Skip to main content

Elite News Nepal

टप्स बास्केटबल प्रतियोगितामा तेजस्वी र बेल्मन्टको विजय

Advertisement

काठमाडौं। तेजस्वी एकेडेमी र बेल्मन्ट इन्टरनेसनल स्कुलले आठौं संस्करणको टप्स अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा उपाधि जितेका छन्। तेजस्वीले सिनियर ब्वाइजतर्फ र बेल्मन्टले सिनियर गल्र्सतर्फ च्याम्पियन बन्न सफल भए।

प्रतियोगिता बिहीबार तार्केश्वर नगरपालिका १, साङलास्थित ल्यान्डमार्क एकेडेमीमा भएको थियो। सिनियर ब्वाइजको फाइनलमा तेजस्वीले गण्डकीलाई ४३–३० ले हराउँदै उपाधि जिते। तेजस्वीका विराज गुरुङले १२ अंक जोडेर टिमको जितमा महत्वपूर्ण योगदान पुर्‍याए।

सिनियर गल्र्सको फाइनलमा बेल्मन्टले ल्यान्डमार्कलाई १३–११ ले पराजित गर्दै उपाधि जितेको हो। बेल्मन्टकी जेशिका गुरुङले ७ अंक जोडेर टिमको जितमा प्रमुख भूमिका खेलिन्। नवोदितले बेल्मन्टलाई २५–१३ ले हराउँदै तेस्रो स्थानमा आफ्नो स्थान बनायो। नवोदितका आदेश बगालेले १२ अंक जोडेर उत्कृष्ट प्रदर्शन गरे।

सिनियर ब्वाइजको मोस्ट भ्यालुएबल प्लेयर (MVP) तेजस्वीका दिपेन छन्त्याल घोषित भए भने, सिनियर गल्र्सको MVP बेल्मन्टकी समिक्षा पुन मगरलाई प्रदान गरियो। सिनियर ब्वाइजमा तेजस्वीका आयुश अधिकारी ५७ अंकसहित सर्वाधिक स्कोरकर्ता बने, जबकि सिनियर गल्र्समा ल्यान्डमार्ककी सगुनी देवकोटा ३२ अंकसहित अग्रस्थानमा रहे।

उपाधि जितेका टिमलाई काठमाडौं प्याब्सनका अध्यक्ष नवराज भट्ट, तार्केश्वर नगरपालिका वडा १ का अध्यक्ष विदुर सापकोटा, टप्सका अध्यक्ष भरतमणि पोखरेल, ल्यान्डमार्ककी प्रिन्सिपल सुष्मा श्रेष्ठ र टप्सका सीईओ को-ओर्डिनेटर थिरबहादुर बस्नेतलगायतका प्रमुख व्यक्तिहरूद्वारा सम्मानित गरियो।

यो चार दिने प्रतियोगितामा सिनियर ब्वाइजमा १४ र सिनियर गल्र्समा १० टिमले प्रतिस्पर्धा गरेका थिए।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल