Elite News Nepal

आजको तस्वीर

रेडियन्ट, स्वर्णिम र इबीएले जिते ११ औं रेडियन्ट कपका उपाधि

रेडियन्ट, स्वर्णिम र इबीएले जिते ११ औं रेडियन्ट कपका उपाधि

काठमाडौं।स्युचाटारस्थित रेडियन्ट पब्लिक स्कूलको कोर्टमा सम्पन्न ११ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आयोजक रेडियन्ट पब्लिक, स्वर्णिम र इडेन ब्रिज एकेडेमी (इबीए) ले उपाधि हात पारेका छन्। सिनियर ब्वाइजतर्फको उपाधि आयोजक रेडियन्ट पब्लिक ले जित्यो। बुधबार भएको फाइनलमा रेडियन्टले पुष्पसदनलाई ४७–४१ ले पराजित गर्न सफल भयो। रेडियन्टका सुसनराज न्यौपानेले उत्कृष्ट प्रदर्शन गर्दै एक्लैले २२ अंक जोडे। सिनियर गल्र्सको फाइनलमा स्वर्णिमले उत्कृष्ट खेल प्रदर्शन गर्दै आयोजक रेडियन्टलाई २३–१० ले पराजित गर्‍यो। स्वर्णिमकी हिसी ल्हामु लामा ११ स्कोरसहित टिमको जितकी मुख्य आधार बनिन्। जुनियर ब्वाइजको उपाधि भने इडेन ब्रिज एकेडेमी (इबीए) ले जित्यो। रोमाञ्चक फाइनलमा इबीएले ग्रिनफिल्ड नेसनल स्कुललाई २१–१७ ले पाखा…
Read More
मलेसियामा हुने एशियन डजबल च्याम्पियनसिपका लागि नेपाली टोली जाँदै

मलेसियामा हुने एशियन डजबल च्याम्पियनसिपका लागि नेपाली टोली जाँदै

काठमाडौं- नेपालले आगामी मंसिर ४ देखि ७ गतेसम्म मलेसियामा आयोजना हुने एशियन डजबल च्याम्पियनसिप–२०२५ मा पहिलोपटक सहभागिता जनाउन लागेको छ। मलेसियन एसोसिएसन अफ डजबलको आयोजनामा हुने यस महत्त्वपूर्ण प्रतियोगितामा सहभागी हुने उद्देश्यले १८ सदस्यीय नेपाली राष्ट्रिय डजबल टोली मङ्गलवार मलेसिया प्रस्थान गर्दैछ। यो सहभागितालाई नेपाली डजबल खेलको इतिहासमा ठूलो उपलब्धिको रूपमा हेरिएको छ। टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंक लाल घिसिङले बिदाइ समारोहमार्फत शुभकामना सहित बिदाइ गरेका थिए। उनले पहिलो ऐतिहासिक सहभागिताले नेपालमा डजबल खेलको वृद्धि, लोकप्रियता र अन्तर्राष्ट्रिय उपस्थितिलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे। प्रतियोगिताका लागि नेपाली टोलीलाई विभिन्न निजी क्षेत्रका संस्थाहरूले सहयोग गरेका छन्। जर्सी…
Read More
आरसीएचजी र उदयिमान युवा गल्फर अवानीबीच सम्झौता

आरसीएचजी र उदयिमान युवा गल्फर अवानीबीच सम्झौता

काठमाडौं — रोटरी क्लब अफ हिमालयन गल्फर्स (आरसीएचजी) र उदयिमान युवा गल्फर अवानी राईबीच बुधबार सम्झौता भएको छ। व्यावसायिक गल्फ तालिम तथा अध्ययनका लागि अवानीको अभिभावक मनोज खालिङ र क्लबका अध्यक्ष दमन घलेबीच सम्झौता भएको हो। सम्झौता अनुसार, आरसीएचजीले अवानीलाई भारतको बेंगलोरस्थित तरुण सरदेसाई गल्फ एकेडेमीमा एक वर्षको प्रशिक्षण छात्रवृत्ति प्रदान गर्नेछ। सो अवधिमा उनको अध्ययन पनि सँगै अघि बढाइनेछ। अवानीको तालिम र अध्ययनमा लाग्ने कुल खर्च मध्ये ८० प्रतिशत आरसीएचजीले र बाँकी २० प्रतिशत परिवारले व्यहोर्नेछ। यो छात्रवृत्ति आरसीएचजीको प्रमुख परियोजना “गल्फ फर अल” अन्तर्गतको पहिलो कार्यक्रम हो। यस कार्यक्रमको उद्देश्य देशभरका युवाहरू, विशेषगरी महिलाहरूलाई गल्फ खेलप्रति आकर्षित गर्दै…
Read More
मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस कात्तिक १८ देखि

मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस कात्तिक १८ देखि

काठमाडौं— होटल मिस्टिक माउन्टेनको आयोजनामा मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिता आगामी कात्तिक १८ गतेदेखि सुरु हुने भएको छ। प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यका अनुसार सात उमेर समूह र दुई खुला गरी जम्मा १६ स्पर्धामा करिब २०० खेलाडीले सहभागिता जनाउनेछन्। प्रतियोगितामा यू–८, यू–९, यू–१०, यू–१२, यू–१४ र यू–१६ का बालक तथा बालिका सिंगल्स, साथै यू–१६ बालक तथा बालिका डबल्समा प्रतिस्पर्धा हुनेछ।खुला वर्गमा पुरुष र महिला सिंगल्सका खेल हुनेछन्। दोस्रो संस्करणको प्रतियोगितामा उमेरसमूहका स्पर्धालाई निरन्तरता दिँदै खुला वर्गका प्रतिस्पर्धा थप गरिएको हो। सबै स्पर्धामा नगद पुरस्कार राखिएको आयोजकले जनाएको छ। नेपाल टेनिस संघको सहयोग र जुनियर टेनिस इनिसिएटिभ (JTI) को संयोजनमा आयोजना…
Read More
एथलेटिक्स टोली भारत जाने

एथलेटिक्स टोली भारत जाने

काठमाडौं – भारतको राँचीमा हुने दक्षिण एसियाली सिनियर एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन ३० सदस्यीय नेपाली टोली बुधबार भारत प्रस्थान गर्ने भएको छ। प्रतियोगिता अक्टोबर २४ देखि २६ तारिखसम्म चल्नेछ। नेपाल एथलेटिक्स संघका अनुसार प्रतियोगितामा २६ जना खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने छन्। सहभागी खेलाडीहरूमा मुकेश पाल, राजन रोकाया, सोम कुमाल, सलिन देवान, सन्तोषी श्रेष्ठ, पूर्णलक्ष्मी न्यौपाने, सुशील केसी, शिवराज पार्की, अरुण महतो, रामचन्द्र थारु, तिलक विक, युवराज विक, गणेशसिंह रावत, नागेश्वर ऐर, चन्द्रदेव जोशी, प्रवीण राना, बसन्ती चौधरी, सिमाकुमारी थारु, जयरानी थारु, सिता शाही, सर्मिलाकुमारी थारु, सरस्वती चौधरी, रन्जिता अधिकारी, डिना गोपाली र नारायणी भण्डारी रहेका छन्। टोलीको नेतृत्व व्यवस्थापक…
Read More
प्रहरी श्रीमती संघद्वारा स्वर्ण पदक विजेता एरिका गुरुङ सम्मानित

प्रहरी श्रीमती संघद्वारा स्वर्ण पदक विजेता एरिका गुरुङ सम्मानित

काठमाडौं, असोज २६ – अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा ऐतिहासिक स्वर्ण पदक जितेकी एरिका गुरुङलाई नेपाल प्रहरी श्रीमती संघले नगदसहित सम्मान गरेको छ। गत असोज १७ देखि १९ सम्म मलेसियाको क्वालालम्पुरमा सम्पन्न डब्लुकेएफ कराते वान सिरिज ‘ए’ मा एरिकाले नेपालका लागि पहिलोपटक स्वर्ण पदक जितेकी थिइन्। यस उल्लेखनीय उपलब्धिको कदर गर्दै नेपाल प्रहरी श्रीमती संघले आइतबार भृकुटीमण्डपस्थित कार्यालयमा आयोजित कार्यक्रममा एरिकालाई २५ हजार पाँच सय ५५ रुपैयाँसहित दोसल्ला र सम्मानपत्र प्रदान गरेको हो। संघकी अध्यक्ष भावना श्रेष्ठ खापुङले एरिकालाई सम्मान गर्दै नेपाल प्रहरी परिवारले एरिकाको उपलब्धिमा गर्व महसुस गरेको बताइन्। सो अवसरमा संघले नेपाली राष्ट्रिय कराते टोलीका प्रशिक्षक तथा १३औं दक्षिण एसियाली…
Read More
घमबहादुर थापा दोश्रोपटक आईटीएफ विश्व च्याम्पियनसिपमा निर्णायक

घमबहादुर थापा दोश्रोपटक आईटीएफ विश्व च्याम्पियनसिपमा निर्णायक

काठमाडौं—अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) का अन्तर्राष्ट्रिय अम्पायर घमबहादुर थापाले इटालीको जेसोलोमा सम्पन्न २३औं आईटीएफ तेक्वान्दो विश्व च्याम्पियनसिपमा निर्णायकको जिम्मेवारी सम्हालेका छन्। अक्टोबर ३ देखि सुरु भई आइतबार सम्पन्न उक्त प्रतियोगितामा थापालाई आईटीएफ अम्पायर कमिटीले निर्णायकका रूपमा मनोनीत गरेको थियो। सो प्रतियोगिताका लागि विभिन्न देशका ८० जना अम्पायर छनोट गरिएका थिए, जसमा थापा पनि एक थिए। नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका महासचिव समेत रहेका थापा यसअघि सन् २०१९ मा बुल्गेरियामा सम्पन्न २१औं आईटीएफ विश्व च्याम्पियनसिपमा पनि निर्णायकको रूपमा सहभागी भएका थिए। थापाले यसअघि दक्षिण एसियाली, एसियाली, विश्व कप र विभिन्न महादेशीय प्रतियोगिताहरूमा समेत निर्णायकको भूमिका निर्वाह गरिसकेका छन्।
Read More
स्वर्ण विजेता एरिका गुरुङलाई प्रहरीको सम्मान

स्वर्ण विजेता एरिका गुरुङलाई प्रहरीको सम्मान

काठमाडौं— नेपाल प्रहरीले शुक्रबार अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण पदक जितेकी एरिका गुरुङलाई विशेष रूपमा सम्मान गरेको छ। विश्व कराते महासंघ (WKF)को आयोजनामा असोज १७ देखि १९ गतेसम्म मलेसियाको क्वालालम्पुरमा सम्पन्न "डब्लुकेएफ कराते वान सिरिज ‘ए’" मा एरिकाले नेपालका लागि ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन्। एरिकाले महिला कुमिते ६८ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा गर्दै उत्कृष्ट प्रदर्शन गरेकी थिइन्। उनले पहिलो चरणमा ट्युनिसियाकी मसाक्नी टेस्निम, दोस्रो चरणमा चेक रिपब्लिककी हाकोभा अमाली, र फाइनलमा पोल्यान्डकी डेनिस्जेव्स्का जुलियालाई पराजित गर्दै स्वर्ण पदक जितेकी हुन्। सेमिफाइनलमा उनले अमालीलाई ७–० को फराकिलो अन्तरले हराएकी थिइन् भने फाइनलमा मसाक्नीलाई २–० ले पराजित गर्दै स्वर्ण जितेकी हुन्। यो…
Read More
प्रताप तामाङको नेतृत्वमा बागमती प्रदेश डजबल संघको तदर्थ समिति गठन

प्रताप तामाङको नेतृत्वमा बागमती प्रदेश डजबल संघको तदर्थ समिति गठन

काठमाडौं । बिहीबार बागमती प्रदेश डजबल संघको तदर्थ समिति गठन गरिएको छ। नेपाल डजबल महासंघ तदर्थ समितिका संयोजक अरुण तिमल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ९ सदस्यीय तदर्थ समिति चयन गरिएको हो। उक्त भेलाबाट तदर्थ समितिको संयोजकमा प्रताप तामाङ चयन भएका छन् भने सदस्यहरूमा दीपा गुरुङ, शोभा श्रेष्ठ, राम सरन प्याकुरेल, राजाराम पण्डित क्षेत्री, सानु महार्जन, देबराज लामा तामाङ, विकास अधिकारी र रुद्रबहादुर चौहान रहेका छन्। कार्यक्रममा बोल्दै नेपाल डजबल महासंघ तदर्थ समितिका संयोजक अरुण तिमल्सिनाले डजबल खेललाई अनुशासन, सहयोग र आत्मविश्वासको प्रतीक बताउँदै यसले खेलाडीमात्र नभई समाजलाई समेत सकारात्मक योगदान गर्ने उल्लेख गरे। उनले भने, “डजबलले युवामाझ नेतृत्व क्षमता र…
Read More
कोशी प्रदेश डजबल संघ संस्थागत यात्रामा

कोशी प्रदेश डजबल संघ संस्थागत यात्रामा

कोशी प्रदेश, विराटनगर । थानेश्वर ढकालको अध्यक्षतामा कोशी प्रदेश डजबल संघ औपचारिक रूपमा कोशी प्रदेश खेलकुद विकास बोर्डमा दर्ता भएको छ। शुक्रबार सम्पन्न संघको प्रथम साधारण सभा तथा निर्वाचनमा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य प्रदीप भगतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। ढकालको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो। सोमबार एक विशेष समारोहका बीच कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य–सचिव कृष्ण बस्नेतले नव निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र हस्तान्तरण गरे। यसअघि २०८२ साल जेठ १३ गते कोशी प्रदेश डजबल संघको तदर्थ समिति गठन भएको थियो। तदर्थ समितिको सक्रियताले संघलाई छोटो समयमा संस्थागत गर्दै दर्तासम्म पुर्‍याएको हो। निर्वाचित पदाधिकारीहरूमा अध्यक्ष ढकालसँगै…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल