Skip to main content

Elite News Nepal

मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस कात्तिक १८ देखि

Advertisement


काठमाडौं— होटल मिस्टिक माउन्टेनको आयोजनामा मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिता आगामी कात्तिक १८ गतेदेखि सुरु हुने भएको छ।

प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यका अनुसार सात उमेर समूह र दुई खुला गरी जम्मा १६ स्पर्धामा करिब २०० खेलाडीले सहभागिता जनाउनेछन्। प्रतियोगितामा यू–८, यू–९, यू–१०, यू–१२, यू–१४ र यू–१६ का बालक तथा बालिका सिंगल्स, साथै यू–१६ बालक तथा बालिका डबल्समा प्रतिस्पर्धा हुनेछ।
खुला वर्गमा पुरुष र महिला सिंगल्सका खेल हुनेछन्।

दोस्रो संस्करणको प्रतियोगितामा उमेरसमूहका स्पर्धालाई निरन्तरता दिँदै खुला वर्गका प्रतिस्पर्धा थप गरिएको हो। सबै स्पर्धामा नगद पुरस्कार राखिएको आयोजकले जनाएको छ।

नेपाल टेनिस संघको सहयोग र जुनियर टेनिस इनिसिएटिभ (JTI) को संयोजनमा आयोजना हुने प्रतियोगिताको कुल पुरस्कार राशी रु. २ लाख ७८ हजार रहेको छ। यो अघिल्लो संस्करणको पुरस्कार राशी रु. १ लाख ११ हजार भन्दा दोब्बर बढी हो।

प्रतियोगिताका खेलहरू सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा आयोजना गरिने छन्, र प्रतियोगिता कात्तिक २२ गतेसम्म चल्नेछ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल