27
Feb
काठमाडौं। कर्णाली प्रदेशमा आयोजना हुने दसौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय गरिएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष र युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बिहीबार भएको १२१औं बोर्ड बैठकले उक्त खेलकुद २०८२ साल जेठ ३ देखि १० गतेसम्म आयोजना गर्ने निर्णय गरेको छ। यसअघि राखेपको ११८औं बोर्ड बैठकले दसौं राष्ट्रिय खेलकुद २०८१ साल चैत २३ देखि ३० गतेसम्म गर्ने निर्णय गरेको थियो। नयाँ निर्णयअनुसार, खेलकुद अब जेठ महिनामा कर्णाली प्रदेशमा आयोजना हुने छ। यस कदमले देशभरका खेलकर्मी र दर्शकहरूको उत्साहलाई थप उत्प्रेरित गर्ने अपेक्षा गरिएको छ। बैठकले प्रथम राष्ट्रिय पारा खेलकुद आगामी २०८२ साल जेठ १७ देखि…
