Skip to main content

Elite News Nepal

गण्डकी र तेजस्वी टप्स बास्केटबलको फाइनलमा

Advertisement

काठमाडौं – गण्डकी र तेजस्वी एकेडेमीले आठौं टप्स अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फको फाइनलमा स्थान सुरक्षित गरेका छन्।

बुधबार तार्केश्वर नगरपालिकाको साङलास्थित ल्यान्डमार्क एकेडेमीमा सम्पन्न सेमिफाइनल खेलमा गण्डकीले बेलमाउन्टलाई ३२–१३ ले पराजित गर्दै फाइनल यात्रा तय गर्यो। गण्डकीका कलश भुजेलले उत्कृष्ट प्रदर्शन गर्दै १० अंक जोडे।

अर्को सेमिफाइनलमा तेजस्वी एकेडेमीले नवोदितलाई ४६–३३ को अन्तरले हराउँदै उपाधि नजिक पुगेको छ। तेजस्वीका रविन श्रेष्ठले उत्कृष्ट खेल प्रदर्शन गर्दै ११ अंक योगदान गरे।

सिनियर गल्र्सतर्फको उपाधि भिडन्त बेलमाउन्ट र ल्यान्डमार्कबीच हुने भएको छ। बेलमाउन्टले ह्वाइट हेभेनलाई २२–१४ ले पराजित गर्दै फाइनलमा प्रवेश गर्यो। बेलमाउन्टकी समिक्षा मगरले १० अंकको योगदान दिइन्।

अर्को खेलमा ल्यान्डमार्कले संस्कृति शिक्षा सदनलाई २९–१२ ले हराउँदै फाइनल यात्रा तय गर्यो। ल्यान्डमार्ककी सगुनी देवकोटाले ९ अंक जोडिन्।

प्रतियोगिताको फाइनल खेल बिहीबार हुनेछ। टिम अफ प्रोग्रेसिभ स्कुल (टप्स) को आयोजनामा जारी यो प्रतियोगिता नेपालका युवा बास्केटबल खेलाडीहरूका लागि महत्त्वपूर्ण प्रतिस्पर्धा बनेको छ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल