामय इतिहास बोकेको संगठनमा नियम, विधि र वैधानिकता विपरीत गुटगत षड्यन्त्र गरी हस्तक्षेप गर्न खोजिएको उल्लेख गरेको छ। यस्तो गतिविधिले संगठनलाई कमजोर पार्ने र शिक्षा क्षेत्रमा कार्यरत बौद्धिक समुदायको भविष्य अन्योलमा पार्ने प्रयास भएको संगठनको ठहर छ। संगठनका अनुसार बाँकेको नेपालगञ्जमा सम्पन्न सातौं राष्ट्रिय महाधिवेशनको क्रममा अध्यक्ष पदका दुबै प्रत्याशी सुवास न्यौपाने र पाण्डव हमाल ठकुरीबीच तीन-तीन…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल