Skip to main content

Elite News Nepal

उपाधि यात्राको अन्तिम गन्तव्य: नेपाल र म्यान्मार आज फाइनलमा आमनेसामने

Advertisement

काठमाडौं । काठमाडौंमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेल आज साँझ दशरथ रंगशालामा हुँदैछ। उपाधिका लागि नेपाल र म्यान्मारबीच रोमाञ्चक भिडन्त हुने अपेक्षा गरिएको छ। खेल साँझ ६ बजेबाट सुरु हुनेछ।

चार राष्ट्र सहभागी इस प्रतियोगितामा नेपाल र म्यान्मार उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गरेका हुन्। लिग चरणमा म्यान्मारले तीन खेलमा २ जित र १ बराबरी निकाल्दै ७ अंकसहित शीर्ष स्थान हासिल गर्‍यो। उसले लेबनान र किर्गिस्तानलाई पराजित गरेको थियो भने नेपालसँग बराबरी खेलेको थियो।

नेपालले पनि समान ७ अंक बटुल्दै उपविजेताको रूपमा फाइनलमा प्रवेश गर्‍यो। नेपाली टोलीले लेबनान र किर्गिस्तानलाई हराएको थियो भने म्यान्मारसँग अघिल्लो खेल बराबरीमा सकिएको थियो। गोल अन्तरका आधारमा दोस्रो स्थानमा रहँदै नेपालले फाइनलमा स्थान बनाएको हो।

आजको खेल दुवै टिमका लागि प्रतिष्ठाको लडाइँ हुनेछ। नेपाल घरेलु मैदान र समर्थकहरूको साथमा ऐतिहासिक उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रनेछ, भने म्यान्मार पनि आफ्नो अपराजित यात्रालाई उपाधिमा परिणत गर्न चाहन्छ।

नेपालका लागि कप्तान तथा स्ट्राइकर सावित्रा भण्डारी प्रमुख हतियार साबित हुन सक्छिन्, जसले प्रतियोगितामा प्रभावशाली प्रदर्शन गरिरहेकी छिन्। यस्तै, म्यान्मारका खेलाडीहरू पनि आफ्नो रणनीतिमा कुनै कसर बाँकी राख्ने छैनन्।

कुन टिम उपाधि उचाल्नेछ ? दशरथ रंगशालामा आज साँझ फुटबलप्रेमीहरूले उच्च स्तरीय खेलको मज्जा लिन पाउनेछन्।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल