Skip to main content

Elite News Nepal

तेक्वान्दोका अदिशले अस्ट्रेलिया र जापानमा खेल्ने

Advertisement

काठमाडौं– नेपाली तेक्वान्दो खेलाडी अदिश खड्का जापान र अस्ट्रेलियामा हुने अन्तर्राष्ट्रिय ओपन तेक्वान्दो च्याम्पियनसिपहरूमा प्रतिस्पर्धा गर्ने भएका छन्।

अदिशले यसै अप्रिलमा जापानको ओसाकामा हुने जापान वाटा ओपन र आगामी मे महिनामा अस्ट्रेलियाको गोल्ड कोस्टमा हुने गोल्ड कोस्ट ओपन तेक्वान्दो च्याम्पियनसिप मा सहभागिता जनाउने छन्। उनी दुवै प्रतियोगितामा पुरुष यू–१७ उमेर समूहको व्यक्तिगत पुम्से विधामा प्रतिस्पर्धा गर्नेछन्।

जापान वाटा ओपन अप्रिल २५ देखि २७ तारिखसम्म आयोजना हुँदैछ। यस प्रतियोगितामा अदिशसँगै नेपालका अन्य खेलाडीहरूको पनि सहभागिता रहनेछ। त्यसपछि अदिश जापानबाटै मे ३ र ४ गते हुने गोल्ड कोस्ट ओपन मा सहभागी हुन अस्ट्रेलिया प्रस्थान गर्नेछन्।

तेस्रो डान प्राप्त खेलाडी अदिश खड्काले दुबै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई गौरव दिलाउने विश्वास व्यक्त गरेका छन्।

आइतबार जोरपाटीस्थित नामी इन्टरनेसनल कलेजले विशेष कार्यक्रमका बीच अदिशलाई बिदाइ गरेको थियो। कार्यक्रममा कलेजकी प्रिन्सिपल अनिशा पाण्डे लगायत शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। कलेजले अदिशको सफलताको शुभकामना व्यक्त गर्दै उनीप्रति गर्व व्यक्त गरेको छ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल