26
Feb
काठमाडौं – लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा जारी सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा भारतीय खेलाडी श्रोवन पाउल र प्राची घोषले यु-१६ सिंगल्स तर्फ स्वर्ण पदक जितेका छन्। ब्वाइज यु-१६ फाइनलमा टिस्टा तोर्सा टेबलटेनिस क्लबका श्रोवन पाउलले रोमाञ्चक पुनरागमन गर्दै एभीएम टेबलटेनिस क्लबका प्रजिल भट्टराईलाई ३–२ को सेटमा पराजित गरे। २–० ले पछि परेका श्रोवनले उत्कृष्ट खेल प्रदर्शन गर्दै ६–११, १२–१४, ११–८, ११–८, ११–८ को जित निकाले। ट्यालेन्ट स्काउट टेबलटेनिस हबका श्रीराज वर्दान र यलका अर्नव श्रेष्ठ तेश्रो स्थानमा रहे। गल्र्स यु-१६ फाइनलमा दार्जिलिङ टेबलटेनिस एसोसिएसनकी प्राची घोषले ग्लोबल टेबलटेनिस एकेडेमीकी सचारी चक्रबर्तीलाई ११–१, ११–९, ११–४ को सहज जित…
