Skip to main content

Elite News Nepal

आरसीएचजी र उदयिमान युवा गल्फर अवानीबीच सम्झौता

Advertisement

काठमाडौं — रोटरी क्लब अफ हिमालयन गल्फर्स (आरसीएचजी) र उदयिमान युवा गल्फर अवानी राईबीच बुधबार सम्झौता भएको छ। व्यावसायिक गल्फ तालिम तथा अध्ययनका लागि अवानीको अभिभावक मनोज खालिङ र क्लबका अध्यक्ष दमन घलेबीच सम्झौता भएको हो।

सम्झौता अनुसार, आरसीएचजीले अवानीलाई भारतको बेंगलोरस्थित तरुण सरदेसाई गल्फ एकेडेमीमा एक वर्षको प्रशिक्षण छात्रवृत्ति प्रदान गर्नेछ। सो अवधिमा उनको अध्ययन पनि सँगै अघि बढाइनेछ। अवानीको तालिम र अध्ययनमा लाग्ने कुल खर्च मध्ये ८० प्रतिशत आरसीएचजीले र बाँकी २० प्रतिशत परिवारले व्यहोर्नेछ।

यो छात्रवृत्ति आरसीएचजीको प्रमुख परियोजना “गल्फ फर अल” अन्तर्गतको पहिलो कार्यक्रम हो। यस कार्यक्रमको उद्देश्य देशभरका युवाहरू, विशेषगरी महिलाहरूलाई गल्फ खेलप्रति आकर्षित गर्दै अवसर सिर्जना गर्नु हो।

कार्यक्रममा अध्यक्ष दमन घलेले उक्त सम्झौता नेपालका युवा प्रतिभामा लगानी गर्ने आरसीएचजीको प्रतिबद्धताको प्रतीक भएको बताए। उनले भने,

“यो साझेदारी अवानीको सम्भावना र नेपाली गल्फको उज्ज्वल भविष्यप्रति हाम्रो विश्वासको अभिव्यक्ति हो।”

अवानीका पिता मनोज खालिङले क्लबप्रति आभार व्यक्त गर्दै भने,

“हामी रोटरी क्लब अफ हिमालयन गल्फर्स प्रति हृदयदेखि आभारी छौं, जसले अवानीको समर्पणलाई पहिचान गरेर उसको सपना पूरा गर्न सहयोग गरेको छ।”

आरसीएचजीले आगामी नोभेम्बर १ मा गोकर्ण फरेस्ट रिसोर्टमा “द हिमालयन स्विङ ओपन २०२५” च्यारिटी गल्फ प्रतियोगिता आयोजना गर्दैछ। यही प्रतियोगिताबाट क्लबले ४० देखि ५० लाख रकम संकलन गर्ने योजना बनाएको छ।

क्लबकी निर्वाचित अध्यक्ष आरती आरएल राणाले सम्झौता हस्ताक्षरले गल्फ क्षेत्रमा महिलाको सशक्तीकरणतर्फ क्लबको दीर्घकालीन दृष्टिकोणलाई अझ बलियो बनाएको बताइन्। उनले भनिन्,

“यो साझेदारी केवल आर्थिक सहयोग मात्र होइन, सम्भावनामा विश्वास गर्ने हाम्रो दृष्टिकोणको प्रतिबिम्ब हो।”

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल