Skip to main content

Elite News Nepal

नेशनल प्याब्सनको महाधिवेशन भव्य बनाउन आह्वान, सदस्य विद्यालयलाई हार्दिक स्वागत

Advertisement

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) को आठौं राष्ट्रिय महाधिवेशन फागुन १६ र १७ गते काठमाडौंमा हुँदैछ। महाधिवेशनलाई भव्य, मर्यादित र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्ने सबै तयारी पूरा भएको नेशनल प्याब्सनले जनाएको छ।

देशभरका निजी विद्यालयका लगानीकर्ता, संस्थापक, प्राचार्य एवं प्रतिनिधिहरूको ऐतिहासिक भेला हुने यस महाधिवेशनलाई सफल बनाउन संगठनले सदस्य विद्यालयहरूलाई सक्रिय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरेको छ।

नेशनल प्याब्सनले हालै केही व्यक्तिहरूले संगठनको गरिमा र एकतामा आघात पुर्‍याउने उद्देश्यले भ्रामक र तथ्यहीन सूचनाहरू सार्वजनिक गरिरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संगठनले ती अपिलहरूलाई कुनै पनि हालतमा विश्वास नगर्न सबैमा अपिल गर्दै महाधिवेशनलाई भव्य बनाउन सबैको साथ र सहकार्यको अपेक्षा गरेको छ।

नेशनल प्याब्सनले स्पष्ट पारे अनुसार, संगठनको विधि, विधान र वैधानिक प्रक्रियाअनुसार नै आठौं महाधिवेशन आयोजना गरिएको हो। संगठनभित्र विगतमा देखिएको केही विवाद उच्च अदालत पाटनको आदेश र संगठनका संस्थापक तथा सल्लाहकारहरूको निर्णयबाट टुंगिसकेको समेत संगठनले स्मरण गराएको छ।

भोलि फागुन १६ १८ गते सम्म हुने राष्ट्रिय महाधिवेशनले निजी विद्यालयहरूका भविष्य, शिक्षाक्षेत्रका समसामयिक चुनौती र समाधानका उपायहरूबारे विस्तृत छलफल गर्नेछ। साथै, संगठनलाई थप सुदृढ र सबल बनाउन नयाँ नेतृत्व चयन प्रक्रिया समेत महाधिवेशनको प्रमुख एजेन्डा रहनेछ।

नेशनल प्याब्सनले सबै निष्ठावान सदस्य विद्यालयका प्रतिनिधिहरूलाई भोलि हुने महाधिवेशनमा उपस्थित भई संगठनको उज्ज्वल भविष्य निर्माणमा आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गर्न हार्दिक स्वागत गरेको छ।

भव्य तयारी, शान्तिपूर्ण वातावरण र ऐतिहासिक सहभागिता सहित नेशनल प्याब्सनको आठौं राष्ट्रिय महाधिवेशन सफल पारौं !

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल