Skip to main content

Elite News Nepal

पोखरामा पीस रन टोलीलाई भव्य स्वागत, अल्फा बोर्डिङ स्कुलद्वारा विशेष सम्मान

Advertisement

पोखरा – अन्तर्राष्ट्रिय स्तरको पीस रन टोली लाई शुक्रबार पोखराको अल्फा बोर्डिङ स्कुलले विशेष स्वागत तथा सम्मान कार्यक्रम आयोजना गर्दै भव्य रुपमा सम्मान गरेको छ।

शनिबार आयोजना हुने सफल म्याराथन मा सहभागिता जनाउन पोखरा आइपुगेको टोलीलाई बिहान ११ बजे विद्यालयमा औपचारिक स्वागत गरिएको थियो। सो अवसरमा अमेरिका, अष्ट्रेलिया, जापान, चीन, लाटभिया, जर्मनी लगायत १४ विभिन्न देशका प्रतिनिधिहरू को उपस्थिति रहेको विद्यालयका सहप्राचार्य कृष्ण लम्साल ले जानकारी दिए।

टोलीले लामाचौर चोक हुँदै पीस ¥याली सहित विद्यालय प्रवेश गरेको थियो। समाज तथा विद्यालयमा शान्ति, एकता तथा भाइचारा फैलाउने उद्देश्यले टोलीले विभिन्न सन्देशमूलक कार्यक्रम प्रस्तुत गर्यो।

कार्यक्रममा नव आदर्श सामुदायिक विकास संस्थाका नवनिर्वाचित अध्यक्ष दिनेश भण्डारी, कोपिला आमा समूहकी अध्यक्ष शान्ति अधिकारी, स्थानीय सुरक्षा निकायका प्रतिनिधिहरू तथा विभिन्न संघसंस्थाका विशिष्ट व्यक्तित्वहरू आमन्त्रित थिए।

अल्फा बोर्डिङ स्कुलका प्राचार्य सुरेन्द्र मानसिंह भण्डारी ले विद्यालयले सामाजिक सद्भावलाई प्रवर्द्धन गर्ने यस्ता कार्यक्रमहरू आगामी दिनहरूमा पनि निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।

विद्यालयका सहप्राचार्य कृष्ण लम्साल को सञ्चालनमा सम्पन्न कार्यक्रमलाई पीस रन टिमकी श्वेता प्रधान ले औचित्य स्पष्ट पार्दै शान्ति अभियानको महत्व दर्शाइन्।

विद्यालयका विद्यार्थीहरूले स्वागत नृत्य प्रस्तुत गर्दै टोलीलाई अभिनन्दन गरे। कार्यक्रमको अन्त्यमा पीस रन टोलीले विद्यालयलाई मायाको चिनो प्रदान गर्दै शान्ति तथा एकताको संदेश प्रवाह गर्यो।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

International Business Potential of Makkuse and Export Opportunities of Nepali Sweets with Global Comparison to Baklava

KATHMANDU, Nepal — By Aakshya Kandel & Umanga Kunwar Sweets (mithai) are deeply ingrained in Nepali culture, as they play a s...
फुटसल टोली सम्मानित

फुटसल टोली सम्मानित

काठमाडौं। एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टो...
एलएको दुवै टोली फाइनलमा

एलएको दुवै टोली फाइनलमा

काठमाडौं। आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा ब...
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा

काठमाडौं। अक्षरा र ग्यालेक्सी पब्लिक स्कुल प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा ...
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल