Skip to main content

Elite News Nepal

आजको तस्वीर

साफ यु १९ च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित

साफ यु १९ च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित

काठमाडौं । भारतको अरुणाचल प्रदेशस्थित गोल्डेन जुबिली रंगशालामा मंगलबार सम्पन्न साफ यु–१९ च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग ४–० को फराकिलो अन्तरले पराजित भएको छ। पहिलो हाफमै भारतले दुई गोल गर्दै खेलमा पकड बनाएको थियो। खेलको २८ औं मिनेटमा रोहेन सिंहले पहिलो गोल गरे भने त्यसको एक मिनेटमै ओमाङ डोडुमले दोस्रो गोल थप्दै भारतलाई २–० को अग्रता दिलाए। दोस्रो हाफमा पनि भारतको दबाब कायमै रह्यो। ७६ औं मिनेटमा रोहेनले व्यक्तिगत दोस्रो गोल गरे भने ८४ औं मिनेटमा ड्यानी मिटेले चौथो गोल थप्दै भारतको जित सुनिश्चित गरे। यस जितसँगै भारत समूह 'बी' को विजेता बनेको छ। उसले यसअघि श्रीलंकालाई ८–०…
Read More
नेपालका मिलन तामाङको धमाकेदार जित, थाइल्यान्डका प्रतिस्पर्धी नकआउट

नेपालका मिलन तामाङको धमाकेदार जित, थाइल्यान्डका प्रतिस्पर्धी नकआउट

काठमाडौं — बूढानीलकण्ठ फाइट नाइटको मुख्य आकर्षणका रूपमा आयोजित पुरुष ६० केजी मुवाँथाईं प्रतिस्पर्धामा नेपालका मिलन तामाङ विजयी भएका छन्। बूढानीलकण्ठ हात्तीगौंडा खेलकुद समितिको आयोजनामा सम्पन्न प्रतियोगितामा मिलनले थाइल्यान्डका असादा रक्मितलाई दोस्रो राउन्डमै नकआउट गर्दै उपाधि चुमे। उक्त जितसँगै मिलनले १ लाख नेपाली रुपैयाँ पुरस्कार जिते भने उपविजेता असादाले ९ सय अमेरिकी डलर प्राप्त गरे। प्रतियोगिता काठमाडौंको गोल्फुटारमा सम्पन्न भएको हो। अन्य स्पर्धामा पनि नेपाली खेलाडीहरूको वर्चस्व देखियो। पुरुष ५२ केजीमा नेपालका योमन मोक्तानले कुञ्जन घिमिरेलाई पराजित गरे। ५४ केजीमा पुरनजित राईले भारतका स्खेम्बोर्लाङ मार्वेनलाई हराउँदै विजेता बने। ७० केजी तौल समूहमा महेन्द्र गज्मेरले रोनिश सुब्बालाई हराए। पुरुष ५७ केजीमा…
Read More
अदिशलाई अस्ट्रेलियामा स्वर्ण पदक

अदिशलाई अस्ट्रेलियामा स्वर्ण पदक

काठमाडौं । नेपाली तेक्वान्दो खेलाडी अदिश खड्काले अस्ट्रेलियामा भएको २०२५ गोल्डकोस्ट ओपन अन्तर्राष्ट्रय तेक्वान्दो प्रतियोगतामा आइतबार स्वर्ण पदक जितेका छन् । अस्ट्रेलियाको गोल्डकोस्टस्थित करार स्टेडियममा अदिशले १७ वर्षमुनि उमेरसमूह पुरुष एकल पुम्सेमा स्वर्ण जितेका हुन् । आदिशले च्याम्पियन हुन कूल ६.२३ अङ्क जोडे । दस दिनको अवधिमा अदिशको यो दोश्रो अन्तर्राष्ट्रिय पदक हो । यसअघि उनले २१ औं वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको सोही स्पर्धामा रजत जितेका थिए । वाटा ओपन जापानको ओसाकामा अप्रिल २५ देखि २७ तारिखसम्म भएको थियो । अदिश जापानबाटै गोल्डकोस्ट ओपन खेल्न अस्ट्रेलिया गएका थिए । नामी इन्टरनेसनल कलेजमा ११ कक्षामा अध्ययनरत अदिश तेक्वान्दोमा तेश्रो डान…
Read More
‘महाराजधिराज’को स्टार कास्टमा जोडिँदै चर्चित अनुहारहरू

‘महाराजधिराज’को स्टार कास्टमा जोडिँदै चर्चित अनुहारहरू

काठमाडौं । निर्देशक परिच्छेद सेनको निर्देशनमा बन्ने बहुप्रतिक्षित नेपाली चलचित्र ‘महाराजधिराज’ को कलाकार लाइनअप दिनप्रतिदिन बलियो बन्दै गएको छ। एकपछि अर्को चर्चित कलाकारको अनुबन्धसँगै फिल्मप्रतिको चासो र अपेक्षा पनि थपिएको छ। फिल्ममा पहिलो अनुबन्धित कलाकारका रूपमा नायक पल शाह रहेका थिए। त्यसपछि अभिनेता रमेश उप्रेतीको नाम सार्वजनिक भयो। यतिबेला नायक आर्यन सिग्देल पनि मुख्य भूमिकामध्ये एकमा अनुबन्ध भइसकेका छन्। यसरी तीनजना स्टार कलाकार पल शाह, रमेश उप्रेती र आर्यन सिग्देल  को समावेशले ‘महाराजधिराज’ को स्टार कास्टलाई बलियो बनाएको छ। आर्यनले यो चलचित्रमा अनुबन्ध हुन पाएकोमा खुसी व्यक्त गरेका छन्। उनले आफूले यस फिल्ममा फरक किसिमको चरित्र निर्वाह गर्ने र दर्शकका…
Read More
नेपाललाई डजबल खेलमा कास्य

नेपाललाई डजबल खेलमा कास्य

काठमाडौं। भारतको कर्नाटकमा सम्पन्न त्रिकोणीय डजबल प्रतियोगितामा नेपाली टोलीले पहिलो अन्तर्राष्ट्रिय सहभागितामा शानदार प्रदर्शन गर्दै कास्य पदक प्राप्त गरेको छ।   अप्रिल २५ देखि २७ सम्म भारतको कर्नाटकमा आयोजना भएको उक्त प्रतियोगितामा नेपाल, भारत र मलेसियाका टोलीहरूबीच प्रतिस्पर्धा भएको थियो। नेपालले भारतविरुद्ध उत्कृष्ट खेल कौशल प्रस्तुत गर्दै ३–१ को हार व्यहोर्नु परे पनि एउटा सेट आफ्नो पक्षमा ल्याउन सफल भएको थियो। त्यसैगरी, मलेसियन राइनोस सँगको खेलमा पनि नेपाली टोलीले साहसिक र मनोबलपूर्ण प्रदर्शन गरे तापनि ५–० ले पराजित हुन पुगेका थिए। छोटो तयारी समय र पहिलो अन्तर्राष्ट्रिय अनुभव हुँदाहुँदै नेपाली खेलाडीहरूले देखाएको जुझारुपन, समर्पण र खेलकौशलले सम्पूर्ण प्रतियोगितामा सबैको ध्यान…
Read More
नेपाली डजबल टोली भारतका लागि प्रस्थान

नेपाली डजबल टोली भारतका लागि प्रस्थान

काठमाडौँ,– भारतको कर्नाटकमा हुने त्रि-राष्ट्रिय अन्तर्राष्ट्रिय डजबल च्याम्पियनशिप २०२५ मा सहभागी हुन प्रस्थान गर्न लागेका नेपाली राष्ट्रिय पुरुष डजबल टिमलाई बुढानीलकण्ठ नगरपालिकाले मंगलबार एक विशेष कार्यक्रमका बीच भव्य रूपमा विदाई गरेको छ। उक्त विदाई तथा शुभकामना कार्यक्रममा प्रमुख अतिथिको रूपमा‌ बुढानिलकण्ठ नगर प्रमुख मिठाराम अधिकारी सहभागी थिए भने विशेष अतिथिमा राष्ट्रिय खेलकुद परिषद् की बोर्ड सदस्य नन्दा बस्याल, नगर प्रवक्ता तथा वडा नं. १० का वडाध्यक्ष नवराज भट्टराई, वडा नं. ११ का वडाध्यक्ष राजु अधिकारी, वडा नं. १२ का वडाध्यक्ष शम्भु प्रसाद भट्टराई, वडा नं. ९ की वडाध्यक्ष सुमित्रा त्रीपाठी पाण्डे, वडा नं. ८ का वडाध्यक्ष तथा बु.न.पा खेलकुद संयोजक…
Read More
तेक्वान्दोका अदिशले अस्ट्रेलिया र जापानमा खेल्ने

तेक्वान्दोका अदिशले अस्ट्रेलिया र जापानमा खेल्ने

काठमाडौं– नेपाली तेक्वान्दो खेलाडी अदिश खड्का जापान र अस्ट्रेलियामा हुने अन्तर्राष्ट्रिय ओपन तेक्वान्दो च्याम्पियनसिपहरूमा प्रतिस्पर्धा गर्ने भएका छन्। अदिशले यसै अप्रिलमा जापानको ओसाकामा हुने जापान वाटा ओपन र आगामी मे महिनामा अस्ट्रेलियाको गोल्ड कोस्टमा हुने गोल्ड कोस्ट ओपन तेक्वान्दो च्याम्पियनसिप मा सहभागिता जनाउने छन्। उनी दुवै प्रतियोगितामा पुरुष यू–१७ उमेर समूहको व्यक्तिगत पुम्से विधामा प्रतिस्पर्धा गर्नेछन्। जापान वाटा ओपन अप्रिल २५ देखि २७ तारिखसम्म आयोजना हुँदैछ। यस प्रतियोगितामा अदिशसँगै नेपालका अन्य खेलाडीहरूको पनि सहभागिता रहनेछ। त्यसपछि अदिश जापानबाटै मे ३ र ४ गते हुने गोल्ड कोस्ट ओपन मा सहभागी हुन अस्ट्रेलिया प्रस्थान गर्नेछन्। तेस्रो डान प्राप्त खेलाडी अदिश खड्काले दुबै…
Read More
एसियन ई–स्पोर्ट्स च्याम्पियनसिप वैशाखको अन्तिम साता हुने

एसियन ई–स्पोर्ट्स च्याम्पियनसिप वैशाखको अन्तिम साता हुने

काठमाडौं –  ई–स्पोर्ट्स संघ नेपालको आयोजनामा एसियन ई–स्पोर्ट्स च्याम्पियनसिप हुने भएको छ। संघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिता सम्बन्धी औपचारिक जानकारी दिएको हो। संघका अध्यक्ष अन्जन धमलाले सरकारको नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिएको योजनाअनुसार प्रतियोगिता वैशाखको अन्तिम साता सञ्चालन गर्न लागिएको जानकारी दिए। ‘ई–स्पोर्ट्स अन्तर्गत पब्जी मोबाइल खेल समावेश गरेर एसियाली स्तरको प्रतिस्पर्धा आयोजना गर्न लागिएको हो,’ अध्यक्ष धमलाले भने, ‘भर्चुअल एरिनामा एसियाका उत्कृष्ट गेमरलाई एकत्रित गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको हो।’ संघका अनुसार प्रतियोगिता वैशाख २६, २७ र २८ गते अनलाइनमार्फत सञ्चालन हुनेछ। वरिष्ठ उपाध्यक्ष हिमबिक्रम केसीका अनुसार नेपालसहित एसियाका १३ देशले प्रतियोगितामा सहभागिता जनाउने…
Read More
तेक्वान्दो टोली चीन प्रस्थान गर्ने

तेक्वान्दो टोली चीन प्रस्थान गर्ने

काठमाडौं – दुई फरक अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन ३ सदस्यीय नेपाली टोली सोमबार चीन प्रस्थान गर्ने भएको छ। टोलीमा दुई खेलाडीसहित एक प्रशिक्षक छन्। टोलीमा पुरुष ५८ केजी तौल वर्गमा सुमित विष्ट र ७४ केजी तौल वर्गमा आशिष भण्डारी प्रतिस्पर्धा गर्ने छन्। टोलीको प्रशिक्षकका रूपमा सयद हसन रेजा रहेका छन्। टोलीले पहिलो प्रतियोगिता वैशाख १० देखि ११ गतेसम्म चीनको ताइयानमा हुने सातौं डब्लुटी प्रेसिडेन्ट्स कप (एसियाली क्षेत्र) मा खेल्नेछ। दोस्रो प्रतियोगिता भने वैशाख १६ देखि १७ गतेसम्म बुक्सीमा आयोजना हुने १३ औं एसियाली क्लब तेक्वान्दो प्रतियोगिता हुनेछ। टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, कार्यकारी…
Read More
पदक विजेता बक्सिङ खेलाडीलाई नेपाल बक्सिङ महासंघको स्वागत

पदक विजेता बक्सिङ खेलाडीलाई नेपाल बक्सिङ महासंघको स्वागत

काठमाडौं, नेपाल – भुटानको राजधानी थिम्पु शहरमा सम्पन्न फोर नेसन्स कप बक्सिङ च्याम्पियनसिप को पदक विजेता नेपाली टोली स्वदेश फर्किएको छ। टोलीलाई स्वागत गर्न नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवाले, महासचिव मानबहादुर भण्डारी र अन्य पदाधिकारीहरूले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा गर्मी स्वागत गरेका थिए। महिला ५० केजी तौल समूहमा नेपालको आरती बम्जन ले भुटानका जामो जिग्दाल लाई ५–० अंकको फरकले पराजित गरी नेपाललाई पहिलो स्वर्ण पदक दिलाइन्। महिला ५२ केजी तौल समूहमा अस्मिता दुवाल ले भुटानकी डेमो नोर्नु लाई ५–० अंकले हराउँदै नेपाललाई दोस्रो स्वर्ण जिताइन्। यसैगरी, महिला ५४ केजी तौल समूहमा वर्षा श्रेष्ठ ले भुटानकी लामो तासी लाई ४–१ अंकको…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल