Skip to main content

Elite News Nepal

रेडियन्ट, स्वर्णिम र इबीएले जिते ११ औं रेडियन्ट कपका उपाधि

Advertisement

काठमाडौं।
स्युचाटारस्थित रेडियन्ट पब्लिक स्कूलको कोर्टमा सम्पन्न ११ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आयोजक रेडियन्ट पब्लिक, स्वर्णिम र इडेन ब्रिज एकेडेमी (इबीए) ले उपाधि हात पारेका छन्।

सिनियर ब्वाइजतर्फको उपाधि आयोजक रेडियन्ट पब्लिक ले जित्यो। बुधबार भएको फाइनलमा रेडियन्टले पुष्पसदनलाई ४७–४१ ले पराजित गर्न सफल भयो। रेडियन्टका सुसनराज न्यौपानेले उत्कृष्ट प्रदर्शन गर्दै एक्लैले २२ अंक जोडे।

सिनियर गल्र्सको फाइनलमा स्वर्णिमले उत्कृष्ट खेल प्रदर्शन गर्दै आयोजक रेडियन्टलाई २३–१० ले पराजित गर्‍यो। स्वर्णिमकी हिसी ल्हामु लामा ११ स्कोरसहित टिमको जितकी मुख्य आधार बनिन्।

जुनियर ब्वाइजको उपाधि भने इडेन ब्रिज एकेडेमी (इबीए) ले जित्यो। रोमाञ्चक फाइनलमा इबीएले ग्रिनफिल्ड नेसनल स्कुललाई २१–१७ ले पाखा लगायो। इबीएका दिगविजय पुरीले ४ अंक बटुले।

प्रतियोगिताका तीन विधामा ‘मोस्ट भ्यालुएबल प्लेयर (MVP)’ चयन गरिए:
सिनियर ब्वाइज : सुसनराज न्यौपाने (रेडियन्ट)
सिनियर गल्र्स : ओजस्वी बोहरा (स्वर्णिम)
जुनियर ब्वाइज : दिगविजयी पुरी (इबीए)

अनुशासित टिमको ट्रफी सिनियर ब्वाइजमा आनन्दकुटी, सिनियर गल्र्समा न्यु जेनिथ, र जुनियर ब्वाइजमा गोल्डेन फ्लावर ले प्राप्त गरे।

विजेता तथा उपविजेता टिमलाई प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारी, काठमाडौं प्याब्सनका अध्यक्ष नवराज भट्ट, बागमती प्रदेश प्याब्सनका अध्यक्ष मुरारीप्रकाश सन्जेल, रेडियन्टका अध्यक्ष प्रभाकुमार पौडेल, प्रिन्सिपल सूर्यबहादुर केसीलगायतको उपस्थितिमा एक समारोहबीच पुरस्कार वितरण गरियो।

मंसिर १ गतेदेखि सुरु प्रतियोगितामा सिनियर ब्वाइजमा २५ टिम, भने सिनियर गल्र्स र जुनियर ब्वाइजमा समान १२–१२ टिम सहभागी भएका थिए।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल