Skip to main content

Elite News Nepal

आजको तस्वीर

काठमाडौं जिल्ला डजबल संघको तदर्थ समिति गठन

काठमाडौं जिल्ला डजबल संघको तदर्थ समिति गठन

काठमाडौं, चैत १० – नेपाल डजबल महासंघको आयोजनामा काठमाडौं जिल्लाको पहिलो भेलाले जिल्ला डजबल संघको तदर्थ समिति गठन गरेको छ। जिल्ला खेलकुद विकास समिति, काठमाडौंका अध्यक्ष भाइकृष्ण बलामीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले नारायण वाग्लेको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति चयन गरेको हो। समितिमा राजेन्द्र प्रसाद उपाध्याय अधिकारी, श्याम बहादुर श्रेष्ठ, सुरेश धमला, लक्ष्मी बराल, पवित्रा घिमिरे नेपाल, प्रसना गौतम, मनोरंजन ठाकुर, रामचन्द्र गौतम, बुद्धिमान लामा र शोभा ठाकुर सदस्यका रूपमा रहेका छन्। कार्यक्रममा विभिन्न विशिष्ट तथा विशेष अतिथिहरूको उपस्थिति रहेको थियो। विशेष अतिथिहरूमा बूढानीलकण्ठ नगरपालिका वडा नं. १० का वडा अध्यक्ष एवं नगर प्रवक्ता नवराज भट्टराई, का.म.पा. वडा नम्बर ७…
Read More
५२ लाख पुरस्कारको १७औं धर्मश्री को तयारी पूरा

५२ लाख पुरस्कारको १७औं धर्मश्री को तयारी पूरा

काठमाडौं। नेपाल व्यायाम मन्दिरको आयोजनामा यही चैत ७ देखि ९ गतेसम्म हुने १७औं धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। होटल एल्लो प्यागोडामा आयोजित पत्रकार सम्मेलनमा आयोजकले कुल ५२ लाख ६० हजार रुपैयाँ पुरस्कार रहेको यस प्रतियोगिताबारे जानकारी गराएका छन्। यस वर्षको धर्मश्री प्रतियोगिता नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजना हुने छ। प्रतियोगितामा ६ तौल समूहमा प्रतिस्पर्धा हुनेछ – ६०, ६५, ७०, ७५, ८० र ८० किलो ग्रामभन्दा माथिका तौल समूहमा। आयोजकका अनुसार, लगभग ६ सय खेलाडीको सहभागिता रहने छ, जसमा प्रत्येक तौल समूहबाट ६ जना खेलाडी चयन गरी, अन्तिम प्रतिस्पर्धामा मिस्टर धर्मश्रीको उपाधिका लागि प्रतिस्पर्धा गराइने छ। प्रतियोगिताको…
Read More
क्षतिक र निता बने यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन च्याम्पियन

क्षतिक र निता बने यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन च्याम्पियन

काठमाडौं। एपीएफका क्षितिज खनाल र नेपाल प्रहरीकी निता लम्सालले तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको सिंगल्स उपाधि जितेका छन्। क्षितिज पुरुषतर्फ र निता महिलातर्फ च्याम्पियन बने। नखिपोट युथ क्लबको आयोजना र नखिपोट ब्याडमिन्टन सर्कलको सह–आयोजनामा भएको यस प्रतियोगिताको पुरुष फाइनलमा क्षितिजले नेपाल आर्मीका विवेक चौधरीलाई २१–८, २१–१५ को सोझो सेटमा पराजित गरे। धादिङका सुजन थापा र एपीएफका भोजबहादुर गुरुङ तेश्रो स्थानमा रहे। महिला फाइनलमा निताले आर्मीकी अनुमाया राईलाई २१–१२, २१–१३ को सोझो सेटमा पराजित गर्दै उपाधि जितिन्। आर्मीकी शेस्ना सिर्पाली र स्पोर्ट्स हबकी सीताकुमारी राई तेश्रो भए। पुरुष र महिला दुवैको सिंगल्समा शीर्ष तीन स्थान प्राप्त गर्नेले क्रमशः ३०, १५,…
Read More
नेपाली पारा एथलेटिक्स टोली स्वदेश फर्कियो

नेपाली पारा एथलेटिक्स टोली स्वदेश फर्कियो

काठमाडौं– भारतको नयाँ दिल्लीमा सम्पन्न विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागिता जनाएर नेपाली टोली शुक्रबार स्वदेश फर्किएको छ। प्रतियोगिता मार्च ७ देखि १३ तारिखसम्म जवाहरलाल नेहरु स्टेडियममा आयोजना गरिएको थियो। प्रतियोगितामा नेपालकी प्रभा आङदेम्बेले टी-४७ क्याटेगोरीको महिला लङजम्पमा ३.९६ मिटरको उत्कृष्ट प्रदर्शन गर्दै रजत पदक जित्न सफल भइन्। उनले लङजम्पसँगै २०० मिटर र ४०० मिटर दौड स्पर्धामा पनि सहभागिता जनाएकी थिइन्। नेपालबाट प्रतियोगितामा कुल ६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। पुरुष ४०० मिटर दौडमा नवराज कार्की र गोविन्द गिरीले सहभागिता जनाए। त्यस्तै, सटपुट इभेन्टमा हिमाल अर्याल र फणिनारायण पौडेल तथा डिस्कस थ्रोमा राजु गुरुङले प्रतिस्पर्धा गरे। गोविन्द गिरीले ज्याभ्लिन थ्रोमा समेत…
Read More
विश्व पारा एथलेटिक्समा प्रभाको रजत पदक

विश्व पारा एथलेटिक्समा प्रभाको रजत पदक

काठमाडौं – नेपालकी प्रभा आङदेम्बेले भारतको नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु स्टेडियममा जारी विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्स मा ऐतिहासिक उपलब्धि हासिल गर्दै महिला लङजम्प (टी–४७) स्पर्धामा रजत पदक जितेकी छन्। प्रभाले ३.९६ मिटरको उत्कृष्ट फड्कासहित दोस्रो स्थान हासिल गरेकी हुन्। प्रशिक्षक विमला राना मगरका अनुसार उक्त स्पर्धामा श्रीलंकाली खेलाडीले स्वर्ण जिते। यस प्रतियोगितामा प्रभाले तीन स्पर्धामा प्रतिस्पर्धा गर्ने लक्ष्य राखेकी थिइन्। लङजम्पमा रजत जितेपछि उनले ४ सय मिटर दौडमा चौथो स्थान हासिल गरिन्। अब उनले बिहीबार २ सय मिटर दौड मा प्रतिस्पर्धा गर्नेछिन्, जुन नेपाली समयअनुसार दिउँसो ३:१५ बजे हुनेछ। प्रभाको यो सफलता नेपाली पारा खेलकुदका लागि महत्वपूर्ण उपलब्धि हो।…
Read More
होलीमा खेलाडीको एकता: सातदोबाटो खेलकुद परिसरमा रंग र उमंग

होलीमा खेलाडीको एकता: सातदोबाटो खेलकुद परिसरमा रंग र उमंग

काठमाडौं – मिसन–२०२६ अन्तर्गत राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा सञ्चालन भइरहेको राष्ट्रिय टिम तयारी विशेष प्रशिक्षणमा संलग्न खेलाडी तथा प्रशिक्षकहरूले बिहीबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा होली पर्व उल्लासपूर्ण तरिकाले मनाए। राखेपको आयोजनामा सम्पन्न यस विशेष कार्यक्रममा परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, विभिन्न खेलका खेलाडी, प्रशिक्षक, तथा राष्ट्रिय खेल संघका पदाधिकारीहरू सहभागी भए। एकआपसमा रंग दलेर शुभकामना साटासाट गर्दै उनीहरूले होलीको उमंग साझा गरे। खेलाडीहरू प्रायः कडा प्रशिक्षणमा व्यस्त रहने भएकाले उनीहरूलाई मानसिक ताजगी र आत्मीयता बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएका छन्। खेल मैदानमा अनुशासन र मेहनतका साथ संघर्षरत खेलाडीहरूको दैनिकीमा यस पर्वले नयाँ उर्जा थपेको छ। रंग र उत्साहको…
Read More
नेपालमा पहिलोपल्ट फ्रिस्टाइल चेस च्याम्पियनसिप आयोजना हुँदै

नेपालमा पहिलोपल्ट फ्रिस्टाइल चेस च्याम्पियनसिप आयोजना हुँदै

काठमाडौं – नेपालमा पहिलो पटक फ्रिस्टाइल चेस प्रतियोगिता आयोजना गरिने भएको छ। आगामी चैत १ गते ‘हिमालयन फ्रिस्टाइल चेस च्याम्पियनसिप’ को आयोजना गर्नेछ। एकेडेमीको वार्षिकोत्सवको अवसरमा हुन लागेको यो प्रतियोगिता नेपाली चेस खेलको क्षेत्रमा नयाँ प्रयोगको रुपमा आएको छ। हिमालयन चेस एकेडेमीकी अध्यक्ष मोनालिशा खम्बूका अनुसार, परम्परागत चेस खेललाई रोचक बनाउन अमेरिकाका पूर्वविश्व च्याम्पियन ग्रान्डमास्टर बबी फिसरले फ्रिस्टाइल चेसको अवधारणा ल्याएका थिए। सोही शैलीमा नेपालमा फ्रिस्टाइल चेस भित्र्याउने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको हो। प्रतियोगिता लिग कम नकआउट प्रारूपमा सञ्चालन गरिनेछ। चिफ आर्बिटर याइशाष यासिर खम्बूकाका अनुसार, सहभागी खेलाडीलाई चार समूहमा विभाजन गरिनेछ। समूह चरणका खेलहरू हिमालयन चेस एकेडेमीको थापाथलीस्थित…
Read More
एनसेल नेपाल सुपर लिगको टाइटल स्पोन्सर

एनसेल नेपाल सुपर लिगको टाइटल स्पोन्सर

काठमाडौं – नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) ले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि एनसेल आजियाटा लिमिटेडलाई टाइटल स्पोन्सरका रूपमा घोषणा गरेको छ। शुक्रबार ललितपुरको द प्लाजामा आयोजित विशेष समारोहमा यस साझेदारीको घोषणा गरिएको हो। नेपालकै पहिलो फ्रेन्चाइज-आधारित व्यावसायिक फुटबल लिगको रूपमा स्थापित एनएसएल २०२१ देखि अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा सञ्चालन हुँदै आएको छ। यो लिगले नेपालभर फुटबलप्रति व्यापक चासो र सहभागिता बढाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। एनसेलको टाइटल स्पोन्सरसिप अन्तर्गत, कम्पनीले नेपालमा फुटबलको प्रवद्र्धन गर्दै नेपाली फुटबलप्रेमीहरूको मनपर्ने खेललाई अझ बलियो बनाउन सहयोग गर्नेछ। साथै, यसले नेपालका उदयीमान खेलाडीहरूलाई आफ्नो प्रतिभा…
Read More
शहीद स्मारक बी डिभिजन लिग फागुन २५ गतेदेखि सुरु

शहीद स्मारक बी डिभिजन लिग फागुन २५ गतेदेखि सुरु

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले फागुन २५ गतेदेखि सुरु हुने शहीद स्मारक बी डिभिजन लिग २०८१ को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा एन्फाले प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मा सञ्चालन हुने जानकारी गराएको छ। प्रतियोगिता सिंगल राउन्ड रोबिन प्रणाली मा खेलाइनेछ, जसअन्तर्गत कुल ९१ खेलहरू खेलिनेछन्। यस प्रतियोगितामा देशभरका १४ क्लब प्रतिस्पर्धा गर्नेछन्, जसमा आरसीटी, श्री भगवती क्लब, तुसाल युथ क्लब, ब्रिगेड ब्वाइज क्लब, ब्वाइज यूनियन क्लब, मध्यपुर युथ क्लब, च्यासल युथ क्लब, श्री कुमारी क्लब, बाँसबारी क्लब, नयाँ बस्ती युद्ध क्लब, सरस्वती युथ क्लब, वीरगंज युनाइटेड क्लब, झापा फुटबल…
Read More
युगाण्डा यात्रा अघि नेपाली महिला क्रिकेट टोलीको बिदाइ

युगाण्डा यात्रा अघि नेपाली महिला क्रिकेट टोलीको बिदाइ

काठमाडौं – नेपाली महिला क्रिकेट टोलीलाई युगाण्डामा हुने चारदेशीय टी–२० अन्तर्राष्ट्रिय (टी–२०आई) शृंखलाका लागि बुधबार बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले मुलपानीस्थित आफ्नो कार्यालयमा विशेष कार्यक्रम आयोजना गरी टोलीलाई बिदाइ गरेको हो। फागुन २४ देखि सुरु हुने प्रतियोगितामा नेपालसहित युगाण्डा, हङकङ, र नामिबिया सहभागी छन्। बिदाइ समारोहमा क्यानका सचिव पारस खड्काले नेपाली टोलीलाई शुभकामना दिँदै नयाँ वातावरणमा खेल्नु महत्वपूर्ण अनुभव हुने बताएका छन्। उनले महिला क्रिकेटप्रति चासो बढ्दै गएको उल्लेख गर्दै अब जित–हारको मुल्यांकनसमेत गहिरो रूपमा गर्न थालिएको बताएका छन्। उनले भने, “हामी नयाँ ठाउँमा क्रिकेट खेल्न गइरहेका छौं। खेलाडिहरूले जति धेरै नयाँ स्थानमा खेल्छन्, उति धेरै अनुभव…
Read More
नेपाली पात्रो
ताजा अपडेट
ट्रेन्डिङ
राशिफल