Skip to main content

Elite News Nepal

आजको तस्वीर

बागमती गोल्डकप आजदेखि सुरु, विजेतालाई १० लाख नगद पुरस्कार

बागमती गोल्डकप आजदेखि सुरु, विजेतालाई १० लाख नगद पुरस्कार

मकवानपुर। मकवानपुरको बागमती गाउँपालिकामा आयोजना हुने सातौं बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता शनिबारदेखि सुरु हुँदैछ। बागमती गाउँपालिका, झुरझुरे स्थित सहिद स्मृति रंगशालामा हुने उद्घाटन खेलमा मोफसलको बागमती युथ क्लब सर्लाही र बागमती गाउँपालिका खेलकुद विकास समिति प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा ए डिभिजन क्लबहरूमध्ये डिफेन्डिङ च्याम्पियन मछिन्द्र फुटबल क्लब, संकटा क्लब, थ्री स्टार क्लब, त्रिभुवन आर्मी, एफिएफ क्लब, र चर्च ब्वाईज क्लबले प्रतिस्पर्धा गर्नेछन्। आयोजक बागमती गाउँपालिका सहित मोफसलका थप तीन क्लबहरू समेत प्रतियोगितामा सहभागी हुनेछन्। प्रतियोगिताको विजेता टोलिले नगद १० लाख रुपैयाँ पुरस्कारका साथ ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख नगद पुरस्कार जित्नेछ। सर्वोत्कृष्ट खेलाडीलाई नगद १ लाख १ हजार…
Read More
पोखरामा पीस रन टोलीलाई भव्य स्वागत, अल्फा बोर्डिङ स्कुलद्वारा विशेष सम्मान

पोखरामा पीस रन टोलीलाई भव्य स्वागत, अल्फा बोर्डिङ स्कुलद्वारा विशेष सम्मान

पोखरा – अन्तर्राष्ट्रिय स्तरको पीस रन टोली लाई शुक्रबार पोखराको अल्फा बोर्डिङ स्कुलले विशेष स्वागत तथा सम्मान कार्यक्रम आयोजना गर्दै भव्य रुपमा सम्मान गरेको छ। शनिबार आयोजना हुने सफल म्याराथन मा सहभागिता जनाउन पोखरा आइपुगेको टोलीलाई बिहान ११ बजे विद्यालयमा औपचारिक स्वागत गरिएको थियो। सो अवसरमा अमेरिका, अष्ट्रेलिया, जापान, चीन, लाटभिया, जर्मनी लगायत १४ विभिन्न देशका प्रतिनिधिहरू को उपस्थिति रहेको विद्यालयका सहप्राचार्य कृष्ण लम्साल ले जानकारी दिए। टोलीले लामाचौर चोक हुँदै पीस ¥याली सहित विद्यालय प्रवेश गरेको थियो। समाज तथा विद्यालयमा शान्ति, एकता तथा भाइचारा फैलाउने उद्देश्यले टोलीले विभिन्न सन्देशमूलक कार्यक्रम प्रस्तुत गर्यो। कार्यक्रममा नव आदर्श सामुदायिक विकास संस्थाका नवनिर्वाचित…
Read More
‘भाइरल गोर्खे’को फस्र्टलुक सार्वजनिक, प्रदर्शन मिति घोषणा

‘भाइरल गोर्खे’को फस्र्टलुक सार्वजनिक, प्रदर्शन मिति घोषणा

काठमाडौं। निर्देशक निगम श्रेष्ठको नयाँ चलचित्र ‘भाइरल गोर्खे’को फस्र्टलुक सार्वजनिक गरिएको छ, र यसको प्रदर्शन मिति पनि घोषणा गरिएको छ। आगामी वर्षको जेठ ३० गतेबाट प्रदर्शनमा आउने यो चलचित्रको पोस्टर सार्वजनिक गर्दै निर्माता र कलाकारहरूले यसका बारेमा जानकारी दिएका छन्। सार्वजनिक गरिएको पोस्टरमा अभिनेता सौगात मल्ललाई भाइरल भएपछि सामाजिक सञ्जालमा लाइभ जाँदा देखाइएको छ। अर्को पोस्टरमा, उनले अभिनेत्री सृष्टि श्रेष्ठसँग रोमान्टिक अवतारमा पनि प्रस्तुत भएका छन्। यो चलचित्र नेपालमा भाइरल प्रवृत्तिलाई व्यंग गर्दै बनाइएको देखिन्छ। निर्देशक निगम श्रेष्ठका अनुसार, "नेपालमा सामाजिक सञ्जालको प्रयोग र प्रभाव बढ्दै जाँदा, यो प्रवृत्ति अझ बढी देखिन थालेको छ। हाम्रो चलचित्र यसैको प्रभाव र असरलाई…
Read More
चिनियाँ नयाँ वर्षको अवसरमा नेपाल र चीन बीच मैत्रीपूर्ण फुटबल खेल

चिनियाँ नयाँ वर्षको अवसरमा नेपाल र चीन बीच मैत्रीपूर्ण फुटबल खेल

काठमाडौं, १४ फेब्रुअरी – भोलि (शनिबार) काठमाडौंमा नेपाली युवा टोली र चीनको युनान युवा टोली बीच मैत्रीपूर्ण फुटबल खेलको तयारी पूरा भएको छ। शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा खेलको सम्पूर्ण तयारीको जानकारी दिइएको हो। पत्रकार सम्मेलनमा नेपाली युवा टोलीका कोच, राजेश शाहीले आफ्नो टोलीको प्रदर्शन प्रति आशावादी रहेको कुरा व्यक्त गर्दै भने, "हाम्रो युवा टोलीले उत्कृष्ट खेल प्रदर्शन गर्दै, यसभन्दा माथि आफ्नो स्तरलाई उकास्ने विश्वास हामीलाई छ।" चिनियाँ नयाँ वर्षको अवसरमा, अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना र चिनियाँ दूतावासको सहयोगमा यो मैत्रीपूर्ण फुटबल खेल आयोजना हुँदैछ। खेलको सबै प्रविधिक पक्षको जिम्मेवारी एन्फा लिने भने, मार्केटिङ, ब्रोडकास्टिङ र टिकेटिङ…
Read More
मन्त्रीमाथि निराधार आरोप, स्वास्थ्य मन्त्रालयले दियो स्पष्टिकरण

मन्त्रीमाथि निराधार आरोप, स्वास्थ्य मन्त्रालयले दियो स्पष्टिकरण

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य उपकरण खरिद प्रक्रियामा मन्त्रीको कुनै भूमिका नरहने स्पष्ट पारेको छ। केही अनलाइन मिडियाले स्वास्थ्य सेवा विभागद्वारा प्रक्रियामा रहेको उपकरण खरिदलाई स्वास्थ्य मन्त्री प्रदीप पौडेलसँग जोडेर अनावश्यक समाचार प्रकाशित गरेको भन्दै मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरेको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीद्वारा जारी विज्ञप्तिमा सार्वजनिक खरिद ऐनअनुसार खरिद प्रक्रियामा सम्बन्धित विभागीय प्रमुख नै जिम्मेवार रहने उल्लेख गरिएको छ। कानून पालना नभएको अवस्थामा सो को जिम्मेवारी सम्बन्धित कर्मचारीको हुने प्रावधान स्पष्ट पार्दै मन्त्रालयले मन्त्री र पदाधिकारीमाथि निराधार आरोप लगाउनु पत्रकारिताको सिद्धान्त, मर्म र भावनाविपरीत रहेको बताएको छ। मन्त्रालयले केही समययता अघि बढाइएका सुधारका कामलाई ओझेलमा…
Read More
केशव पाण्डेको डेब्यु निर्देशन ‘११:५५’ को पोस्टर सार्वजनिक

केशव पाण्डेको डेब्यु निर्देशन ‘११:५५’ को पोस्टर सार्वजनिक

काठमाडौं । आगामी चैत्र ८ गते प्रदर्शनमा आउने नेपाली क्राइम थ्रिलर सिनेमा ‘११ः५५’ (Do Not Trust Anyone) को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ। बुधबार सिनेमाका मुख्य पाँच पात्रहरूको लुक्स सार्वजनिक गरिएको हो। यस सिनेमामा सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, एमएस अग्रज, र नवअभिनेता सागर खनाल मुख्य भूमिकामा छन्। पोस्टरमा उनीहरूलाई उनीहरूले निर्वाह गर्ने चरित्रअनुसार प्रस्तुत गरिएको छ, जसले सिनेमाको रहस्यात्मक पक्ष झल्काउँछ। डेब्यु निर्देशक केशव पाण्डे द्वारा निर्देशित यस सिनेमामा एमएस अग्रज र शेखर ज्ञवाली को सहलेखन रहेको छ। क्राइम थ्रिलर विधामा निर्माण भएको यो चलचित्रको संगीत अल्मोडा राना उप्रेती ले तयार गरेका छन् भने, कोरियोग्राफी कबिराज गहतराज, द्धन्द्व…
Read More
नेपाल पुलिस क्लबको शानदार प्रदर्शन, चर्च ब्वाइजलाई हराउँदै फाइनलमा

नेपाल पुलिस क्लबको शानदार प्रदर्शन, चर्च ब्वाइजलाई हराउँदै फाइनलमा

पोखरा । नेपाल पुलिस क्लब २४औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बुधबार पोखरा रंगशालामा भएको सेमिफाइनल खेलमा पुलिस क्लबले चर्च ब्वाइज युनाइटेडलाई १–० ले पराजित गर्दै उपाधि यात्रालाई एक कदम नजिक पुर्‍याएको हो। नेपाल पुलिस क्लब आहा रारा पोखरा गोल्डकपको सफल टोलीमध्ये एक मानिन्छ। यसअघि, पुलिस क्लब र मनाङ मस्र्याङ्दी क्लबले समान ६ पटक उपाधि जितेका छन्। मनाङले सर्वाधिक १० पटक फाइनल खेल्ने टोलीको कीर्तिमान बनाएको छ। अब पुलिस क्लबले उपाधिका लागि शनिबार फाइनल खेल्नेछ। पुलिसको प्रतिद्वन्द्वी सेमिफाइनलको अर्को खेल, जसमा थ्री स्टार क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी भिड्नेछन्, त्यसको विजेतासँग हुने छ। शनिबारको…
Read More
सेमिफाइनल तय! टाइम्स ‘ए’, राइभल इन्डिया, होउन्ड्स ‘ए’ र राइभल पाकिस्तान अन्तिम चारमा

सेमिफाइनल तय! टाइम्स ‘ए’, राइभल इन्डिया, होउन्ड्स ‘ए’ र राइभल पाकिस्तान अन्तिम चारमा

काठमाडौं । नेपाल बास्केटबल संघ र थ्री बाई थ्री नेपालको आयोजनामा जारी अन्तर्राष्ट्रिय थ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा भएको छ। टाइम्स ‘ए’, राइभल इन्डिया, होउन्ड्स ‘ए’ र राइभल पाकिस्तान अन्तिम चारमा प्रवेश गर्न सफल भएका छन्। क्वार्टरफाइनलमा टाइम्स ‘ए’ ले गोल्डेनगेट इन्टरनेसनल कलेज ‘ए’ लाई पराजित गर्यो भने, राइभल इन्डियाले आर्मी ‘ए’ माथि जित निकाल्यो। त्यस्तै, होउन्ड्स ‘ए’ ले आर्मी ‘बी’ लाई हरायो भने राइभल पाकिस्तानले एसवाइएमलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो। अब, सेमिफाइनलमा टाइम्स ‘ए’ र राइभल इन्डिया आमनेसामने हुनेछन् भने होउन्ड्स ‘ए’ र राइभल पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कोर्टमा…
Read More
म्याग्दे गाउँपालिकाद्वारा दोस्रो अध्यक्ष कप २०८१ को घोषणा

म्याग्दे गाउँपालिकाद्वारा दोस्रो अध्यक्ष कप २०८१ को घोषणा

पोखरा। तनहुँको म्याग्दे गाउँपालिकाले आगामी फागुन १३ गतेदेखि दोस्रो अध्यक्ष कप २०८१ आयोजना गर्ने भएको छ। बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा गाउँपालिकाले प्रतियोगिताको विस्तृत जानकारी गराएको हो। 'स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद' भन्ने नारासहित आयोजना हुन लागेको अध्यक्ष कप अन्तर्गत गण्डकी प्रदेशभित्रका पालिकास्तरीय ११ 'ए' साइड पुरुष फुटबल, तनहुँ जिल्लास्तरीय 'सी' लेभल ब्याडमिन्टन तथा म्याग्दे गाउँपालिका वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता समावेश छन्। गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठका अनुसार नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको पालिकास्तरीय फुटबल प्रतियोगिता म्याग्दे–५ छाङ्ग पाटन खेलमैदानमा हुनेछ। प्रतियोगिताका विजेताले ३ लाख तथा उपविजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। साथै,…
Read More
केपी ओली कपको रंग जम्दै, कलाकार टोलीको शानदार जित

केपी ओली कपको रंग जम्दै, कलाकार टोलीको शानदार जित

काठमाडौं, फागुन ११ – तेस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिताको तयारी स्वरूप शुक्रबार काठमाडौंमा भएको मैत्रीपूर्ण खेलमा कलाकार टोलीले राजनीतिज्ञ टोलीलाई ४–१ को फराकिलो अन्तरले पराजित गरेको छ। राष्ट्रिय युवा संघ नेपालले लैनचौरस्थित एनसेल खेल मैदानमा आयोजना गरेको यो मैत्रीपूर्ण खेलमा राजनीतिज्ञ टोलीका कप्तान क्षितिज थेबे थिए भने कलाकार टोलीको नेतृत्व बद्री पंगेनीले गरेका थिए। खेल अवधिभर कलाकार टोलीले उत्कृष्ट प्रदर्शन गर्दै विपक्षीलाई दबाबमा राख्यो। अन्ततः, चार गोल गर्दै कलाकार टोलीले सहज जित हात पार्यो, जबकि राजनीतिज्ञ टोलीले एक मात्र सान्त्वना गोल गर्न सक्यो। तेस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिता फागुन ११ देखि १९ गतेसम्म काठमाडौंमा आयोजना हुने…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल