Skip to main content

Elite News Nepal

एसियन ई–स्पोर्ट्स च्याम्पियनसिप वैशाखको अन्तिम साता हुने

Advertisement

काठमाडौं –  ई–स्पोर्ट्स संघ नेपालको आयोजनामा एसियन ई–स्पोर्ट्स च्याम्पियनसिप हुने भएको छ। संघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिता सम्बन्धी औपचारिक जानकारी दिएको हो।

संघका अध्यक्ष अन्जन धमलाले सरकारको नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिएको योजनाअनुसार प्रतियोगिता वैशाखको अन्तिम साता सञ्चालन गर्न लागिएको जानकारी दिए।

‘ई–स्पोर्ट्स अन्तर्गत पब्जी मोबाइल खेल समावेश गरेर एसियाली स्तरको प्रतिस्पर्धा आयोजना गर्न लागिएको हो,’ अध्यक्ष धमलाले भने, ‘भर्चुअल एरिनामा एसियाका उत्कृष्ट गेमरलाई एकत्रित गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको हो।’

संघका अनुसार प्रतियोगिता वैशाख २६, २७ र २८ गते अनलाइनमार्फत सञ्चालन हुनेछ। वरिष्ठ उपाध्यक्ष हिमबिक्रम केसीका अनुसार नेपालसहित एसियाका १३ देशले प्रतियोगितामा सहभागिता जनाउने पक्का भइसकेको छ। सहभागी देशहरूमा मलेसिया, सिंगापुर, इन्डोनेसिया, भियतनाम, फिलिपिन्स, पाकिस्तान, बंगलादेश, कम्बोडिया, लाओस, लेबनान, मंगोलिया, श्रीलंका, र माल्दिभ्स छन्।

संघका सचिव आशिष दाहालले एसियाली देशहरूलाई निमन्त्रणा गरेर सहभागिता सुनिश्चित गरिएको जानकारी दिए। उनी एसियन इभेन्ट कमिटीका संयोजक समेत हुन्। दाहालका अनुसार प्रतियोगिताको तयारी तीव्र रूपमा अघि बढिरहेको छ र यसलाई भव्य रूपमा सम्पन्न गर्न संघ क्रियाशील छ।

प्रतियोगितामा कुल १० लाख रुपैयाँ पुरस्कार राशी राखिएको छ, जसमा शीर्ष ६ टिमले नगद पुरस्कार जित्नेछन्। पत्रकार सम्मेलनमा संघका उपाध्यक्ष कल्पदीप राई, सचिव बालकृष्ण केसी, सदस्यहरू घनश्याम ढुंगेल र सिजन भट्टराईलगायतको उपस्थिति थियो।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल